IIMS College

ISMT

HUB Education

पत्रकारितामा रुचि भएका युवायुवतीका लागि 'सिकौं सिकाऔं साथसाथ' अभियान

  • बिहीबार, १६ जेष्ठ, २०७६
  • 6 months ago
  • युके
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

 

लण्डन ।  पत्रकारिताप्रति रुचि तथा अध्ययन भएका युवा युवतीहरूलाई बेलायतबाट प्रकाशित  अंग्रेजी अनलाइन साउथ एसिया टाइमले 'सिकौं सिकाऔ साथसाथ अभियान' मार्फत इन्टर्नसिपको मौका प्रदान गर्ने भएको छ ।

 

'नयाँ पुस्तासंग भएको ज्ञान र सीपलाई मूर्त रुप दिन र ज्ञानलाई व्यवहारमा उतार्ने सामूहिक थलोको विकास गर्दै लैजाने अभिप्रायले  साउथ एसिया टाइम मार्फत यो अभियान संचालन गर्न लागेका हौँ',  सल्लाहकार सम्पादक भगीरथ योगीले भने  ।

 

यस कार्यक्रममा कम्तिमा ए लेभलको अध्ययन पूरा गरेका, पत्रकारिता अध्ययन गरेका वा पत्रकारितामा रुचि भएका  युवायुवतीहरुले editor@southasiatime.com मा आफ्नो सीभी पठाएर आवेदन दिन सक्नेछन् । 

 

“यो अवसर केवल ज्ञानको आदानप्रदान गरी  अनुभव हासिल गर्नको लागि सातामा ३-४ घण्टा समय दिन सक्नेहरुका लागि उपयुक्त हुनेछ,” सम्पादक जगन कार्की भन्छन्,  “हाललाई बेलायतका सबै क्षेत्र र शहरमा छरिएर रहेका इच्छुक युवा पुस्ताका लागि यो अवसर खुल्ला रहेको छ ।”

 

इन्टर्नसिप शुरुमा चार महिना अवधिका लागि हुने र कार्य प्रगतिका आधारमा सो अवधि थप गर्न सकिने बताइएको छ ।

 

चार महिनाको इन्टर्नसिप सकिएपछि प्रमाणपत्र र कामको अनुभवको पत्र प्रदान गरिनुका साथै अनलाइन पत्रिकाले आवश्यक रेफरेन्स पनि प्रदान गर्ने  छ ।

 

यो योजनाले युवाहरुको क्षमता, आत्मविश्वासमा विकास र समाजसंग घुलमिल हुने, व्यक्तित्व विकास लगायत पत्रकारिता पेशामा प्रवेश गर्न टेवा पुग्ने लक्ष्य लिएको बताइएको छ ।

 


थप समाचार

बोरिस जोनसनलाई प्रधानमन्त्री ओलीको बधाई

  • 1 minute ago
बोरिस जोनसनलाई प्रधानमन्त्री ओलीको बधाई

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायतको आम निर्वाचनमा भारी बहुमतका साथ विजयी बोरिस जोनसनलाई बधाई दिएका छन् । जोनसन र उनको कन्जर्भेटिभ पार्टीलाई गत बिहीबार भएको निर्वाचनमा भारी बहुमत

यो रहस्यमयी खाडल, कसैले गहिराई नाप्न नसकेको यसलाई ‘नर्कको द्वार’ पनि भन्ने गरिन्छ

  • 17 minutes ago
यो रहस्यमयी खाडल, कसैले गहिराई नाप्न नसकेको यसलाई ‘नर्कको द्वार’ पनि भन्ने गरिन्छ

एजेन्सी । विश्वमा अनौठा घटनाहरु घटिरहन्छन् । त्यस्ता घटनाले मानिसलाई अचम्मित बनाउँछन् । यस्तै एक रहस्यमयी घटना चेक रिपब्लिक देशको ‘होउस्का क्यासल’मा पनि घटेको थियो ।

बाबुराम भट्टराईलाई रेखा थापाको सुझावः यत्तिको बुद्दिभाका मान्छे आँफै पनि केही गरे हुने

  • 21 minutes ago
बाबुराम भट्टराईलाई रेखा थापाको सुझावः यत्तिको बुद्दिभाका मान्छे आँफै पनि केही गरे हुने

काठमाडौं । नेपाली फिल्म जगतकी चर्चित अभिनेत्री रेखा थापाले पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईप्रति कटाक्ष गरेकी छिन् ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ शनिबारको तपाईको भाग्य–मंसिर २८ गते

यस्तो रहेको छ शनिबारको तपाईको भाग्य–मंसिर २८ गते

वि.सं.२०७६ साल मंसिर २८ गते । शनिबार । ईश्वी सन् २०१९ डिसेम्बर १४ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४१ । पौष कृष्णपक्ष । तिथि द्वितीया,०७ घडी ९२ पला,बिहान ०९ बजेर ४८ मिनेट उप्रान्त तृतीया । काठमाडौंमा सूर्योदय ०६ बजेर ४७ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ०८ मिनेट ।