सयपत्री सांस्कृतिक सांझमा नेपाली कला झल्काउने प्रस्तुति

  • मंगलबार, २६ भदौ, २०७५
  • 5 months ago
  • युके

(तस्बिर : शिव भण्डारी) 

लन्डन । मौलिक नेपाली सांस्कृतिक  प्रस्तुतिहरुका लागि बेलायतमा परिचित स्थापित सयपत्री कल्चरल समुह यूकेले आकर्षक कार्यक्रमसहित गरेको सयपत्री सांस्कृतिक सांझ सम्पन्न गरेको छ ।

 

शनिबार सांझ अल्डरसटको प्यालेस हलमा नेपालबाट आएका गायक टंक बुढाथोकीको विशेष प्रस्तुतिमा कार्यक्रम गरिएको थियो । त्यसअवसरमा गायक बुढाथोकी र बेलायतमै रहेका गायक मनसुदन थापाको साथै सयपत्री कल्चर समुहका तर्फबाट आकर्षक प्रस्तुति गरिएको थियो । 

 

कार्यक्रमको पहिलो चरणमा प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले बेलायतमा नेपाली कला संस्कृति प्रबद्र्धनको लागि सयपत्रीले गरेको भुमिकाको  प्रशंसा गरे  । एनआरएनए यूकेका अध्यक्ष योगकुमार फगामीले पनि सयपत्रीकोे बेलायतमा नेपाली कला संस्कृति जगेर्ना गर्ने कार्य उदाहरणीय रहेको बताए । समुहका अध्यक्ष डम्बर सिंहले आफ्नो संस्थाको पृष्ठभुमि र उद्देश्यबारे बताए ।

 

 

सो अवसरमा संस्थाका संस्थापक अध्यक्ष एलबी गुरुङ र वर्तमान अध्यक्ष डम्बर सिंहले राजदूत डा. सुवेदीलाई विशेष सम्मान गरेका थिए । सचिव गौरव क्षेत्रीले कार्यक्रम सञ्चालन गरेका थिए भने उपाध्यक्ष प्रभु गुरुङले स्वागत मन्तव्य दिएका थिए ।

 

दोश्रो चरणमा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो जसको संयोजन कल्चर कोअर्डिनेटर मनोज अन्जानले गरेका थिए । त्यसक्रममा चर्चित गायक टंक बुढाथोकीले रुपै मोहनी, धन बिनाको मन लगायतका आफ्ना चर्चित गीतहरु सुनाए ।  स्थानीय गायक मनसुदन थापाले पनि गायन प्रस्तुत गरे । 

 

त्यस्तै, सयपत्री समुहकै कलाकारहरु प्रभु गुरुङ, कविता गुरुङ, पुष्पा गुरुङ, सुवास गुरुङ, सन्तोक गुरुङ, अविसा गुरुङ, मोलिका गुरुङ, गिता केसी, प्रतिभा केसी, सन्ध्या तिवारी, सुरगंना शाही, शितल तिवारीले पनि नेपाली कला, संस्कृति झल्काउने विभिन्न आकर्षक नृत्य देखाए । बाल कलाकारहरु लिकोन गुरुङ, सेलिना शाही र रितिका खरेलले पनि आकर्षक प्रस्तुति गरेका थिए । 

 

सन् २००६ मा स्थापित सयपत्री कल्चरल समुहले हरेक वर्ष सांस्कृतिक कार्यक्रम गर्ने क्रममा यो वर्ष पनि सांस्कृतिक सांझ आयोजना गरेको थियो ।  

 


थप समाचार

निर्मलको 'प्रोजेक्ट पोसिबल'लाई एनआरएन यूकेको साथ, प्रेस मिटमै जुट्यो १० हजार पाउण्ड सहयोग

  • 5 hours ago
निर्मलको 'प्रोजेक्ट पोसिबल'लाई एनआरएन यूकेको साथ, प्रेस मिटमै जुट्यो १० हजार पाउण्ड सहयोग

कार्यक्रममा उपस्थित एनआरएन यूके तथा अरु विभिन्न संघसंस्थाका प्रतिनिधिहरुबाट उनको अभियानका लागि तत्काल नै झण्डै १० हजार पाउण्डको सहयोग समेत संकलन भएको छ ।

शान्ति पुरस्कारका लागि ट्रम्पको नाम सिफारिस

  • 9 hours ago
शान्ति पुरस्कारका लागि ट्रम्पको नाम सिफारिस

टोकियो, जापान । वासिङ्टनको अनुरोधमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सन् २०१८ को नोबेल शान्ति पुरस्कारका लागि जापानी प्रधानमन्त्री सिन्जो आवेले मनोनयन गरेको एक जापानी पत्रिकाले आफ्नो आइतबारको संस्

रेखा–अमिताभ प्रेमसम्बन्धः किन अधुरै रह्यो यी दुईको प्रेम ?

  • 9 hours ago
रेखा–अमिताभ प्रेमसम्बन्धः किन अधुरै रह्यो यी दुईको प्रेम ?

एजेन्सी । भनिन्छ मानिसको जोडी माथिबाट नै भगवानले बनाएर पठाएका हुन्छन् । सायद, यो भनाई साँचो हो किनकी चलचित्र उद्योगमा यस्ता धेरै उदाहरण भेटिन्छन् । जहाँ गहिरो प्रेममा परेका जोडीहरुको पनि सम्बन्ध टुटेर



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

भाग्य रेखा : हत्केलाका कुन रेखाले के जनाउँछ ?

भाग्य रेखा : हत्केलाका कुन रेखाले के जनाउँछ ?

एजेन्सी । जन्मको समय र तारिखको आधारमा कुण्डली हेरेर होस या हस्तरेखा हेरेर होस व्यक्तिको वर्तमान र भविष्य ज्योतिष विद्या मार्फत जान्ने प्रचलन छ । जसमा विभिन्न शास्त्र मार्फत व्यक्तिको बारेमा बुझ्न सकिन्छ ।

विचित्र विश्व

यस्तो पनि ! १० रूपैयाँमा साडीको सेल, महिलाहरुको भीड बढेर भागदौड

यस्तो पनि !  १० रूपैयाँमा साडीको सेल, महिलाहरुको भीड बढेर भागदौड

हैदराबाद । भारतको हैदराबादस्थित सिद्दीपेटको एक सपिङ मलले भारु १० मा साडी बिक्री गर्न थालेपछि मलमा महिलाहरुको भीड बढेर भागदौडको अवस्था सिर्जना भएको छ ।