सन्ताेष साहुखलकाे स्वीकाराेक्ती : परिवारको भविष्यका लागि विदेशिएँ

फाइल फाेटाे

काठमाडौँ । ‘खेलेरै बाँच्न नेपालमा कठिन छ, पछिल्लो समय लिग फुटबल पनि हुन छोड्यो, परिवारको भविष्यका लागि पनि देश छोड्नुपर्‍यो’, आइतबार हल्चोकस्थित सशस्त्र प्रहरी बलको खेलमैदानमा भेटिएका नेपाली राष्ट्रिय टोलीका अग्रपङ्तिका खेलाडी सन्तोष साहुखलको भनाइ हो यो । 

 

‘अहिले देश फेरियो परिवेश फेरियो काम एउटै हो, नेपालमा रहँदा फुटबल खेल्थेँ, जापानमा फुटबल सिकाउँछु’, साहुखलले भने । परिवार र सन्ततिका लागि पनि केही गर्नुपर्ने भएकाले विदेश जानुपरेको उनको भनाइ छ । ‘खेलेर मात्र जीवन धान्न सकिने अवस्था रहेन, म मात्र होइन धेरै खेलाडी विदेशिएका छन् ।’

 

नेपाली फुटबलमा साहुखलको नाम पछिल्लो तीन वर्षदेखि कतै सुनिएको छैन । साहुखल फुटबलबाटै टाढिएका भने होइनन् । फरक मुलुक र फरक परिवेशमा उनले फुटबललाई निरन्तरता दिइरहेका छन् । तीन वर्षयता सन्तोष जापानमा छन् र मुख्य कुरा उनी फुटबलमै छन् । त्यहाँको एक क्बलमा आबद्ध उनी बालबालिकालाई फुटबल सिकाउँछन् । 

 

वि.सं. २०७२ मा राष्ट्रिय लिग खेलेयता उनले नेपाली राष्ट्रिय टोलीबाट कुनै पनि खेल खेलेका छैनन् । जापानबाट एक महिनाको छुट्टीमा अघिल्लो साता नेपाल आएका उनलाई नेपाली फुटबलको मायाले छोडेको छैन । ‘च्यासल युथ क्लबका प्रशिक्षक राजुकाजी शाक्यले लिग खेल्न आग्रह गरे पछि म नेपाल आएँ’, साहुखलले भने । 

 

जारी लिगमा उनी अब च्यासलको जर्सी लगाएर मैदानमा उत्रने छन् । ‘च्यासलमा अहिले सबै नयाँ खेलाडी रहेछन्, विमल घर्तीबाहेक सबै साथी नयाँ छन्, उनीहरुसँग मिलेर लिगमा राम्रो प्रदर्शन गर्नेछु’, उनले भने । 

 

जापान र नेपाली फुटबलमा के फरक पाउनुभयो भन्ने प्रश्नमा साहुखलले भने, ‘नेपालको प्रशिक्षण मैदान राम्रो छैन, त्यहाँ पूर्वाधारको हिसाबले धेरै राम्रो छ ।’ 

 

जापानको लिग ‘एट’ फुटबल लिग खेलिरहेका उनलाई जापानमा मात्रै फुटबल र फिटनेसबारे ज्ञान भयो । नेपालमा रहँदा प्राय फिटनेसका कारण विवादमा आइरहने उनी अहिले फिट देखिन्छन् । 

 

सन्तुलित आहार र सन्तुलित खेल नै खेलाडीको फिटनेसमा अहम् हुने उनले बुझे । नेपाली खेलाडीमा त्यही समस्या अहिले पनि रहेको उनको बुझाइ छ । 

 

राष्ट्रिय टोलीबाट खेल्दाखेल्दै जापान भासिएका उनले अहिलेसम्म सन्न्यासको घोषणा गरेका छैनन् । ‘अझै मौका पाए राष्ट्रिय टोलीबाट खेल्ने इच्छा छ’, साहुखलको भनाइ छ । 

 

पछिल्लोपटक राष्ट्रिय लिगमा थ्रीस्टार क्लबबाट खेलेका सन्तोषले त्यसबीच नेपाल आएर मोफसलका केही प्रतियोगितामा मनाङमस्र्याङ्दी क्लबबाट पनि खेलेका थिए । घरेलु फुटबलमा सर्वाधिक गोलकर्ता रहेका सन्तोषले लिग फुटबलमा १०० गोल पूरा गरिसकेका छन् । 

 

उनले थ्री स्टार, एपिएफ र मनाङमर्स्याङ्दीबाट व्यावसायिक लिग खेलिसकेका छन् । थ्रीस्टारका लागि उनले दुई पटक ए डिभिजन लिग र एक पटक राष्ट्रिय लिगसमेत जितेका छन् । 

 

सन्तोषले राष्ट्रिय टोलीमा पछिल्लोपटक सन् २०१५ मा भएको फिफा विश्वकप छनोट खेलेका थिए । उनले भारतविरुद्धको दोस्रो लेगको खेल शुरुआती रोजाइबाट खेलेका थिए । त्यसपछि उनी टोलीमा अटाएका छैनन् । उक्त खेलमा विमल घर्तीमगर र सन्तोषले नेपालको अग्रपङ्क्ति सम्हालेका थिए । अहिले च्यासल युथ क्लबमा पनि विमल र सन्तोषले नै फरवार्ड सम्हाल्नेछन् । 

 

सन् २००७ को अक्टोबरमा भएको विश्वकप छनोटअन्तर्गत ओमानविरुद्धको खेलबाट डेब्यू (अन्तर्राष्ट्रिय खेल शुरु) गरेका सन्तोषले २०१५ मा विश्वकप छनोटअन्तर्गत नै भारतविरुद्ध अन्तिम पटक खेलेका थिए । 

 

साहुखल जस्ता दर्जनौँ खेलाडी अहिले विदेश पलायन भइसकेका छन् । यस्ता प्रतिभालाई रोक्नु र खेलेरै जीवन धान्न सक्ने बनाउनु आजको मुख्य आवश्यकता हो । 


थप समाचार

'संविधान संशोधन नभए सडक सङ्घर्ष रोज्ने'

  • 4 hours ago
'संविधान संशोधन नभए सडक सङ्घर्ष रोज्ने'

उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले पार्टीले संविधान संशोधन नभए सडक सङ्घर्षको मुख्य बाटो रोज्ने बताएका छन् ।

आरुबोटे हत्याकाण्डः त्रासमा छन् स्थानीय

  • 5 hours ago
आरुबोटे हत्याकाण्डः त्रासमा छन् स्थानीय

फिदिम । मङ्गलबार बिहानदेखि कान्छीमाया फियाकले खाना खाएकी छैनन् । उनका हातगोडा अझै कापिरहेका छन् । ओठ सुकेका छन् । सबैले सोध्ने प्रश्नको उत्तर दिएर उनी गलिसकेकी छन् । चिया र केही फलफूल खाएर उनी घरको वर

‘आविष्कार केन्द्रका लागि बजेट खोइ’

  • 5 hours ago
‘आविष्कार केन्द्रका लागि बजेट खोइ’

काठमाडौँ । कहिले प्रजातन्त्रको पक्षमा, कहिले महङ्गीविरुद्ध त कहिले गणतन्त्र स्थापनार्थ सडक जाम गर्ने, टायर बाल्ने, बार भत्काउने उपनामबाट परिचय बनाएका विभिन्न विद्यार्थी सङ्गठनका नेताहरुले आज एकै समारो



प्रेम र यौन

१८ वर्ष नपुग्दै यौन सम्पर्क गरेका यी १० चर्चित कलाकार

१८ वर्ष नपुग्दै यौन सम्पर्क गरेका यी १० चर्चित कलाकार

एजेन्सी । कतिपय बलिउड तथा हलिउड कलाकारहरु यौनको विषयमा खुलेर कुरा गर्छन् । सेक्सको विषयमा उदार कलाकारहरु जसले १८ वर्ष पुग्नु भन्दा अगाडि नै यौन सम्पर्क गरेको बारेमा हामीले जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

अमेरिकालाई ‘स्वर्ग’ ठान्ने नेपालीले बुझ्नु पर्ने कुरा

अमेरिकालाई ‘स्वर्ग’ ठान्ने नेपालीले बुझ्नु पर्ने कुरा

एजेन्सी । अमेरिकालाई ‘स्वर्ग’ ठान्ने नेपालीको सँख्या बहुमतै होला । त्यहाँ पुगेपछि सुखका सबै ढोका खुल्छन् भन्ने भ्रमले वर्षेनी लाखौंले डिभि चिठ्ठा भरेको देखेकै छौं । तर, अमेरिकामा सम्पन्नता भएपनि सुख नभएको पछिल्लो एक अध्ययनले दर्शाएको छ ।

विचित्र विश्व

के आँखा फरफराउँदा शुभ अशुभ हुन्छ ?

के आँखा फरफराउँदा शुभ अशुभ हुन्छ ?

एजेन्सी । कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ ।