नवीन प्यासीलाई साताको साहित्य पुरस्कार

सिड्नी । यस बर्षको साताको साहित्य पुरस्कार कवि नवीन प्यासीको कविता आशीर्वाद’ प्रदान गरिने कुरा साताको साहित्यडटकमले प्रेस विज्ञप्ति मार्फत सार्बजनिक गरेको छ । साताकोसाहित्यडटकम’ मा अगष्ट २०१७ देखि जुलाई २०१८ सम्म प्रकाशित भएका रचनाहरूमध्येबाट तीन उत्कृष्ट रचनाहरू केही समय अघि सार्वजनिक गरिएका थिए जसमा अन्य दुई उत्कृष्ट रचनाका रुपमा कवि बाबु त्रिपाठीको कविता ‘रोल्पाको रङ’ र कवि जीवन खत्रीको कविता ‘आमाको पटुका’ छानिएका थिए ।

 

तत्पश्चात् निर्णायकहरू महेन्द्र पौडेल, सुजित सिग्देल, सञ्जिब पाण्डे, ऋषि आचार्य र निष्प्रभ सजी ले बहुमतको आधारमा आशीर्वाद’ कवितालाई चयन गरेका हुन् । लेखकले पुरस्कार स्वरुप नगद बीस हजार रुपैया र ताम्रपत्र प्राप्त गर्नेछन् ।

 

असल साहित्यले पुरस्कार र सम्मान होइन, पुरस्कार र सम्मानले असल साहित्यको खोजी गर्नु पर्दछ’ भन्ने उद्घोषका साथ नेपाली साहित्यमा उल्लेखनिय योगदान दिँदै आइरहेको साताको साहित्य डट कमले हरेक बर्ष आफ्नो वेभसाइटमा अगष्ट देखि जुलाई सम्म प्रकाशित भएका रचनाहरूमध्येबाट पाठकहरूको प्रतिक्रिया र निर्णायकहरूको निर्णयको आधारमा पुरस्कृत रचनाको छनौट गर्दछ ।

 

 यस अघि साताको साहित्य पुरस्कार रविन्द्र समीर, रमेश सायन, मुकुन्द प्रयास, नवराज पराजुली, बोनम प्रताप र प्रोल्लास सिन्धुलियका रचनाहरूलाई प्रदान गरिएको थियो । नवीन प्यासी ‘साताको साहित्य पुरस्कार’ प्राप्त गर्ने सातौं लेखक हुन् ।

 


थप समाचार

मिडल्याण्डमा एनआरएन यूकेको भोइस अफ नेपाल च्यारिटी कन्सर्टमा व्यापक सहभागिता

  • 9 hours ago
मिडल्याण्डमा एनआरएन यूकेको भोइस अफ नेपाल च्यारिटी कन्सर्टमा व्यापक सहभागिता

भोइस अफ नेपालका विजेतासहितका ७ प्रतियोगीहरुले प्रस्तुति गरेको उक्त कार्यक्रममा झण्डै ६ सय स्थानीय नेपालीहरु सहभागी भएको एनआरएन यूके उपाध्यक्ष एवम् च्यारिटी विभाग संयोजक प्रेम गाहा मगरले जनाएका छन् ।

मुस्लिम आयोगका प्रस्तावित अध्यक्षकाे कागजात संसदीय समितिले अध्ययन गर्ने

  • 10 hours ago
मुस्लिम आयोगका प्रस्तावित अध्यक्षकाे कागजात संसदीय समितिले अध्ययन गर्ने

काठमाडौँ । सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिले मुस्लिम आयोगका प्रस्तावित अध्यक्ष समिम अन्सारीको कागजात अध्ययन गर्ने निर्णय गरेको छ । समितिको सिंहदरबारमा बसेको बैठकले अन्सारीमाथि परेको उजुरीक

'नयाँ ढंगले अघि नबढे काँग्रेसकाे अस्तित्व संकटमा'

  • 10 hours ago
'नयाँ ढंगले अघि नबढे काँग्रेसकाे अस्तित्व संकटमा'

काठमाडौँ । नेपाली काङ्ग्रेसलाई नयाँ ढङ्गले अगाडि लैजान नसके पार्टीको अस्तित्व नै खतरामा पर्नसक्ने काङ्ग्रेस नेता एवं बुद्धिजीवीहरुले बताएका छन् । ६८औँ प्रजातन्त्र दिवसका अवसरमा आयोजना गरिएको ‘



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

आफ्नो घरमा आउन नदिनुहोस् यस्ता चिज, जसले निम्त्याउँछ संकट र खतरा

आफ्नो घरमा आउन नदिनुहोस् यस्ता चिज, जसले निम्त्याउँछ संकट र खतरा

एजेन्सी । हिन्दु धर्ममा वास्तु शास्त्रलाई निकै मान्यता दिने गरिन्छ । तर पनि कहिले काहिँ हामी आफ्नो घरमा भइरहेका कति चीजहरुलाई वेवास्ता गरिरहेका हुन्छौ जसले तपाईलाई अन्त्यमा समस्यामा पार्न सक्छ ।