Techie IT
२०८१ वैशाख ७, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनमायावीबाट फिल्म निर्माणमा आउँदै राज कटुवाल

मायावीबाट फिल्म निर्माणमा आउँदै राज कटुवाल


काठमाडौँ। अभिनेता राज कटुवाललाई चिन्नेले मोडल तथा अभिनेताको रुपमा चिन्छन्। फिल्म ‘लीला’ र ‘लालटिन’मा आफ्नो अभिनय कला देखाइसकेका राज अब नायकबाट निर्मात बन्ने भएका छन्। राज चलचित्र विकास बोर्डका निवर्तमान सदस्यसमेत हुन्।

राज फिल्म ‘मायावी’मार्फत निर्माणमा पाइला चाल्न लागेका हुन्। यो फिल्ममा चर्चित निर्देशक दिवाकर भट्टराईको निर्देशन रहनेछ। यतिबेला यस फिल्मको छायाकंन गर्ने तयारी हुर्दैछ। छायाकंनअघि यस फिल्मका मुख्य कलाकारहरुको लाइनअप सार्वजनिक भइरहेको छ।

प्रेमकथा रहने यस फिल्मका लागि यसअघि नै मुख्य नायिकामा दीपिका प्रसाई र मुख्य नायकहरुमा पल शाह, सुशील सिटौला र मोडल समिम खान अनुबन्धित भइसकेका छन्। अभिनेता पल झण्डै डेढ वर्षपछि यसै फिल्ममार्फत रजतपटमा कमव्याक गर्दैछन् भने समिमले यो फिल्मबाट डेब्यू गर्दैछन्।

फिल्ममा निर्देशक भट्टराई स्वयंको कथा रहनेछ। भट्टराई करिब चार वर्षपछि पुनः निर्देशनमा कमव्याक गर्दैछन्।

क्रिएटिभ सिने आर्टसले निर्माण गर्न लागेको फिल्मका बाँकी कलाकार र प्राविधिकको सम्पूर्ण जानकारी दिर्दै निर्माणपक्ष असोज २ गतेबाट फ्लोरमा जाने तयारीमा रहेको छ। फिल्ममा एसडी योगीको संगीत, राम अविरल विष्टको गीत, राजुविक्रम थापाको डिओपी रहनेछ।

फिल्मको छायांकन पोखराको रमणीय स्थलमा गरिने भएको छ। पोखराकै परिवेशमा रहेर यो फिल्मको कथा बुनिएको निर्माणपक्षले जानकारी दिएको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बिपिन कार्कीको फरक भूमिका रहेको ‘एक भगवत् र एक गीता’…

काठमाडाैँ । कलाकार बिपिन कार्कीको फरक अवतारका कारण निकै चर्चा बटुलेको चलचित्र ‘एक भगवत् र एक गीता’ भिडियोपसल एपमा रिलिज

‘फर्की फर्की’को ट्रेलर सार्वजनिक

काठमाडौँ । नेपाली कथानक चलचित्र ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक भएको छ । आज सार्वजनिक गरिएको ट्रेलर अनमोल केसीमा केन्द्रित छ

‘द रेड सुटकेस’ वैदेशिक रोजगारको अन्त्यको क्रान्ति होः श्रममन्त्री अर्याल

काठमाडौँ । नयाँ वर्षको अवसर पारेर ३० चैतबाट प्रदर्शनमा आएको चलचित्र ‘द रेड सुटकेस’ले यतिबेला दर्शकले रुचाएका छन् । यो

इराकमा सांगीतिक धमाका मच्चाउँदै राजेशपायल

काठमाडौँ । नेपालीमा उखानै छ, ‘जहाँ पुग्दैन रवि, त्यहाँ पुग्छन् कवि’ । कवि लक्षित यो भनाइलाई सार मान्दै ‘जहाँ नेपाली,

१०८ जनाको स्वर रहेको ‘बुद्धम् शरणम् गच्छामी’ सार्वजनिक

काठमाडौँ । नेपालका १०८ जना गायक गायिकाहरुको स्वरमा रेडर्क गरिएको श्लोक राखिएको ‘त्रिशरण गमनम्’ एल्बममा काठमाडौँमा सार्वजनिक गरिएको छ ।

फिल्म ‘ह्रस्व दीर्घ’मा हरिहरको लुक्स सार्वजनिक

काठमाडौँ । फिल्म ‘ह्रस्व दीर्घ’मा मुख्य भूमिकामा अभिनय गरेका अभिनेता तथा ज्योतिष हरिहर अधिकारीको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको छ ।

Techie IT