सेप्टेम्बर ८ मा अल्डरसटमा आयोजना हुंदै सयपत्री सांझ , टंक बुढाथोकीले पनि प्रस्तुति गर्ने

  • बुधबार, १३ भदौ, २०७५
  • 2 months ago
  • युके

 

लण्डन । बेलायतमा विभिन्न नेपाली संघसंस्थाले आयोजना गर्ने कार्यक्रमहरुमा आकर्षक नेपाली नृत्यहरु प्रस्तुत गरेर मन जित्दै आएको छ 'सयपत्री नेपाली कल्चरल समुह यूके'ले । 

 

सोहि समुहले आउंदो सेप्टेम्बर महिनाको ८ तारिख 'सयपत्री सांझ' शीर्षकमा एक विशेष सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ । 

 

अल्डरसटको द प्यालेसमा आयोजना हुने कार्यक्रममा प्रमुख आकर्षण रहनेछन् अहिलेका चर्चित गायक टंक बुढाथोकी । बेलायतको भिसा बुझिसकेका गायक बुढाथोकी सेप्टेम्बर ६ मा लण्डन उत्रिनेछन् । 

 

सयपत्री सांझमा बेलायतमै रहेका गायक मनसुदन थापाले पनि प्रस्तुति गर्नेछन् । त्यसबाहेक सयपत्री कल्चरल समुहका विभिन्न आकर्षक प्रस्तुति कार्यक्रममा रहनेछन् । सयपत्री ब्याण्डले समेत विशेष सांगीतिक प्रस्तुति दिनेछ । 

 

कार्यक्रममा विशुद्ध नेपाली सांस्कृतिक प्रस्तुतिहरु पस्किने जानकारी आयोजक सयपत्री कल्चरल समुहका अध्यक्ष डम्बर सिंहले दिए । 'सधैजस्तो हाम्रो यो कार्यक्रममा पनि विशुद्ध र मौलिक नेपाली सांस्कृतिक प्रस्तुतिहरु रहनेछन् । नेपालको विभिन्न जातजाति, समुदाय तथा पूर्वदेखि पश्चिमसम्म सबैको कला, संस्कृतिको प्रतिनिधित्व गर्ने प्रस्तुतिहरु देखाइनेछ' , अध्यक्ष सिंहले भने । 

 

बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदी प्रमुख अतिथी रहने कार्यक्रममा स्थानीय काउन्सिलरहरु, विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधीहरुलाई अतिथीका रुपमा निम्त्याइएको छ ।

 

सांझ ६ बजेदेखि मध्यरातसम्म कार्यक्रम चल्नेछ । कार्यक्रममा सहभागिताको लागि १५ पाउण्डको टिकट राखिएको छ । १० वर्ष मुनिका बालबालिकालाई भने निशुल्क छ । 

 

अल्डरसटको यो कार्यक्रमपछि लण्डनमा समेत एक कार्यक्रम गर्ने योजना सयपत्री कल्चर समुहले बनाएको छ ।

 

 

मौलिक नेपाली सांस्कृतिक नृत्यहरुको प्रस्तुतिमार्फत बेलायतमा लोकप्रिय बनेको छ सयपत्री नेपाली कल्चरल समुह यूके । नेपाली कला र संस्कृतिको संरक्षण तथा प्रबर्द्धन  गर्ने लक्ष्यसहित सन् २००६ मा स्थापित भएको थियो सयपत्री समुह । 

 

बेलायतमा आयोजना हुने विभिन्न संघसंस्थाका कार्यक्रमहरुमा पनि आमन्त्रित कलाकारका रुपमा सयपत्री कल्चरल समुहका आकर्षक नृत्यहरु बारम्बार देख्न पाइन्छ । विभिन्न नेपाली जातजातिका मौलिक भेषभूषा र गरगहनाहरु समेत जुटाएर बेलायतमा उपलब्ध गराएको छ सयपत्रीले । बेलायतमा जन्मे, हुर्केका ससाना नेपाली बालबालिकालाई मौलिक नेपाली नृत्यहरु सिकाउने कक्षा समेत सयपत्रीले सञ्चालन गर्दै आएको छ ।

 

बेलायतमा नेपाली कला र संस्कृतिको प्रबद्र्धनका लागि क्रियाशिल यो सांस्कृतिक समुहले बेलाबेलामा नेपाल र बेलायतमा पनि विभिन्न सामाजिक कार्यहरु समेत सञ्चालन गर्दै आएको छ । भुकम्पका बेला पीडितहरुका लागि सहयोग संकलन गरेर पठाएको सयपत्रीले विभिन्न स्कुल तथा गुठी संस्थालाई पनि सहयोग गरेको छ । बेलायतमै अंग्रेजी नजान्ने नेपाली महिलाहरुको लागि निशुल्क अंग्रेजी भाषा कक्षा समेत सयपत्रीले सञ्चालन गरेको थियोे । 

 


थप समाचार

किन आयो निशान र मिटसुबिसी कम्पनीको सेयरमा भारी गिरावट ?

  • 4 minutes ago
किन आयो निशान र मिटसुबिसी कम्पनीको सेयरमा भारी गिरावट ?

टोकियो, जापान । जापानी कार कम्पनी निशान र मिटसुबिसीका अध्यक्ष कार्लोस गोसनलाई आर्थिक अनियमितताको आरोपमा सोमबार पक्राउ गरिएपछि उक्त कम्पनीको सेयरमा गिरावट आएको छ ।

ट्रम्पलाई अर्को झट्का, अदालतले दियो यस्तो आदेश

  • 7 minutes ago
ट्रम्पलाई अर्को झट्का, अदालतले दियो यस्तो आदेश

वासिङ्टन । एक जना सङ्घीय न्यायाधीशले संयुक्तराज्य अमेरिकामा गैरकानुनी रुपमा प्रवेश गर्ने मानिसलाई आप्रवासीको रुपमा मान्यता नदिने गरी भएको ट्रम्प प्रशासनको आदेशलाई अस्थायी रुपमा रोक्न सोमबार आदेश दिएका

द्वन्द्वग्रस्त यमनमा ५० करोड डलर सहयोगको घोषणा

  • 10 minutes ago
द्वन्द्वग्रस्त यमनमा ५० करोड डलर सहयोगको घोषणा

रियाद, साउदी अरब । यमनी हुथी विद्रोहीविरुद्ध यहाँको सरकारलाई सघाउन सैन्य गठबन्धनलाई नेतृत्व गर्दै आएका साउदी अरब र संयुक्त अरब इमिरेट्सले यमनलाई ५० करोड अमेरिकी डलर सहयोग उपलब्ध गराउने घोषणा गरेका छन्



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

मंगलबार जन्मनेहरुको स्वभाव कस्तो ?

मंगलबार जन्मनेहरुको स्वभाव कस्तो ?

मंगलबार जन्मेका व्यक्तिहरु निकै बहादुर, स्मार्ट र एक्टिभ हुने गर्दछन् । यी व्यक्तिहरु अरु मानिसहरुलाई सहयोग गर्न सधैँ तत्पर रहन्छन्, उनीहरुको स्वभाव परोपकारी किसिमको हुने गर्दछ । यी व्यक्तिहरु आफ्नो हरेक काम निकै गम्भीरताका साथ गर्ने गर्दछन् ।