‘संखुवासभाको शान, संखुवासभाली हाम्रो पहिचान’

संखुवासभा अन्तर्राष्ट्रिय समन्वय परिषद्

संखुवासभालीहरुको एक आवश्यकता ।

 

सात समुन्द्रपारिको भौतिक बसाई भए पनि गृहजिल्लाको माया र यादगारको धड्कन बनि हृद्धयभरि सजिँदो रहेछ । बाहिरी रङ्गीबिरङ्गी फुलबुट्टाको सजावटभन्दा अनन्तसम्म जन्मभूमिको सजावट नै मनभित्रको कुनामा सजिँदो रहेछ ।

 

पूर्वी नेपालको १ नं. प्रदेशमा पर्ने कोशी अञ्चलको सुन्दर पहाडी जिल्ला, सर्वोच्च शिखरमा मोतीको दानाझैँ टलक्क टल्किने सेतो अनि कञ्चन, अमूल्य गहनाको रुपमा सजिएको संसारकै पाँचौ अग्लो मकालु हिमालको काखमा रहेको जिल्ला संखुवासभा । 

 

हिमशिखरबाट बगेको स्वच्छ र निश्चल सदाबहार रुपमा हरियो रंगको आभाष दिलाउने नेपालकै ठूलो र प्रसिद्व अरुण नदी संखुवासभा जिल्लाकै मेरुदण्ड र पहिचानको रुपमा अवस्थित रहेको छ ।

 

नेपालमै सबैभन्दा धेरै विभिन्न प्रकारको राष्ट्रिय फूल लालीगुराँस फूल्ने अग्रणी जिल्लाको रुपमा चिर–परिचित छ भने, जिल्लाको शान र संखुवासभाको पहिचानको रुपमा जिल्लाको उत्तर र पश्चिममा बग्ने संखुवा नदी, जिल्लाको मध्य भागबाट बग्ने सभा नदी, यही दुई नदीको मिलन बिन्दुबाट जिल्लाको नाम संखुवासभा नामाकरण गरिएको वास्तविक यथार्थता जिल्लावासीमा रहेको छ ।

 

संसारकै सु–प्रशिद्ध सबैभन्दा गहिरो र होचो ठाउँमा रहेको अरूण उपत्यका तुम्लीङटार विमानस्थल (एयरपोर्ट) ले जिल्लाको शानलाई उच्चतममा राखेको छ ।

 

मकालु हिमालको काखैमा रहेको वरुण राष्ट्रिय निकुञ्ज, उत्तरमा मित्रराष्ट्र चीनको स्वशासित तिब्बतसँग सिमाना जोडिनुको साथै ताप्लेजुङ, तेह्रथुम, धनकुटा, भोजपुर, सोलुखुम्बु जिल्लासँग सिमाना जोडिएको छ ।

 

जिल्लामा विभिन्न मठमन्दिर शक्तिपीठ देवालय देवीदेवताको मन्दिर आस्था र विश्वासका प्रसिद्ध धार्मिक स्थलसहित पर्यटकीय मनमोहक स्थलहरु संखुवासभामा प्रशस्त छन् ।

 

विदेशी आगन्तुकलाई मात्र नभई नेपाली मनहरुलाई पनि सजिलै लोभ्याउन सक्ने पहाड पर्वत खोलानाला झरनाछाँगा अनेकन देउराली चौतारी भञ्झ्याङ लेकबेशी, फाँट र समथर मैदानहरूले भरिभराउ हुनुको साथै भौगोलिक र प्राकृतिक रूपमा रहेको जडिबुटी, वनस्पति र वनपैदावर प्रचुरत्ताको खानी भएको असाध्यै सुन्दर र रमणिय पहाडी जिल्लाको रुपमा संखुवासभाले भिन्नै पहिचान बनाएको छ ।

 

संखुवासभा जिल्लामा बसोबास गर्ने विभिन्न जातजाती भाषाभाषीहरुको आ–आफ्नै मौलिक कला र संस्कृति, नृत्य संगीत, भेषभुषा रीतिरिवाज, रहनसहन र बसोबासले पनि संखुवासभालाई नेपालमा एउटा नमुना जिल्लाको रुपमा चिनाउन सफल भएको छ ।

 

प्राकृतिक सम्पदाको खानी भएको संखुवासभाले नेपालको ईतिहासमा देखिएका आर्थिक, सामजिक र राजनैतिक फरक–फरक खालको सानाठूला समस्या र कठिन चुनौतीको सामना गर्दै राष्ट्र निर्माणमा आमुल परिवर्तनको मार्गरेखा कोरिन्दा होस् या नयाँ नेपाल निर्माणको निम्ती होस् । 

 

संखुवासभा जिल्लाले दशकौंदेखि महत्वपूर्ण भूमिका निभाउँदै आईरहेको ईतिहास साँची छ ।

 

भौगोलिक रुपमा नेपालको एकीकरण भए पश्चात, नेपालको केन्द्रीय राज्यसत्तामा संखुवासभा जिल्लाबासीले प्रतिनिधित्व गर्नबाट बञ्चित हुनुपरेको तितो यथार्थ आम संखुवासभालीहरुको मानसपटलमा अहिले पनि ताजै छ ।

 

तीन वटा राष्ट्र नेपाल, चीन र भारतलाई जोड्ने जोगबनीदेखि किमाथांकासम्मको नेपालको सबैभन्दा नजिक ४१९ किमीको दुरी भएको नाकालाई यदी सञ्चालन गरिएमा नेपालको मुख्यद्वारको रुपमा सावित भई सिंगो राष्ट्रले आर्थिक विकासमा उच्चतम गतिका साथ फड्को मार्ने थियो । 

 

सिंगो राष्ट्र निर्माणको निम्ति ठूल–ठूला सम्भावित विकास परियोजनाको सम्भावना हुदाँहुँदै पनि सदियौंदेखि केन्द्रीय राज्यसत्ताले सधैँजसो संखुवासभालाई ओझेलमा पार्ने गरेको दिनको घाम झैँ छर्लङ्ग छ ।

 

केन्द्रीय राज्यसत्ताको नजर संखुवासभामा भलै नपरोस् तर पनि परिवेश र परिस्थितिभित्रको समयसापेक्षमा नेपालको राजनैतिक ईतिहासले जतिसुकै कोल्टे फेरे पनि संखुवासभा जिल्ला एक ज्वलन्त ईतिहासको रुपमा पर्खाल बनि खडा भएकै छ । कुनै एक जमानामा विकटताको नामले पुकारीने ‘संखुवासभा’ वर्तमान अवस्थामासम्म आईपुग्दा विकासको गतिसँगै संखुवासभाले फड्को मारेको अवस्था छ ।

 

नेपालको पूर्वदेखि पश्चिम जोड्ने तराईको हाईवे यातायात पृथ्वी राजमार्गसँग पहाडी यातायातमार्ग नजोडिकन संखुवासभाको सदरमुकाम खाँदबारीमा गाडी गुड्ने गर्छ । अनि त्यहाँका जनताहरु गाडीमा यात्रा गर्छन् भन्दा सायदै जोकको अनुभूति प्रायमा हुने गथ्र्यो । 

 

आत्मनिर्भर र आत्म स्वालम्बीलाई आत्मसात गर्दै आम संखुवासभालीहरुको अथक मिहिनेत र प्रयासले गर्दा नेपाली ईतिहासमा एक छुट्टै  नयाँ पहिचान बनाई केन्द्रीय राज्यसत्तालाई घचघचाउने काम पनि गरेको थियो । 

 

पहाडी जिल्ला भएपनि विकासको फलस्वरूप वर्तमान अवस्थामा संखुवासभालीहरुको एकतासहितको जागरुकताले जिल्लाको प्रत्येक गाउँपालिका अन्तर्गत वडाको कुनाकुनासम्म यातायातमार्ग बन्ने क्रम जारी छ ।

 

पाँच वटा नगरपालिका र पाँच वटा गाउँपालिकाभित्र सुगमताको फूलहरु फुल्न खोजि रहेका छन् । ‘संखुवासभाको शान, संखुवासभाली हाम्रो पहिचान’ लाई आत्म मनन गरि मकालु हिमालको काखमा रहेको संखुवासभा जिल्लाबाट समयको परिवेशसँगै विश्वको विभिन्न मुलुकमा प्रवासी नेपालीको रूपमा स्थाई वा अस्थायी रुपमा बसोबास गरिरहेका सम्पूर्ण संखुवासभालीहरूलाई संखुवासभाली मुल सुत्रमा एकाकार गरि अन्तर्राष्ट्रिय स्तरबाटै एकीकृत र संगठित रूपमा गोलबन्द गर्दै सम्पूर्ण संखुवासभालीहरूलाई एक साथ अगाडि बढाउने महान उद्देश्य रहेको ‘संखुवासभा अन्तर्राष्ट्रिय समन्वय परिषद्’ नामक साझा संस्था स्थापना गरेका छौं । 

 

संखुवासभा जिल्लामा जन्मिहुर्कि विदेशी भूमिलाई कर्मथलो बनाई प्रत्यक्ष–अप्रत्यक्ष रुपमा सहयोग जुटाई आफ्नो जन्मभूमि थाकथलोलाई सदैव माया गरि गर्वका साथ जिल्ला र जिल्लाबासीहरुलाई साथ र सहयोग गर्दै समग्र जिल्लाको विकास उन्नति र प्रगतिको बारेमा चिन्तित रहनुहुने सहयोगी मनका धनी संखुवासभालीहरु र घरदेशमा रहनुभएका संखुवासभालीमाझ निःस्वार्थ सहयोग, सद्भाव, मायाबोध, प्रेमभाव, आत्मियताको सुमधुर सम्बन्धलाई अझ प्रज्ञाण र मजबुत बनाउँदै एकताको मालामा गाँसेर अगाडि लैजाने संखुवासभा अन्तर्राष्ट्रिय समन्वय परिषद्को संकल्प रहेको छ ।

 

‘संखुवासभालीको पहिचान’ विश्वसामु चिनाउने हाम्रो महान अभियानलाई आत्मसात गर्दै ‘जन्मभूमिका लागि अब केहि गरौं’ भन्ने भावनाको साथ विश्वभर छरिएर रहेका संखुवासभालीहरुलाई आफ्नो गृहजिल्लाको विकास र समृद्धिको सपनालाई साकार पार्न संगठित र गोलबन्द हुनको निमित्त प्रवासी संखुवासभालीहरुको साझा छाता संस्था संखुवासभा अन्तर्राष्ट्रिय समन्वय परिषद्द्वारा सबै संखुवासभालीहरुलाई हार्दिकताको साथ आह्वान गरिनेछ ।

 

संखुवासभा जिल्लाबासीहरुलाई भई परिआउने प्राकृतिक प्रकोप, भबितब्य, प्रत्यक्ष देखिएका जटिल चुनौती एवंम् अचानक आईपर्ने विभिन्न खाले समस्याहरूसँग एक आपसमा सामूहिक रूपले हातमा हात, काँधमा काँध मिलाई संगठात्मक रुपमा मुकाबिला र सामना गर्न सदैव संखुवासभा अन्तर्राष्ट्रिय समन्वय परिषद् तत्पर रहनेछ । 

 

वर्तमान परिप्रेक्ष्यमा सिंगो जिल्लाको सेरोफेरोमा रहेर हामी तमाम संखुवासभालीहरु विभिन्न जातजाती, भाषाभाषी, धर्मकर्म, संस्कार संस्कृति, वर्ग लिङग, ठाउँ क्षेत्र, आस्था र विचारभन्दा पनि माथि उठी हरपल संखुवासभा अन्तर्राष्ट्रिय समन्वय परिषद्लाई सबै प्रकारको संखुवासभाली भावनाको सुन्दर फुलहरु फुल्ने साझा फुलवारीको रुपमा रुपान्तरण गरी रोप्ने, हुर्काउने र फुलाउने ठूलो जिम्मेवारी अन्तर्राष्ट्रिय स्तरमै हामी सबै संखुवासभालीहरुको काँधमाथि आईपरेको अवस्था छ ।

 

संखुवासभाली मनका विभिन्न प्रकारको फुलहरु फुल्ने साझा फुलबारीको रुपमा विकास गर्दै संखुवासभा अन्तर्राष्ट्रिय समन्वय परिषद्मा सबै संखुवासभालीहरूलाई समेट्न प्रयासरत रहनेछ ।

 

संखुवासभाली गाउँले दाजुभाई, दिदीबहिनी, आमाबुबाहरूको भावनात्मक रूपमा भित्री आत्मादेखि नै आत्मियता जगाउने एवंम् संखुवासभा जिल्लावासीहरुसगँको सद्भाव तथा समन्वयलाई विस्तार गरी एकआपसमा सम्पर्क र गाउँले सम्बन्धलाई सुदृढ बनाउँदै अघि बढ्नको निम्ति उत्प्रेरित तथा मार्गनिर्देशन गर्नको लागि विश्वको विभिन्न देशमा स्थापना भएका संखुवासभा समाजहरु आबद्ध रहेको विशुद्ध साझा छाता संस्थाको रूपमा संखुवासभा अन्तर्राष्ट्रिय समन्वय परिषद्लाई परिचालन गरिनेछ । 

 

गृहजिल्लाको विकास र जिल्लाबासी जनहितको लागि (एक थोपा सुकी सय थोपा नदी) यदी तपाईं हाम्रो प्रयासले थोपा–थोपा जम्मा गरेर जिल्लाबासी र जिल्ला विकासमा टेवा पुग्छ भने हामीले किन अरुको मुख ताक्ने ?

 

भौगोलिक हिसाबले मातृभूमिदेखि सात समुन्द्र टाढा भएपनि गाउँले भावनात्मक सम्बन्धले गर्दा जिल्लाबासी माझ संखुवासभाली एकता, जुझारुकता, लगनशिलता र आत्मियता मजबुत गर्नको निमित्त संखुवासभा अन्तर्राष्ट्रिय समन्वय परिषद्मार्फत महत्वपूर्ण भूमिका निभाउन सकिनेमा सायद दुईमत नहोला ।

 

ऐतिहासिक रुपमा संखुवासभा अन्तर्राष्ट्रिय समन्वय परिषद्ले निर्माण गरेको अन्तर्राष्ट्रिय संखुवासभाली गोरेटो बाटोबाट हिँड्नको निम्ति चाल्दै गरेको प्रत्येक आलो पाईलाहरुमा सम्पूर्ण संखुवासभालीहरुले आत्मसात गर्नेमा परिषद् विश्वस्त छ । हामी सबै संखुवासभालीहरुको थाकथलो जन्मभूमि संखुवासभालाई समृद्ध जिल्लाको रुपमा देखिने गरेको सपनालाई – विपनामा साकार पार्न सबै संखुवासभालीहरु एकीकृत हुन जरुरी छ । 

 

समृद्ध जिल्ला र जिल्लाबासीको सुखद भविष्यको परिकल्पनाको आधारमा हाम्रो जिल्ला र जिल्लाबासीको लागि मार्गरेखाको मार्गचित्र कोर्नलाई एक नयाँ संखुवासभाली पानामा एक नयाँ उचाईको ईतिहास रच्नको निमित्त हाम्रो महान अभियानलाई सफल बनाउन विश्वको विभिन्न मुलुकमा बसोबास गरिरहेका सबै संखुवासभालीहरुले आफूसँग भएको भिजनसहित आ–आफ्नो ठाउँबाट साथ र सहयोग गर्नुहुनेछ भन्ने संखुवासभा अन्तर्राष्ट्रिय समन्वय परिषद्ले अपेक्षा गरेको छ ।

 

जय संखुवासभा

(लेखक संखुवासभा अन्तर्राष्ट्रिय समन्वय परिषद्को संयोजक एवंम् संखुवासभा समाज बेलायतको प्रमुख सल्लाहकार हुन् ।)

 


थप समाचार

स्टेफन बार्कले बेलायतका नयां ब्रेक्जिट मन्त्री

  • 1 hour ago
स्टेफन बार्कले बेलायतका नयां ब्रेक्जिट मन्त्री

ब्रेक्जिट मामिला मन्त्री डोमिनिक राबले विहिबार राजिनामा दिएपछि रिक्त ठाउंको जिम्मेवारी स्टेफन बार्कलेलाई दिइएको छ ।

तमु धि यूकेको नेतृत्वमा आए नन्दजंग

  • 2 hours ago
तमु धि यूकेको नेतृत्वमा आए नन्दजंग

लण्डन । बेलायतको सबैभन्दा ठूलो नेपाली जातीय संस्था तमु धि यूकेको नेतृत्व नन्दजंग गुरुङको कांधमा आएको छ ।

संरक्षित वन्यजन्तुकाे दाह्रासहित ६ जना पक्राउ

  • 9 hours ago
संरक्षित वन्यजन्तुकाे दाह्रासहित ६ जना पक्राउ

काठमाडौं । संरक्षित वन्यजन्तुको दाह्रासहित प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

यसरी बस्दै नबस्नुहोस्...

यसरी बस्दै नबस्नुहोस्...

हरेकको आफ्नो आफ्नो बस्ने तरिका हुन्छ । प्राय जसो मानिसहरु लेग क्रस गरेर बस्ने गर्छन् । यो बस्ने तरिकाले शरिरलाई हानी गर्छ । लेग क्रस गरेर बस्नाले तपाईलाई बिमारी समेत बनाउन सक्छ । यसरी बस्नाले शरिरमा यस्ता हानीहरु हुने गर्छ ।

विचित्र विश्व

विश्वकै खतरनाक मार्गहरु

विश्वकै खतरनाक मार्गहरु

संसारमा यस्ता धेरै ठाउँहरु रहेका छन् जसको मार्ग आश्चर्य चकित पार्ने तथा खतरनाक खालका रहेका छन् । आज पनि यी मार्गहरु मानिसहरुले प्रयोग गर्ने गरेका छन् ।