साउदी जेलमा रहेका दिलबहादुरलाई रिहा गर्न जुटे रोल्पाली

  • शनिबार, १२ जेष्ठ, २०७५
  • 1 year ago
  • नेपाल
Education Park

रोल्पा । साउदी जेलमा रहेका रोल्पा नगरपालिका– १० का दिलबहादुर घर्तीको जीवन रक्षाका लागि रोल्पाका विभिन्न संघसंस्थाले सहयोग संकलन अभियानलाई तीव्र बनाएका छन् । उनी दुई वर्षदेखि साउदीमा जेल जीवन बिताइरहेका छन् । 

 

कम्पनीको कामको सिलसिलामा विसं २०७३ जेठ ३१ गते आफैँले चलाएको ट्रकले किचेर साउदी नागरिक ओतिन बिल दिगफाको मृत्यु भएपछि घर्तीलाई साउदी प्रहरीले नियन्त्रणमा लिएको थियो । 

 

घटनापछि साउदीस्थित एक स्थानीय अदालतले मृतकका परिवारलाई क्षतिपूर्तिस्वरुप दुई लाख २५ हजार साउदी रियल बुझाउनुपर्ने फैसला गरेको थियो । स्थानीय अदालतको फैसलामाथि पुनरावेदन गरी पाउँ भनी साउदीस्थित नेपाली राजदूतावासले अपिल गरेको थियो । तर स्थानीय अदालतको फैसला नै सदर भएपछि घर्तीले नेपाली रुपैयाँ ६५ लाख बुझाउन नसके रिहा हुन नसक्ने व्यवस्था छ । 

 

काठमाडौँस्थित डेस्टिनी ओभरसिज प्रालिले स्काभेटर चालकका रुपमा दिलबहादुरलाई साउदी पठाएको थियो । साउदीस्थित माजित अल दियावही कन्ट्रक्सन प्रालिले उनलाई एक्साभेटर चलाउन नदिएर ट्रक चलाउन लगाएको थियो । 

 

चालक अनुमतिपत्र र वर्क परमिटसमेत नभएका उनलाई कम्पनीले जबर्जस्ती ट्रक चलाउन लगाएको थियो । 

 

घरको आर्थिक अवस्था कमजोर रहेका दिलबहादुरको सम्पत्तिबाट उक्त रकम बुझाउन सकिने सम्भावना नभएपछि श्रीमती मनिताले जीवन रक्षाका लागि सबैसँग अपिल गर्नुभएकाले यतिबेला दिलबहादुर बचाऊ अभियानअन्तर्गत देश विदेशमा रहेका रोल्पालीले सहयोग संकलनलाई तीव्र बनाएका छन् । 

 

दिलबहादुर बचाऊ अभियानअन्तर्गत रोल्पा उद्योग वाणिज्य संघले जिल्लाका उद्योगी व्यापारीसँग रु एक लाख ४८ हजार संकलन गरेको अध्यक्ष विश्वकुमार चन्दले जानकारी दिए । 

 

यसैगरी रोल्पा नगरपालिकालेसमेत दिलबहादुर बचाऊ अभियानका लागि रु एक लाख सहयोग गरेको बताइएको छ । काठमाडौँस्थित रोल्पालीलेसमेत सहयोग संकलनलाई तीव्र बनाएका छन् । उपराष्ट्रपतिका छोरा दिपेश पुनको अगुवाइमा सहयोग संकलन अभियानलाई तीव्र पारिएको बताइएको छ । 


थप समाचार

अरुवा खोलामा डुबेर आठ वर्षीय बालकको मृत्यु

  • 4 minutes ago
अरुवा खोलामा डुबेर आठ वर्षीय बालकको मृत्यु

रौतहट । बौधिमाई नगरपालिका–९ स्थित अरुवा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ ।

दाजु फेल खाएपछि बहिनीलाई अध्यक्ष बनाउने तयारी

  • 4 minutes ago
दाजु फेल खाएपछि बहिनीलाई अध्यक्ष बनाउने तयारी

एजेन्सी । भारतीय काँग्रेस पार्टीको नेतृत्व कसले गर्ने भन्ने बहस चलिरहेको छ । लोकसभा चुनावमा काँग्रेस पार्टी पत्तासाफ भएपछि अध्यक्ष पदबाट राहुल गान्धीले

पूर्व–पश्चिम विद्युतीय रेलमार्ग : बर्दिवास–बुटवल खण्डको डिपिआर सुरू हुँदै

  • 13 minutes ago
पूर्व–पश्चिम विद्युतीय रेलमार्ग : बर्दिवास–बुटवल खण्डको डिपिआर सुरू हुँदै

काठमाडौँ । सरकारले पूर्व–पश्चिम विद्युतीय रेलमार्गमा बर्दिवास–बुटवल खण्डको छिट्टै नै विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को काम अघि बढाउने भएको छ ।



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

बुधबार गर्नुस् यस्ताहरु, फलिफाप हुनेछ

बुधबार गर्नुस् यस्ताहरु, फलिफाप हुनेछ

एजेन्सी । यदि तपाईको घरमा आयभन्दा बढी व्यय अर्थात् खर्च भइरहेको छ, घरमा कलेश मचिरहेको छ भने बुधवारका दिन बुध ग्रहलाई पुज्नुहोस्, समस्याबाट राहत मिल्न सक्छ ।

विचित्र विश्व

एउटा कुखुराले २४ घण्टामा ३६ वटा अण्डा पारेपछि...

एउटा कुखुराले २४ घण्टामा ३६ वटा अण्डा पारेपछि...

एजेन्सी । एउटै कुखुराले २४ घण्टामा ३६ वटा अण्डा पारेपछि भारतको जयपुरस्थित घाटगेट इलाकाका मानिसहरु छक्क परेका छन् । यो समाचार बाहिर आए लगत्तै टाढा टाढाबाट मानिसहरु उक्त कुखुरालाई हेर्न जान थालेका छन् ।