शिक्षकको परीक्षाका कारण विद्यालय बन्द

  • सोमबार, ८ असोज, २०७५
  • 7 months ago
  • नेपाल

डडेल्धुरा । शिक्षक सेवा आयोगको परीक्षाका कारण जिल्लाका धेरै विद्यालय बन्द गरिएका छन् । 

 

प्रायः सबै शिक्षक परीक्षा दिन जाने भएकाले अधिकांश विद्यालय हप्ता दिनका लागि बन्द गरिएको हो । 

 

उक्त जिल्लाबाट परीक्षा दिने परीक्षार्थीका लागि केन्द्र कैलाली जिल्लालाई तोकिएको र परीक्षार्थी शिक्षक त्यसतर्फ लागेकाले विद्यालय बन्द गर्नुपर्ने बाध्यता आइपरेको सम्बद्ध विद्यालयका प्रधानाध्यापकको भनाइ छ । 

 

जिल्लाका धेरैजसो विद्यालय १५ दिनका लागि र केही विद्यालय एक हप्ताका लागि बन्द गरिएका छन् । 

 

लामो समयदेखि शिक्षक सेवा आयोगको परीक्षा दिन नपाएका शिक्षक र अन्य सर्वसाधारण पनि लोकसेवा आयोगको तयारीमा जुटेका छन् । 

 

गन्यापधुरा गाउँपालिकाका केही विद्यालयमा बर्खे तथा जाडो बिदाबाट कटाउने गरी १५ दिनका लागि विद्यालय बन्द गरिएको उक्त गाउँपालिकाका निमित्त शिक्षा एकाई प्रमुख प्रेमसिंह ऐरले बताए । 

 

उक्त आयोगले माविको यही असोज ११, आधारभूतको १२ र प्राथमिकको परीक्षा १३ गते लिने भएको छ ।

 

जिल्लाको पहाडी भेगमा ४५ दिन हिँउदे बिदा दिइन्छ भने अन्य भित्रीमधेश र केही पहाडी विद्यालयमा वर्षात्को बेला बिदा दिइन्छ । 

 


थप समाचार

प्रधानमन्त्रीकाे हातमा साबेल

  • 3 hours ago
प्रधानमन्त्रीकाे हातमा साबेल

प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय गौरबको आयोजनाको रुपमा रहेको मध्यपहाडी लोकमार्गमा (अप्टिकल फाइवर नेटवर्क) को धादिङको गल्छी गाउँपालिका वडा नं. ४ मासटारमा सोमबार शिलान्यास गर्दै ।

‘मिडियासम्बन्धी विधेयकमा परामर्श नगर्नु गलत’

  • 3 hours ago
‘मिडियासम्बन्धी विधेयकमा परामर्श नगर्नु गलत’

भक्तपुर । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले संसद्मा दर्ता गरिएको मिडिया विधेयक सरोकारवालासँग परामर्श नगरी एकोहोरो रुपमा ल्याउनु गलत भएको बताएका छन् । रफत सञ्चार क्लबमा आज

बन्द विमान कम्पनीको बक्यौता असुल्न समस्या

  • 3 hours ago
बन्द विमान कम्पनीको बक्यौता असुल्न समस्या

काठमाडौँ । सञ्चालनमा नरहेका र टाट पल्टेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विमान कम्पनीको करीब रु. १३ करोड बक्यौता असुल गर्न कानूनी जटिलता देखिएको छ ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

महिनावारीका बेला पेट दुखेमा...

महिनावारीका बेला पेट दुखेमा...

महिनावारीका समयमा महिलामा सामान्य ढाड वा पेट दुख्ने, थकान महसुस हुने आदिजस्ता समस्या हुनुलाई स्वाभाविकै मानिन्छ । तर, कतिपय किशोरीमा सहनै नसक्ने गरी तल्लो पेट दुख्ने गर्छ । यो भने समस्या हो ।