प्रधानमन्त्री स्कट मरिसनको टाउकोमा अण्डा प्रहार, २५ वर्षीया एक युवती पक्राउ

Education Park

काठमाडौं/एजेन्सी । दुई सातापछि अष्ट्रेलियामा आम निर्वाचन हुँदैछ । यसै निर्वाची अभियानमा रहेका प्रधानमन्त्री स्कट मरिसनका टाउकोमा अण्डा प्रहार गरिएको छ । न्यु साउथ वेल्सको अबलरीमा चुनावी अभियानका क्रममा महिलाहरूसँग कुराकानी गरिरहेका समयमा प्रधानमन्त्री मरिसनको टाउकोमा एक युवतीले अण्डा गरेकी हुन् । 

 

प्रधानमन्त्री मरिसनलाई अण्डा प्रहार गर्ने २५ वर्षीया एक युवतीलाई प्रहरीले नियन्त्रणमा लिएको न्यु साउथ वेल्स प्रहरीले जनाएको छ । प्रहरी अधिकारीले अल्बरी काउन्टीको महिला संघको कार्यक्रममा प्रधानमन्त्रीको टाउकोमा अण्डा प्रहार गर्ने महिलालाई नियन्त्रणमा लिएको जनाएको हो । मिडिया मार्फत सार्वजनिक गरिएको भिडियोमा मरिसनलाई प्रहार गरिएको अण्डा नफुटी उछिट्टिएको देखाइएको छ । 

 

मानुस द्वीपका शरणार्थीबारे सरकारी नीतिको विरोधमा आफूले मरिसनमाथि अण्डा प्रहार गरेको युवतीको भनाइ रहेको बताइएको छ । अण्डा प्रहारको शिकार बनेका प्रधानमन्त्री मरिसनले आफूमाथिको यस्तो आक्रमण ‘कायर’ कदम भएको टिप्पणी गरेका छन् । उनले आक्रमण गर्ने युवतीलाई तत्काल नियन्त्रणमा लिएको भन्दै सुरक्षाकर्मीको प्रशंसा समेत गरेका छन् । 

 

अस्ट्रेलियामा यही मे १८ मा आम निर्वाचन हुँदैछ । 


थप समाचार

‘दबंग ३’ मा यी अभिनेत्रीसँग रोमान्स गर्दैछन् सलमान खान

  • 1 hour ago
‘दबंग ३’ मा यी अभिनेत्रीसँग रोमान्स गर्दैछन् सलमान खान

एजेन्सी । फिल्म ‘भारत’ को सफलतासँगै सलमान खान फिल्म ‘दबंग ३’ को तयारीमा जुटिरहेका छन् । उक्त फिल्मको फ्ल्याशब्याक सीनको लागि उनले ७ किलो तौल कम गर्न परेपछि उनी खाली समयमा आफ्नो फिटनेसमा ध्यान दिईरहेका

आँप खानुका फाइदैफाइदा

  • 1 hour ago
आँप खानुका फाइदैफाइदा

एजेन्सी । आँपमा फाइबरका साथै भिटामिन सी पाइने हुनाले शरीरमा कोलेस्ट्रेरोलको लेवल कम गर्न मद्दत गर्छ । साथै मुटु सम्बन्धी समस्याबाट मुक्ति मिल्छ ।

फिल्म ‘साहो’ को शुटिङ सकियो

  • 2 hours ago
फिल्म ‘साहो’ को शुटिङ सकियो

एजेन्सी । बाहुबली स्टार प्रभास १५ अगस्टमा रिलिज हुने फिल्म ‘साहो’ को लागि एकदमै उत्साहित छन् । उनले फिल्म ‘साहो’ सँग सम्बन्धित खबरहरु आफ्नो सामाजिक सञ्जालमा शेयर गरेका हुन्छन् ।



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

आँप खानुका फाइदैफाइदा

आँप खानुका फाइदैफाइदा

एजेन्सी । आँपमा फाइबरका साथै भिटामिन सी पाइने हुनाले शरीरमा कोलेस्ट्रेरोलको लेवल कम गर्न मद्दत गर्छ । साथै मुटु सम्बन्धी समस्याबाट मुक्ति मिल्छ ।