IIMS College

ISMT

HUB Education

प्रधानाध्यापक नियुक्तिमा ढिलासुस्ती हुँदा पठनपाठनमै समस्या

सांकेतिक तस्वीर
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

झापा । नमूना विद्यालयका रुपमा प्रस्तावित झापाको कनकाई नगरपालिकास्थित कनकाई माविमा ६ महिनादेखि प्रधानाध्यापकको नियुक्तिमा भएको ढिलासुस्तीका कारण पठनपाठनमा असर परेको छ । प्रधानाध्यापकको दाबेदारीका रुपमा बहालवाला निमित्त प्रधानाध्यापक गोपीकृष्ण भट्टराईसहित अन्य तीन सहायक प्रधानाध्यापकहरु कर्णबहादुर डाँगी, हरिप्रसाद तिम्सिना र चन्द्रप्रसाद शिवाकोटीबीच भएको प्रतिस्पर्धाका कारण अध्यापनमा समेत असर परेको छ । 

 

नयाँ शैक्षिक सत्रको पहिलो परीक्षा आउन अब एक महीना मात्र बाँकी रहँदा पनि आजसम्म विद्यालयमा सबै विषयको अध्ययन अध्यापन नियमित नहुनुमा विद्यालय प्रशासनको लापरवाही भएको अभिभावक चन्द्रप्रसाद प्रसाईंले बताए । उक्त विद्यालयले अध्यापनसँगै अन्य दैनिक गतिविधिमा समेत बेवास्ता गर्दै आएको छ । विद्यालयको शौचालयको दुर्गन्धले विद्यार्थीहरुलाई कक्षाकोठामा बस्नसमेत समस्या भएको कक्षा दशमा अध्ययनरत छात्रा गरिमा पोखरेलको गुनासो थियो । 

 

शौचालयका सबै प्यान फुटेका र तिनको मर्मत तथा सरसफाइमा विद्यालय प्रशासनको ध्यान नगएको अर्का  अभिभावक धर्मानन्द भट्टराईले बताए । अङ्ग्रेजी माध्यमलाई प्राथमिक्ता दिएर नमूना विद्यालयका रुपमा अघि बढेको यस विद्यालयमा भएका विद्यार्थी, शिक्षक र कर्मचारीहरुको विद्यालय पोशाक, विद्यालय आगमनको समय, अनुशासनजस्ता विषयमा बेलैमा सरकारी अनुगमन हुनुपर्नेमा उनले जोड दिए ।    

 

जिल्लामा नमूना विद्यालयका रुपमा प्रस्तावित प्रायः सबै विद्यालयमा निर्देशिकाअनुसार प्रधानाध्यापकको व्यवस्थापन भई विद्यालय विकास योजना कार्यान्वयन हुन थालेको बताइएको छ । प्रधानाध्यापकको नियुक्तिमा भएको ढिलासुस्तीकै कारण नमूना विद्यालयका लागि शिक्षा विभागबाट सःसर्त आउने अनुदान रकमसमेत रोकिने अवस्थामा पुगेकाले अभिभावकहरू चिन्तित भएका छन् । विद्यालयमा केही शिक्षकहरु स्वास्थ्यको कारण देखाउँदै बिदामा छन् ।

 

उक्त विद्यालयमा अन्य तीन शिक्षकको अभाव भएकाले  विज्ञापन सार्वजनिक गरेर पदपूर्तिका लागि प्रक्रिया अघि बढाइएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जनार्दन उप्रेतीले बताए । शैक्षिक संस्थामा यस किसिमको सङ्क्रमणकालीन अवस्था आउन नदिन व्यवस्थापन समितिकातर्फ बाट हदैसम्मको प्रयास भइरहेको र चाँडै यसको निकास आउने प्रतिबद्धता अध्यक्ष उप्रेतीले जनाए ।

 

यस विषयमा टुङ्गो लगाउन ६ महिनाअघि देखि विभिन्न चरणमा बसेका बैठक र भएका छलफलबाट पनि निकास नआएपछि प्रक्रिया लम्बिँदै गएकाले  प्रधानाध्यापकका चारै सम्भावित उम्मेदवार यतिबेला प्रमुख राजनीतिक दलका नेताहरुसँगको भेटघाटमा व्यस्त रहेको बताइएको छ । तत्कालीन प्रधानाध्यापक निर्मलकुमार खतिवडा सेवा निवृत्त भएपछि गत मङ्सिर २५ गतेदेखी निमित्त प्रधानाध्यापकका रुपमा भट्टराईले जिम्मेवारी सम्हाल्दै आएका छन् । (रासस)


थप समाचार

संविधान दिवसमा कुन आकारको झण्डा कहाँ र कसरी प्रयोग गर्ने ?

  • 6 hours ago
संविधान दिवसमा कुन आकारको झण्डा कहाँ र कसरी प्रयोग गर्ने ?

काठमाडौँ । विश्वमै आफ्नो छुट्टै पहिचान बोकेको नेपालीको शान राष्ट्रिय झण्डा विगतका सरकारी कार्यालय र सरकारी प्रयोजनमा राखिन्थ्यो ।

पुरुषका लागि दुर्भाग्यका केही संकेतहरु !

  • 6 hours ago
पुरुषका लागि दुर्भाग्यका केही संकेतहरु !

एजेन्सी । चाणक्य नीतिका अनुसार पुरुषका लागि दुर्भाग्यका केही संकेतहरु रहेका छन् ।

व्यक्तिगत लगानीमा दुईवटा पुल निर्माण

  • 7 hours ago
व्यक्तिगत लगानीमा दुईवटा पुल निर्माण

ओखलढुङ्गा । ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका–५ का स्थानीय समाजसेवी आङ पासाङ शेर्पाले आफ्नो व्यक्तिगत लगानीमा दुईवटा पुल निर्माण गरेका छन् ।



प्रेम र यौन

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजी र गोप्य राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

आकस्मिक गर्भनिरोधका लागि यी चार उपाय अपनाउनुहोस्

आकस्मिक गर्भनिरोधका लागि यी चार उपाय अपनाउनुहोस्

एजेन्सी । पछिल्लो समय अविवाहित महिलाहरु पनि गर्भवती हुने संख्या दिनप्रति दिन बढिरहेको छ । कोही गर्भनिरोधका लागि अस्थायी साधन प्रयोग गर्छन् त कति यसबारे जानकार नै हुँदैनन् अन्ततः गर्भपतन गराउने गर्दछन् ।