सप्तरीमा हात्ती आतंक, दैनिक भत्काउँछन् घर

  • सोमबार, ५ जेष्ठ, २०७७
  • 6 days ago
  • नेपाल
file photo

सप्तरी । लामो अवधिसम्म भएको लकडाउनका कारण हातमुख जोर्न समस्या भएका बेला सप्तरीमा हात्तीले गरिबको घर दैनिक भत्काउन थालेको छ ।

 

कोशीटप्पु वन्यजन्तु आरक्षबाट तीन वटा सङ्ख्यामा आएको हात्तीको समूहले गए राति अग्निसाइर कृष्ण सवरण गाउँपालिका–६ मोहनपुरका मोतीलाल विश्वकर्माको घर भत्काएको छ । हात्तीले घर भत्काई अन्नसमेत खाइदिएपछि गरिब एवं वृद्ध विश्वकर्माको बिजोग भएको स्थानीय बाबुराम बस्नेतले बताए । चार वर्ष अघि श्रीमतीको मृत्युपछि विश्वकर्मा घरमा एक्लै बस्दै आउनुभएको छ । 

 

रुपनी गाउँपालिका–६ मा हात्तीको समूहले बिहीबार राति दीपककुमार तामाङको घर भत्काएको छ । घर तोडफोड गरी खाद्यान्नलगायतका सामग्री नष्ट गरेपछि तामाङ परिवारको दैनिकी कष्टकर बनेको छ । मध्यरातमा आएको हात्तीले घर भत्काउन थालेपछि भागेर ज्यान जोगाएको दीपककी श्रीमती हीराले बताए । घर छाडेर भागेपछि हात्तीले चामल, मकै, पिठो, कोदो, सोलार, टिनको बाकस र घरसहित गरी रु दुई लाख बराबरको क्षति गरेको पीडितले बताए । लकडाउनले रोजगारी खोसिएका बेला हात्तीले घर भत्काई खाद्यान्नसमेत खाइदिएपछि छाक टार्न समस्या भएको पीडितहरु बताउँछन् । 

 

सप्तरीको उत्तरी भेगको बस्तीमा दैनिक मध्यरात भएपछि हात्तीको समूह गाउँ प्रवेश गरी घर भत्काउन थालेकाले आङ्तक बढेको छ । आरक्षबाट आएको तीनवटा हात्तीको समूहले वैशाखको अन्त्यमा शम्भुनाथ नगरपालिका–२ भलुवाहीकी ३८ वर्षीया जानुका मगरको ज्यान लिएको थियो । अग्निसाइर कृष्ण सवरण गाउँपालिका–५ मोहनपुरमा पुष्पराज बञ्जारा र अम्बिका राईको घर भत्काएको थियो । वैशाखकै तेस्रो साता सोही गाउँपालिका–२ मा प्रवेश गरेको हात्तीको समूहले वीरेन्द्र राम, श्यामकुमार राम, लक्ष्मीदेवी राम र नारायण रामको घर तोडफोड गरी धान, गहँु, चामललगायतका खाद्यान्न खाएको थियो । 

 

दिनभरि नजिकैको जङ्गलमा बस्ने हात्ती रात परेपछि गाउँ प्रवेश गरेर दैनिकजसो घर तोडफोड र मानिसमाथि आक्रमण गर्दै आएको छ । हात्तीले घर पनि भत्काएको र खाने सामग्रीसमेत नष्ट गरिदिएकाले एकैसाथ पेट भर्ने र ओत लाग्ने समस्या भएको विश्वकर्माले बताए । 


थप समाचार

महाकालीमाथिको झोलुङ्गे पुलको आवतजावतमा रोक

  • 6 hours ago
महाकालीमाथिको झोलुङ्गे पुलको आवतजावतमा रोक

कञ्चनपुर । कञ्चनपुरको महाकाली नदी माथिको मल्टिस्पान झोलुङ्गे पुलको आवतजावतमा आइतबारदेखि स्थानीय बासिन्दाले रोक लगाएका छन् । महाकाली नगरपालिका र भीमदत्त नगरपालिका जोड्ने झोलुङ्गे पुल प्रवेश मार्गमा स्थ

इजरायली प्रधानमन्त्री नेतन्याहुको भ्रष्टाचार मुद्दामा सुनुवाई सुरू

  • 6 hours ago
इजरायली प्रधानमन्त्री नेतन्याहुको भ्रष्टाचार मुद्दामा सुनुवाई सुरू

एजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको भ्रष्टाचारसम्बन्धी मुद्दामाथि आइतबार सुनुवाई सुरू भएको छ ।

जापानको टोकियो र हकाइदोमा सङ्कटकाल हटाउने तयारी

  • 7 hours ago
जापानको टोकियो र हकाइदोमा सङ्कटकाल हटाउने तयारी

एजेन्सी । जापान सरकारले कोरोनाभाइरस (कोभिड–१९) प्रकोप नियन्त्रणका लागि लगाएको स्वास्थ्य सङ्कटकाललाई टोकियो महानगर क्षेत्र तथा हकाइदोमा हटाउने निर्णय गरेको अर्थतन्त्र पुनःउद्धार मन्त्री यसुतोशी निशिमुर



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण फ्रिजमा राखेको अण्डा खानुहुँदैन !

यसकारण फ्रिजमा राखेको अण्डा खानुहुँदैन !

एजेन्सी । प्रायः सधै खाइरहनुपर्ने भएकाले हामी दैनिक अण्डा किन्नुपर्ने झन्झटबाट मुक्तिका लागि त्यसलाई फ्रिजमा स्टोर गरेर राख्ने गर्दछौँ । फ्रिजमा अण्डा राख्नाले त्यो फ्रेस हुन्छ भन्ने मान्यता रहदै आएको छ । तर हालैमा भएको अध्ययनले फ्रिजमा राखेको अण्डा प्रयोग नगर्न दाबी गरेको छ ।