IIMS College

ISMT

HUB Education

अष्ट्रेलियाका प्रधानमन्त्रीले कोरोनाविरुद्ध लड्न कडा कदम चाले

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

सिड्नी । कोरोना भाइरसको महामारी नियन्त्रणको लागि अष्ट्रेलियामा कडा कदम चालिएको छ । आइतबार साँझ क्यानबेरामा एक पत्रकार सम्मेलनको आयोजना गर्दै प्रधानमन्त्री स्टक मोरिसनले पब, क्लब, सिनेमाघर तथा क्यासिनोहरु बन्द गर्ने निर्णय सुनाएका छन् ।

 

मोरिसनले यसलाई कोरोना नियन्त्रण गर्ने ‘पहिलो चरण’ भनेका छन् । उनले मानिसहरुले कोरोनाको संक्रमणबारे थाहा पाएर पनि यसप्रति ध्यान दिएको भन्दै भिडभाड रोक्नको लागि यस्तो निर्णय गर्नुपरेको बताएका छन् । 

 

उनले यसअघि न्यु साउथ वेल्सको एक समुन्द्री तटमा मान्छेहरु रमाइरहेको फोटो हेर्दै ती मानिसहरुलाई कोरोना सम्बन्धि सूचना हेर्नको लागि भनेका छन् । आइतबारको पत्रकार सम्मेलनमा बोल्दै मोरिसनले भनेका छन् ‘जब हामीले सही काम गर्दैनौं तब यसले अरुलाई पनि असर गर्छ । अब हामीले यसविरुद्ध काम अघि बढाउनु परेको छ । हाम्रो निर्णय मानिसहरुको जीवन रक्षाको लागि हो ।’

 

उनले सोमबार अपरान्हपछि दर्ता भएका तथा अनुमतिपत्र भएका लगायत सबै क्लब तथा पबहरु जबर्जस्ती बन्द गराउने बताएका छन् । उनले रेष्टुरेन्ट तथा क्याफेहरुले अनलाइन डेलिभरीमात्रै गर्न पाउने बताएका छन् । 

 

त्यस्तै, प्रार्थनास्थल बन्द रहने तथा अन्त्यष्टीस्थलमा समेत कम्तीमा चार मिटरको दूरी कायम गरिनुपर्ने बताएका छन् । 

 

अष्ट्रेलियामा हालसम्म १ हजार २ सय ८६ जनामा कोरोनाको संक्रमण देखिएको छ भने ७ जनाको मृत्यु भइरसकेको छ ।

 


थप समाचार

लता मंगेशकरद्वारा कोरोना रोक्न भारु २५ लाख सहयोग

  • 8 minutes ago
लता मंगेशकरद्वारा कोरोना रोक्न भारु २५ लाख सहयोग

एजेन्सी । भारतका प्रख्यात गायिका लता मंगेशकरले विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसको सङक्रमण रोक्नको लागि महाराष्ट्रको मुख्यमन्त्रीको राहत कोषमा २५ लाख सहयोग गर्ने बताएकी छिन् । कोरोन

मङ्गलबार काठमाडौँमा जे देखियो (फोटोफिचर)

  • 15 minutes ago
मङ्गलबार काठमाडौँमा जे देखियो (फोटोफिचर)

काठमाडौँ । कोरोना भाइरस (कोभिड– १९)को संक्रमण रोक्नको लागि सरकारले ‘लकडाउन’को अवधि बढाएको छ । यसक्रममा काठमाडौँ उपत्यकाका धेरै सर्वसाधरणहरु घरभित्रै बसिरहेका छन् । तर, केही भने अत्यावसेक कामको कारण बा

कोरोना फैलिएमा स्वास्थ्यकर्मीलाई सुविधासम्पन्न होटलमा राखिने

  • 35 minutes ago
कोरोना फैलिएमा स्वास्थ्यकर्मीलाई सुविधासम्पन्न होटलमा राखिने

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ फैलिएमा त्यसको उपचार र नियन्त्रणमा खटिने चिकित्सक र स्वास्थ्यकर्मीलाई सुविधासम्पन्न अस्पताल वा होटेलमा राख्ने तयारी गरेको छ । स्वास्थ्य



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

सास गन्हाउने समस्या छ भने...

सास गन्हाउने समस्या छ भने...

अधिकांश मानिस निहान एक पटक मात्रै दाँत माझ्ने गर्छन् । कम्तिमा दिनमा दुई पटक दाँत माझ्नुपर्छ । विहाने उठेपछि र राति सुत्नुअघि दाँत माझ्ने गरियो भने सास गन्हाउने समस्या हल हुन्छ ।

विचित्र विश्व

हरेक दिन डेढ लिटर कफी पिउने बालिका

हरेक दिन डेढ लिटर कफी पिउने बालिका

एजेन्सी । सामान्यतया ५ वर्षभन्दा मुनिका बच्चाहरुलाई कफी पिउन मनाही गरिन्छ । तर इन्डोनेशियामा एक बालिका रहेकी छिन्, जसले हरेक दिन १.५ लिटर कफि पिउने गर्छिन् । अचम्मको कुरा के रहेको छ भने, बालिका अहिले भर्खर १७ महिना पुगेकी छिन् र यति मात्रामा कफी पिउँदा पनि उनी स्वस्थ रहेकी छिन् ।