गुण्डा नाइके दावा लामाका सहयोगी सत्यमान फेरि पक्राउ

Education Park

काठमाडौं । गुण्डा नाइके दावा लामाका सहयोगी सत्यमान लामा फेरि पक्राउ परेका छन् । लामा गत असार २८ गते पक्राउ परेका थिए । पछि उनलाई नेकपाकी सांसद नविना लामाले छुटाएकी थिइन् । 

 

महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले मंगलबार लामालाई ठमेलबाट पक्राउ गरेको हो । 

 

नेपाल प्रहरीको ‘क’ वर्गको सूचीमा रहेका दावा लामाको ‘मुन्सी’को रुपमा काम गर्दै आएका सत्यमान लामाबारे लुटपाट, गुण्डागर्दी तथा धाकधम्कीबारे उजुरी परेको अपराध महाशाखाले जनाएको छ ।  

 

पछिल्लो समय प्रहरीले आफूलाई उच्च निगरानीमा राखेको सूचना पाएसँगै दावा लामाले काठमाडौं छाडेका छन् । दावा काठमाडौं छाडेर भारतको सिक्कीममा लुकेर बस्न थालेपछि उनको कारोबार सत्यमानले सम्हाल्दै आएको बताइएको छ । 

 


थप समाचार

सशस्त्र प्रहरीलाई गृहमन्त्रीकाे निर्देशन : परिणाम निस्किने गरी काम गर्नुस्

  • 16 minutes ago
सशस्त्र प्रहरीलाई गृहमन्त्रीकाे निर्देशन : परिणाम निस्किने गरी काम गर्नुस्

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले परिणाम निस्कने गरी काम गर्न सशस्त्र प्रहरीलाई निर्देशन दिएका छन् । प्रदेश बाहिनीपतिका रुपमा सरुवा भएका सशस्त्र प्रहरी नायब महानिरीक्षकलाई आज गृह मन्त्रालय

ब्रिटेन नेपाल चेम्बर अफ कमर्शले अर्थमन्त्रीलाई बुझायाे ज्ञापनपत्र

  • 31 minutes ago
ब्रिटेन नेपाल चेम्बर अफ कमर्शले अर्थमन्त्रीलाई बुझायाे ज्ञापनपत्र

काठमाडौँ । ब्रिटेन नेपाल चेम्बर अफ कमर्शले नेपालमा हुने वैदेशिक लगानीलाई प्रोत्साहन गर्न आग्रह गर्दै सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।

बैंकिङ कसूरकाे मुद्दामा फरार अभियुक्त पक्राउ

  • 1 hour ago
बैंकिङ कसूरकाे मुद्दामा फरार अभियुक्त पक्राउ

काठमाडौँ । बैकिङ् कसुर मुद्दामा फरार हुँदै आएका काठमाडौँ तारकेश्वर नगरपालिका–९ का प्रमोदकुमार खड्का कारागार चलान भएका छन् ।



प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

मध्यरातमा निद्राबाट बिउँझिए यी ५ काम नगर्नुस्

मध्यरातमा निद्राबाट बिउँझिए यी ५ काम नगर्नुस्

एजेन्सी । कोही मानिसहरु मध्यरातमा बिउँझने गर्छन् । ब्युँझिएपछि फेरि निदाउँन कष्ट गर्दा पनि उनीहरु निदाउन सक्दैनन् । यस्तो अवस्थामा धेरै मानिसहरुले गर्न नहुने काम गरिरहेका हुन्छन् ।

विचित्र विश्व

७० वर्षमा गर्भवती भएकी यी महिला...

७० वर्षमा गर्भवती भएकी यी महिला...

एजेन्सी । उमेरले ७० वर्ष लागकी एक महिला गर्भवती भइन् । ७० वर्षको उमेरमा मानिसलाई हिडडुल गर्न नै गाह्रो हुन्छ । तर, एक महिलाले आफू ७० वर्षको उमेरमा पनि उनले आफू गर्भवती रहेको बताएकी हुन् ।