IIMS College

ISMT

HUB Education

साउदी अरबकाे रक्षा मन्त्रालयलार्इ लक्षित गर्दै मिसाइल प्रहार

सांकेतिक तस्वीर
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

रियाद । यमनका हूथी विद्रोहीले साउदी अरबको राजधानी रियादमा आइतवार राति ब्यालेस्टिक मिसाइल प्रहार गरेका छन् । साउदी अरबको नेतृत्वमा रहेको गठबन्धन सेनाका अनुसार विद्रोहीले दुई ब्यालिस्टिक मिसाइल प्रहार गरेका हुन् ।

 

साउदी अरबको समाचार एजेन्सी एसपीएका अनुसार यो हमला स्थानीय समयानुसार गएराति ८ बजेर ३९ मिनेटमा भएको हो । दुवै मिसाइललाई हावामै ध्वस्त बनाइएको पनि समाचारमा जनाइएको छ ।

 

मिसाइललाई हावामै ध्वस्त बनाइएको कारण यस हमलामा कुनै हताहती भएको छैन । तर स्थानीय मिडियाका अनुसार रियादमा कमसेकम ६ शक्तिशाली धमाका भएका थिए । आकाशमा उज्यालो पनि देखिएको थियो । विस्फोटपछि सहरमा धुवाँ फैलिएको थियो ।  

 

हूथी विद्रोहीको समाचार च्यालन अल–मसिराले भने यी हमलाबाट रियादमा ठुलो क्षति भएको जनाएको छ । मिसाइलले साउदी अरबको रक्षा मन्त्रालय र अन्य सरकारी कार्यालयमा निशाना बनाएको थियो । तर रियाद नेतृत्वको गठबन्धन सेनाले यस कुरालाई गलत बताएको छ । 

 

यसअघि सन् २०१५ मा यमनमा सिया हूथी विद्रोही र राष्ट्रपति अबेद्राबो मन्सुर हादीको सरकारबीच लडाइँ चलिरहेको छ। हूथी विद्रोही हादी सरकारलाई बर्खास्त गेर देशमा कब्जा गर्न चाहन्छ । 

 

हुथीविरुद्ध साउदी सरकारले यमनको सेनालाई साथ दिइरहेको कारण साउदीमाथि हूथीले हमला गर्दै आइरहेको छ । हूथी विद्रोहीहरुलाई इरानले साथ दिइरहेको आरोप साउदी अरबले लगाउँदै आएको छ। उता इरानले भने यो कुरालाई खारेज गर्दै आएको छ ।


थप समाचार

छोरा क्रिकेटर, बुबा प्रशिक्षक !

  • 1 minute ago
छोरा क्रिकेटर, बुबा प्रशिक्षक !

एजेन्सी । बलिउड अभिनेता शाहिद कपुर अहिले चर्चामा रहेका छन् । उनी आफ्नो आगामी फिल्म ‘जर्सी’को तयारीमा लागिरहेका छन् । फिल्मको सुटिङ सुरु गर्नुभन्दा पहिले शाहिदले खुबै पसीना बगाएका छन् ।

घुस लिएको आरोप लागेका दोलखाका सिडिओ गृह मन्त्रालयमा तानिए

  • 4 minutes ago
घुस लिएको आरोप लागेका दोलखाका सिडिओ गृह मन्त्रालयमा तानिए

दोलखा । घुस लिएको आरोप लागेका दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई गृह मन्त्रालयमा तानिएको छ ।

अष्ट्रेलियाको पीआर लिनेहरु न्युजिल्याण्ड गएर बस्दा र काम गर्दा के समस्या हुन्छ ?

  • 8 minutes ago
अष्ट्रेलियाको पीआर लिनेहरु न्युजिल्याण्ड गएर बस्दा र काम गर्दा के समस्या हुन्छ ?

सिड्नी । अष्ट्रेलियाको पीआर लिएका विदेशीहरू सजिलै न्युजिल्याण्डमा गएर बस्न र काम गर्न सक्छन् । यसको लागि कुनै कानूनी व्यवधान छैन । तर, लामो समय न्युजिल्याण्डमा बस्दा भने ती मानिसहरुलाई केही समस्या पर्



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

जाडोमा उपयागी ५ तरकारी

जाडोमा उपयागी ५ तरकारी

एजेन्सी । जाडोयाममा शरीरलाई चिसोसँगै विभिन्न संक्रमणबाट बचाउन खानपानमा विशेष ध्यान दिनुपर्छ । यो वेला खानामा प्रशस्त मात्रामा सागसब्जी वा तरकारी समावेश गरेमा चिसोबाट बच्न सकिन्छ ।

विचित्र विश्व

के १५ हजार वर्षअघि पनि कन्डमको प्रयोग हुन्थ्यो ?

के १५ हजार वर्षअघि पनि कन्डमको प्रयोग हुन्थ्यो ?

एजेन्सी । कन्डमको बारेमा तपाईलाई थाहा नै होला । तर यसको इतिहासको बारेमा पनि तपाईलाई जानकारी नहुन सक्छ । यसको इतिहास एकदमै पुरानो रहेको छ । जसबारे थप चर्चा गरौँ ।