विद्युत्मा आत्मनिर्भर बन्दै सङ्खुवासभा

सङ्खुवासभा । सङ्खुवासभा जिल्ला विद्युत्मा आत्मनिर्भर बनेको छ । स्थानीय खोलानालाबाट पेल्ट्रीसेट, माइक्रोहाइड्रो र हाइड्रोपावर सञ्चालनले जिल्लामा लोडसेडिङ अन्त्य भएको छ । बर्खायामको समय आफ्नै जिल्लामा उत्पादन भएको विद्युत् बढी हुने नेपाल विद्युत् प्राधिकरण शाखा कार्यालय खाँदबारीका प्रमुख ध्रुव अधिकारीले जानकारी दिए । 

 

सङ्खुवासभामा हाल ११.८५ मेगावाट आन्तरिक उत्पादन रहेको छ । जिल्लामा सभाखोलाबाट ४.४ मेगावाट, हेवाखोलाबाट ३।२ मेगावाट, पिलुवा–१ बाट तीन मेगावाट र लोवर पिलुवाबाट एक मेगावाट विद्युत् उत्पादन हुँदै आएको छ । जिल्लामा हिउँदको समयमा भने आधाभन्दा बढी उत्पादन घट्ने गरेको विद्युत् प्राधिकरण सङ्खुवासभा वितरण केन्द्रका प्रमुख अधिकारीले जानकारी दिए । 

 

जिल्लामा १० भन्दा बढी साना खोलाबाट ‘माइक्रोहाइड्रो’ सञ्चालन गरी स्थानीयवासीले विद्युत् सेवा लिइरहेका छन् । जिल्लामा उत्पादित विद्युत् छिमेकी जिल्लामा समेत दिइने गरिएको छ । जिल्लाको अरुण नदीमा ठूला प्रोजेक्टका रूपमा बहुचर्चित ९०० मेगावाटको अरुण तेस्रो, माथिल्लो अरुण, अपर अरुण, अरुण चौँथो र अरुण दोस्रोसमेतको सर्भे भइसकेको छ भने सबैभन्दा महत्वपूर्ण र ठूलो उत्पादन हुने अरुण तेस्रोको काम भारतीय सतलज कम्पनीले गरिरहेको छ । 

 

त्यसैगरी सभाखोलाबाट दिव्यश्वरी हाइड्रोपावरले चार मेगावाट विद्युत् उत्पादन गरिरहेको छ । यी दुई आयोजनाले चार किलोवाट उत्पादन गरेर केन्द्रीय प्रसारण लाइनमा आबद्ध भइसकेका छन् । निगुरे जलविद्युत् आयोजना लामो समयदेखि बिग्रिएर बन्द रहेको छ । यो आयोजना जिल्लाका तीन क्याम्पस वरुण बहुमुखी, सङ्खुवासभा बहुमुखी र मादी बहुमुखी क्याम्पसले २५ वर्षका लागि लिजमा लिएर संयुक्त रूपमा सञ्चालन गरेका हुन् । त्यसका साथै जिल्लाका अन्य विभिन्न स्थानीय खोलानालाबाट स्थानीय रूपमा ऊर्जा शक्ति हाइड्रोपावर सञ्चालनमा रहेका छन् । 

 

सङ्खुवासभाका सात स्थानीय तहबाहेक अन्य स्थानीय तहका गाउँमा केन्द्रीय प्रसारण पुगेको छैन । केन्द्रीय प्रसारण लाइन नपुगेका ठाउँमा हाइड्रोपावरबाटै उज्यालो छाएको छ । केन्द्रीय प्रसारण लाइनले नछोएको सङ्खुवासभाका धेरै स्थानीय तहका गाउँबस्तीका पेल्ट्रीकसेट, माइक्रोहाइड्रो र हाइड्रोपावरकै भरमा छन् । सङ्खुवासभाका सिलिचोङ, चिचिला, मकालु, भोटखोला, चैनपुर नगरपालिकाभित्रका गाउँबस्ती जहाँसम्म विद्युत्को केन्द्रीय प्रसारण लाइन पुग्न सकेको छैन, त्यहाँ स्थानीय हाइड्रोपावरको माध्यमबाट बिजुली बलिरहेका छन् । 

 

सङ्खुवासभामा विद्युत् उत्पादन बढ्दै गए पनि खपतको अवस्था भने न्यून छ । विद्युत् प्राधिकरण खाँदबारी वितरण केन्द्रका अनुसार हाल साँझको समयमा चार मेगावाट खपत भइरहेको छ भने दिउँसो दुई मेगावाट मात्र खपत भइरहेको छ । जिल्लामा उद्योग कलकारखना नभएकाले दिउँसो विद्युत्को प्रयोग कम भएको प्रमुख अधिकारीले बताए । 

 

जिल्लामा उत्पादित विद्युत् पिलुवा सवस्टेशनबाट धनकुटा, धरान हुँदै दुहबीबाट केन्द्रीय प्रसारण लाइनमा जोडिन्छ । जिल्लामा चार हाइड्रोपावरका कारणले आत्मनिर्भर भए पनि १० वटै स्थानीय तहमा भने विद्युत्को केन्द्रीय प्रसारण लाइन पुगेको छैन । 


थप समाचार

लण्डनमा नेपाली बालबालिका र अभिभावकमाझ धर्म, संस्कृति र संस्कारसम्बन्धी अन्तरक्रिया

  • 4 hours ago
लण्डनमा नेपाली बालबालिका र अभिभावकमाझ धर्म, संस्कृति र संस्कारसम्बन्धी अन्तरक्रिया

कार्यक्रमका संयोजक मनोज श्रेष्ठका अनुसार सनातन धर्म, संस्कृति र संस्कार तथा दैनिक जीवनमा यसको आवश्यकताका बारेमा स्कुल र कलेज जाने उमेरका बालबालिकाहरूलाई जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना ग

कुनै समय १०० केजी तौलकी जरिन खान यसरी घटाएकी थिइन् तौल

  • 5 hours ago
कुनै समय १०० केजी तौलकी जरिन खान यसरी घटाएकी थिइन् तौल

एजेन्सी । अभिनेता सलमान खानकोे फिल्म ‘वीर’बाट बलिउडको यात्रा तय गरेकी जरिन खान कुनैबेला १०० केजी तौलकी थिइन् । सलमानले फिल्ममा लिने पक्का गरेपछि उनलाई पहिलो शर्त तौल कम गर्नुपर्ने राखेका थिए ।

रहेनन बरिष्ठ उद्योगी शिवकुमार अग्रवाल

  • 6 hours ago
रहेनन बरिष्ठ उद्योगी शिवकुमार अग्रवाल

काठमाडौं—बरिष्ठ उद्योगी तथा चर्चित ब्यवसायिक घराना एमएस ग्रुपका अध्यक्ष शिवकुमार अग्रवालको निधन भएको छ । २२ फागुनमा उपचारका क्रममा भारतको चेन्नईमा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

यस्ता छन् जापानका विद्यालयमा हुने अजबगजबका नियमहरु

यस्ता छन् जापानका विद्यालयमा हुने अजबगजबका नियमहरु

बालबालिकाको सबैभन्दा महत्वपूर्ण जिम्मेवारीमध्ये विद्यालय जानु पनि एक हो । विहान चाँडै उठ्ने, विद्यालय जाने र गृहकार्य गर्ने जस्ता जिम्मेवारी एक विद्यार्थीको हुन्छ ।

विचित्र विश्व

मृत्युसँग जोडिएका १० डरलाग्दा तथ्य

मृत्युसँग जोडिएका १० डरलाग्दा तथ्य

एजेन्सी । मृत्यु जुनसुकै बेला, कुनै पनि रुपमा आउन सक्छ । संसारका कोही पनि व्यक्तिलाई आफ्नो मृत्यु कहिले र कसरी हुन्छ भन्ने बारे थाहा हुँदैन ।