इङ्ल्यान्डमा जून १ बाट केही विद्यालयले कक्षा सुरू गर्ने तयारी

  • शुक्रबार, २ जेष्ठ, २०७७
  • 1 week ago
  • युके

लण्डन ।  इङ्ल्यान्डमा जून १ बाट केही विद्यालय खोल्ने तयारी गरिएको छ । शिक्षामन्त्री ग्याभिन विलियमसनले सांसदहरूलाई यो हप्ता स्कूल खोल्नु ‘जिम्मेवार’ कदम हो भन्दै सुरक्षाबारे ‘त्रास फैलाउने’ कुरा अस्वीकार्य भएको बताएको बीबीसीले जनाएको छ । उनले भने, “विद्यार्थीहरूका लागि शिक्षा लिन र सिक्नका लागि सबभन्दा उचित स्थल विद्यालय नै हो ।”  

 

तर शिक्षकहरूको सङ्गठनको समूहले अहिले नै विद्यालय खोल्नु सुरक्षित नहुने भन्दै संस्थाको निर्णयको आलोचना गरेका छन् ।

 

विद्यालय खोलेपछि कक्षामा विद्यार्थीको आकार सानो राख्ने र कक्षालाई सञ्चालन गर्ने योजना ल्याइएको ओएसिस एकेडेमी ट्रष्ट नामको संस्थाका संस्थापक स्टीभ चाल्कले बताए । 

 

उनीहरूका धेरैजसो विद्यार्थीहरूको ‘बस्ने घर साँघुरो छ र उनीहरूको डिजिटल पहुँच थोरै मात्र छ’ । त्यसैले उनीहरूलाई विद्यालयमा बोलाएर पढाउनुपर्ने उनको तर्क छ ।

 

चाल्कले भने, “इङ्ल्यान्डको रहेको आफ्नो एउटा ठूलो शैक्षिक संस्थाले आगामी जून महिनाको १ तारिखदेखि ३५ वटा प्राथमिक विद्यालय खोल्ने तयारी गरेको छ ।”

 

विद्यालय सञ्चालन तयारीबारे चाल्कले भने, “विद्यालयलाई लामो समय बन्द गरिनु हुँदैन । पुनः खोल्ने कामको विरोध गर्नेहरू ‘मध्यम वर्गका मानिसहरू’ भएको र यसको प्रभाव आफ्नो संस्थालाई नपर्ने बताउनुभयो ।” चाल्कले सङ्गठनको सुझाव ‘एकतर्फी’ भन्दै सुविधाबाट वञ्चित विद्यार्थीहरू विद्यालय आउन नपाउँदा उनीहरूलाई हुने हानी सङ्गठनले महसुस गर्न नसकेको बताएका दावी गरे । 

 

चाल्कका विद्यालयमा ४५ प्रतिशत विद्यार्थीले विद्यालयमा नै निशुल्क खान खुवाउने व्यवस्था रहेको छ । 

 

चाल्कले भने, “हाम्रा धेरै बच्चाहरू काउन्सिल परिसरमा थुनिएका जस्ता भएका छन् । उनीहरूले सफा हावा पाएका छैनन, शारीरिक कसरत गर्न पाएका छैनन् । कतिले पोसिलो खाना अति कम खान पाएका छन् वा कतिले त खानै पाएका छैनन् ।”

 

उत्तरी आएरल्याण्ड, स्कटल्यान्डमा र वेल्समा भने तत्काल विद्यालय खोल्ने सम्भावना नरहेको बताइउको छ । 

 

 शिक्षकहरूको सङ्गठन (एनएएसयूडब्ल्यूटी) ले भने तत्काल स्कूल खोल्ने काम सुरक्षित र व्यवहारिक नभएको बताएको छ । एनएएसयूडब्ल्यूटीका महासचिव प्याट्रिक रोचले भने, “सबभन्दा पहिले शिक्षक र विद्यार्थीको स्वास्थ्य र सुरक्षा सबैभन्दा महत्वपूर्ण कुरा हो ।”

 

“हामीले विद्यालय जान सुरक्षित छ भन्ने भएपछि मात्र खोलौँ भन्ने सुझाब दिएका छौँ,” उनले भने । सरकारलाई १ जुनबाट स्कूल खोल्ने कामबाट पछि हट्न आग्रह गर्दै संयुक्त विज्ञप्ति जारी गरेको नौ संस्था मध्ये एनएएसयूडब्ल्यूटी एक हो । यसै सन्दर्भमा शिक्षकहरूको सङ्गठनका नेताहरूले वैज्ञानिकहरूलाई पनि भेट्ने बताएका छन् ।


थप समाचार

ल्याटिन अमेरिकामा मात्रै एक करोड ४० लाख व्यत्तिमा खाद्यान्न् अभाव हुनसक्ने

  • 4 minutes ago
ल्याटिन अमेरिकामा मात्रै एक करोड ४० लाख व्यत्तिमा खाद्यान्न् अभाव  हुनसक्ने

एजेन्सी । ल्याटिन अमेरिकी क्षेत्रमा मात्रै कोरोना भाइरसका कारण झण्डै एक करोड ४० लाख मानिसमा खाद्य अभावको समस्या पर्नसक्ने अनुमान गरिएको छ ।

काँग्रेस संसदीय दलको बैठक शुक्रबार बस्ने

  • 11 minutes ago
काँग्रेस संसदीय दलको बैठक शुक्रबार बस्ने

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको संसदीय दलको बैठक शुक्रबार बस्ने भएको छ । काँग्रेस संसदीय दलको कार्यलयले आज एक विज्ञप्ती जारी शुक्रबार दिउँसो १ः०० बजे संघीय संसद् भवन नयाँ बानेश्वरस्थ

लोक कल्याणकारी विज्ञापन अनलाइन सञ्चार माध्यमबाट समेत प्रसारण

  • 16 minutes ago
लोक कल्याणकारी विज्ञापन अनलाइन सञ्चार माध्यमबाट समेत प्रसारण

काठमाडौँ । सरकारले सूचना प्रविधिमा आधारित सञ्चार माध्यमलाई प्रवद्र्धन गर्ने उद्देश्यले सार्वजनिक सरोकार र लोक कल्याणकारी विज्ञापन अनलाइन सञ्चार माध्यमबाट समेत प्रसारण गर्ने भएको छ ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

श्रीमतीलाई खुसी राख्न कपडा धोइदिनुहोस्

श्रीमतीलाई खुसी राख्न कपडा धोइदिनुहोस्

तपाई आफ्नी पार्टनर या श्रीमतीलाई खुसी राख्न के गर्नु हुन्छ ? नयाँ–नयाँ गिफ्ट या मिठा खानेकुरा ल्याएर फकाउनु हुन्छ होला । तर, अब उनीहरुलाई खुसी राख्न त्यती कष्ट गर्नु पर्दैन । मात्र कपडा धोईदिए पुग्छ । ब्रिटेनमा भएको एक अध्ययनले यस्तो पत्ता लागेको हो ।