बाँस बेचेर विद्यालयलाई सहयोग

  • शनिबार, २३ भदौ, २०७५
  • 5 months ago
  • नेपाल

कञ्चनपुर ।  कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ मा रहेको जनहित महाकाली सामुदायिक वनले बाँस बेचेर विद्यालयलाई सघाउँदै आएको छ । सामुदायिक वनको २४ हेक्टर क्षेत्रफलमा तीन प्रजातिका झण्डै पाँच हजार बढी बाँसका बिरुवा रोपेर हुर्काएको छ । 

 

रोपिएका बाँस बेचेर सामुदायिक वनले वार्षिक रुपमा रु तीन लाखदेखि रु पाँच लाखसम्म आम्दानी गर्दैआएको छ । बाँस बेचेर आएको रकम विद्यालयका निजी स्रोतमा पढाउँदै आएका शिक्षकको तलब, विद्यार्थीलाई छात्रवृत्ति र भौतिक पूर्वाधार निर्माणका लागि खर्चदै आएको छ । 

 

बालकल्याण आधारभूत विद्यालय, कालिका माध्यमिक विद्यालय र उदय सरस्वती माध्यमिक विद्यालयलाई यसवर्ष रु ५० हजारका दरले रकम उपलब्ध गराइएको सामुदायिक वनका सचिव शालिकराम चौधरीले बताए । 

 

छ वर्षदेखि सामुदायिक वनले बाँस बेच्दै आएको छ । “प्रतिवर्ष बाँस बिक्रीबाट आएको रकम विद्यालयकै विकासका लागि खर्चेका छौंँ” सचिव चौधरीले भने, “सामुदायिक वनबाट फर्निचर निर्माण गर्न बाँस बिक्री हुने गरेको छ ।” 

 

तरकारीखेतीका लागि अनुदान 

 

गरीबी न्यूनीकरण गर्नका लागि सामुदायिक वनले काठ र दाउरा बिक्री गरेर आएको रकम परिचालन गरी न्यून आयस्रोत भएका उपभोक्तालाई तरकारी खेतीका लागि अनुदान रकम समेत उपलब्ध गराउँदै आएको छ । 

 

सामुदायिक वनको आम्दानीको २५ प्रतिशत रकम वन हेरालाको तलब, वृक्षरोपण, तारबार मर्मत, झाडी सफाइ र अग्निरेखा निर्माणका लागि छुट्ट्याउने गरेको छ । बाँकी ३५ प्रतिशत रकम उपभोक्ताको गरीबी न्यूनीकरणका लागि खर्चदै आएको छ । 

 

तरकारी खेतीका लागि २५ जना उपभोक्तालाई रु एक लाख बराबरको बीउ, रासायनिक मलखाद र विषादी निःशुल्क रुपमा उपलब्ध गराइएको छ । 

 

प्लास्टिक टनेल बनाउनका लागि सामुदायिक वनबाट रु ५० हजार मूल्य बराबरका बाँस उपलब्ध गराइएको सामुदायिक वनका अध्यक्ष परदेशु डगौराले बताउनुभयो । यसवर्ष ३० जना उपभोक्तालाई बाख्रा, बङ्गुरपालन, किनारा पसल र सिलाइकटाइ पसल सञ्चालनका लागि रु चार लाख पाँच हजार रकम अनुदानस्वरुप उपलब्ध गराएको छ । 

 

हालसम्म ७० जना बढी उपभोक्ताको आयस्रोतमा वृद्धि गर्नका लागि अनुदान रकम उपलब्ध गराई स्वरोजगार बनाइएको सामुदायिक वनका अध्यक्ष डगौराले बताउनुभयो । काठ दाउरा बिक्री गरेर यसवर्ष सामुदायिक वनले रु सात लाख आम्दानी गरेको छ । 

 

पहिला राष्ट्रिय वन हुँदा पूरै वनको आम्दानी वन कार्यालयले लाने गर्दथ्यो अध्यक्ष चौधरीले भने, “वन जोगाएर हुर्काएपछि आम्दानीको उपभोक्ताको हातमा पर्न थालेको छ ।” वनको आम्दानी बढाउनका लागि सामुदायिक वनको पाँच हेक्टर क्षेत्रफलमा उपभोक्ताले कुरिलो खेती गरेका छन् । 

 

डाबर कम्पनीको सहकार्यमा कुरिलो खेती गरिएको छ । उत्पादित कुरिलो कम्पनीले नै खरिद गरेर लैजाने सम्झौतामा उल्लेख गरिएको छ । 

 


थप समाचार

जो १ पैसा लगानी नउठ्दा पनि फिल्म बनाउन छोड्दैनन्

  • 30 minutes ago
जो १ पैसा लगानी नउठ्दा पनि फिल्म बनाउन छोड्दैनन्

'मैले फिल्मको लागि लगानी गर्नुअघि नै बुझेको हुन्छु यो पैसा उठ्दैन भनेर, त्यसैले यसलाई स्वीकार्न मलाई गार्हो हुंदैन ', प्रेम भन्छन्, 'मेलै देखेको छु अरुले बेलामौकामा होलिडे जाने, विभिन्न मनोरञ्जनका ला

यो हो विश्वकै धनी र खतरनाक आतंकवादी संगठन

  • 44 minutes ago
यो हो विश्वकै धनी र खतरनाक आतंकवादी संगठन

अन्तराष्ट्रिय आतंकवादी संगठनहरुले आर्थिक चलखेल कतिमा गर्छन् होला । सबैलाई उत्सुकताको विषय हुनसक्छ । कुनै पनि संगठन पैसाविना चल्दैन । चाहे त्यो घर निर्माण होस् या कुनै पनि सामाग्री किन्न नै किन नहोस् ।

वेद पुराण : के पुर्नजन्म हुन्छ त ?

  • 55 minutes ago
वेद पुराण : के पुर्नजन्म हुन्छ त ?

एजेन्सी । पुर्नजन्म अथवा पुर्वजन्मको कुरा याद आएका घटनाहरू समय समयमा आइरहन्छन् । विज्ञानले यस्तो कूरालाई पुर्ण रूपमा स्वीकार गर्दैन तर वेद पुराणमा मानिसको आत्माको यात्रा निरन्तर चलिरहने कुरा स्पष्ट रू



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

ग्यास्ट्रिक तथा अल्सरसाथै यी समस्याहरूको अचुक औषधी डल्ले खुर्सानी

ग्यास्ट्रिक तथा अल्सरसाथै यी समस्याहरूको अचुक औषधी डल्ले खुर्सानी

एजेन्सी । खानाका परिकारलाई स्वादिष्ट बनाउन खुसार्नीको प्रयोग गर्छौं । त्यसमा नि डल्ले अर्थात अकबरे खुसार्नीलाई विशेष मानिन्छ । डल्ले खुर्सानीको नियमित प्रयोगले ग्यास्टिक तथा अल्सर जस्ता रोगको औषधी समेत हुन्छ ।

विचित्र विश्व

यो हो विश्वकै धनी र खतरनाक आतंकवादी संगठन

यो हो विश्वकै धनी र खतरनाक आतंकवादी संगठन

अन्तराष्ट्रिय आतंकवादी संगठनहरुले आर्थिक चलखेल कतिमा गर्छन् होला । सबैलाई उत्सुकताको विषय हुनसक्छ । कुनै पनि संगठन पैसाविना चल्दैन । चाहे त्यो घर निर्माण होस् या कुनै पनि सामाग्री किन्न नै किन नहोस् । अझ डरलाग्दा घटना घटाउन झन् धेरै खर्च हुन्छ । आतंवादी संगठनमा पनि भारी रकम खर्च हुने गर्छ ।