Techie IT
२०८१ वैशाख १३, बिहीबार
NepaliPatra logo
गृहपृष्ठनेपालइजरायल आक्रमणमा परी मृत्यु भएका तीनको शव नेपाल आइपुग्यो, बाँकी १ जनाको शव केहीबेरमा आउने

इजरायल आक्रमणमा परी मृत्यु भएका तीनको शव नेपाल आइपुग्यो, बाँकी १ जनाको शव केहीबेरमा आउने


काठमाडौँ । इजरायलमा आक्रमणमा परी मृत्यु भएका तीन जना नेपालीको शव काठमाडौं आइपुगेको छ । बाँकी १ जनाको शव केहीबेरमा आउने बताइएको छ । मृतक १० मध्ये तीन जनाको शव आज काठमाडौं ल्याइएको हो ।

इजरायल सरकारले पहिचान खुलेका चार जनाको शव कानूनी प्रक्रिया पूरा गरी नेपाली दूतावासमा बुझाएसँगै आइतवार बिहान शव काठमाडौं आइपुगेको हो ।

नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी र दीपेशराज बिष्टको शव नेपाल आइपुगेको छ । आशिष चौधरीको शव आजै काठमाडौँ आइपुग्ने बताइएको छ । न्यौपानेको शव राति नै नेपाल आइपुगेको थियो । आइतवार बिहान धामी र बिष्टको शव विमानस्थल आइपुगेको हो ।

चौधरीको शव नेपाल आइपुगेसँगै चार वटै शवलाई नेपाली सेनाको हेलिकप्टरमार्फत धनगढी लगिने बताइएको छ । धनगढीमा स्थानीय प्रशासनले पीडितको घरसम्म शव पुगाउने व्यवस्था गर्नेछ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बजेट कार्यान्वयनमा सुधार गर्न श्रम मन्त्रालयलाई समितिको निर्देशन

काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको

यी हुन् मन्त्रिपरिषद्का निर्णय

काठमाडौँ । सरकारले उच्च अदालत पाटनका न्यायाधीश सुदर्शन देव भट्टलाई काठमाडौँ उपत्यका प्राधिकरणको पुनरावेदन समितिको अध्यक्ष तोकेको छ । बिहिबार

योजना छनोटको प्राथमिकीकरणमा सरकार चुक्यो: माधव नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादी का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशका योजना छनोटको प्राथमिकीकरणमा सरकार चुकेको बताएका छन् ।

इलाम र बझाङमा ६९ मतदान केन्द्र अतिसंवेदशील

काठमाडौँ । इलाम २ मा प्रतिनिधिसभा र बझाङ–१ मा शनिबार हुने उपनिर्वाचनमा प्रहरीले १ हजार २४ जना जनशक्ति खटाउने भएको

धनुषाको औरहीमा झडप, अश्रुग्यास प्रहार

जनकपुरधाम । धनुषाको औरही गाउँपालिका–१ पौडेसरमा प्रहरी र स्थानीय बासिन्दाबीच झडप भएको छ । प्रेम सम्बन्धको विषयलाई लिएर दुई समूहबीच

उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति

काठमाडौँ । उपनिर्वाचनका लागि सेना परिचालन गर्न राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृति दिएका छन् । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र बनाउनको लागि

Techie IT