सन्ताउन्न जिल्लामा स्क्रब टाइफस, सत्ताइस जिल्लामा डेंगु

काठमाडौं । देशका विभिन्न जिल्लामा डेंगु र स्क्रब टाइफस रोगको सङ्क्रमण फेला परेको छ । सन्ताउन्न जिल्लामा स्क्रब टाइफस र २७ जिल्लामा डेंगु देखिएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ । 

 

महाशाखाका अनुसार सन् २०१८ को जनावरीदेखि अक्टोबरसम्मको तथ्याङ्कमा २७ जिल्लाका २२९ जनामा डेंगु रोग फेला परेको छ । उक्त अवधिमा ७७० जनामा स्क्रब टाइफसको सङ्क्रमण भएको पाइएको छ । 

 

एक वर्षको अन्तरालमा मकवानपुरका एक जना बिरामीको डेंगुबाट मृत्यु भएको छ भने स्क्रबटाइफसबाट गुल्मीका एकको मृत्यु भएको महाशाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक घनश्याम पोखरेलले जानकारी दिए । 

 

नेपालमा सबैभन्दा बढी कास्की जिल्लामा मात्रै १ सय ९ जनामा डेंगुको सङ्क्रमण भेटिएको पोखरेलले जानकारी दिनुभयो । विभिन्न जिल्लाबाट हालसम्म महाशाखामा प्राप्त प्रतिवेदनअनुसार कर्णाली प्रदेशबाहेक अरु ६ वटै प्रदेशमा डेंगु देखिएको छ । डेंगु नियन्त्रणका लागि अहिले ‘खोज र नष्ट गर’ अभियानलाई तीव्रता दिइएको छ । 

 

प्राप्त विवरणअनुसार प्रदेश नं १ को झापा र सुनसरीमा चार, प्रदेश नं २ को महोत्तरी र पर्सामा तीन, प्रदेश नं ३ को चितवनमा १३ र काठमाडौँमा १० जना तथा दोलखा, मकवानपुर, धादिङ, र काभ्रेमा गरेर १३ जना, गण्डकी प्रदेशको कास्कीमा १ सय ९ तथा तनहुँ, गोरखा, बाग्लुङ, म्याग्दीमा पाँच, प्रदेश नं ५ को रुपन्देहीसहित विभिन्न जिल्लामा गरेर ४५ र प्रदेश नं ७ मा २७ जनामा डेंगु देखिएको छ । 

 

‘पोखरामा केही बढी सङ्क्रमण भए पनि लगभग अहिले डेंगु नियन्त्रणमै छ’, पोखरेलले भने, ‘अहिले धेरै क्षेत्रमा डेंगु सार्ने लामखुट्टेका लार्भा खोजेर नष्ट गर्ने अभियानलाई तीव्रता दिएका छौँ ।’

 

लामखुट्टे भाँडोमा जमेको सफा पानी बसेर फुल पार्ने र बच्चा हुर्काउने भएकाले एक मात्रै प्रभावकारी माध्यम नै खोजेर नष्ट गर्ने रहेको महाशाखाले जनाएको छ । 

 

पोखरेलसहित डा प्रकाश शाह र अमर दवाडीको टोलीले कास्कीलगायत विभिन्न जिल्ला पुगेर सचेतनामूलक कार्यक्रमसहित प्रशिक्षण र समुदायको सहकार्यमा नष्ट गर्ने अभियान चलाएको छ । 

 

यसले अहिले सङ्क्रमण दरमा न्यूनीकरण हुँदै गएकाले जाडो बढ्दै जाँदा अब डेंगु घट्ने इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका जनस्वास्थ्य प्रशासक शम्भुप्रसाद ज्ञवालीले बताए । 

 

गमला टायर, ट्युब, फुटेका भाँडा, टिन बाकस, तथा पानीट्याङ्की, कुलर फ्रिजको पछाडि पानी जम्ने भाग सफा गर्नसके र त्यस्तो ठाउँमा पानी जम्न नदिए डेंगुका लामखुट्टे नआउने हुँदा रोग सहजी न्यूनीकरण हुने उनी बताउँछन् । 

 

महाशाखाका अनुसार अहिले आवश्यक मात्रामा डेंगु परीक्षणको किटसमेत रोग देखिएका जिल्लामा पठाइएको छ । कास्कीमा मात्रै २०० किट पठाइएको छ । अन्य जिल्लामा समेत किट पठाइएको र आवश्यक किट जगेडामा समेत रहेको महाशाखाले जानकारी दिएको छ ।


थप समाचार

के बेवास्तामा परेकै हो त बिजिडब्लुएस ?

  • 2 hours ago
के बेवास्तामा परेकै हो त बिजिडब्लुएस ?

लण्डनस्थित नेपाली दूतावास र राजदूत डा दुर्गाबहादुर सुवेदीले समेत अरु गोर्खा संगठनलाई काखा र बिजिडब्लुएसलाई पाखा गरेको आरोप अध्यक्ष देवानले लगाएका छन् ।

वैज्ञानिक आविस्कारसँगै चर्चामा आएका पाँच महिलाहरु

  • 2 hours ago
वैज्ञानिक आविस्कारसँगै चर्चामा आएका पाँच महिलाहरु

संसारमा केही त्यस्ता महिलाहरु छन् जो आफ्नो सफतला र प्रभावको कारण सर्वप्रख्यात छन् । त्यस्ता महिलाहरुको प्रसंगमा पाँच महिला सधै अग्रणी स्थानमा आउँछन् जसले आफुलाई विज्ञानको क्षेत्रमा शोध र प्रयोगमा मात्

विश्वकै शक्तिशाली नेताहरु जसले गरेका छन् पिएचडी

  • 3 hours ago
विश्वकै शक्तिशाली नेताहरु जसले गरेका छन् पिएचडी

विश्वका धेरै प्रख्यात नेताहरुले आफ्नो देशको कार्यकारी पदमा रहेर आफुलाई प्रमाणित त गरे नै त्यसबाहेक उनीहरुले विश्वविद्यालयमा पनि आफुलाई अब्बल साबित गराउन सफल रहे ।



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

विश्वकै शक्तिशाली नेताहरु जसले गरेका छन् पिएचडी

विश्वकै शक्तिशाली नेताहरु जसले गरेका छन् पिएचडी

विश्वका धेरै प्रख्यात नेताहरुले आफ्नो देशको कार्यकारी पदमा रहेर आफुलाई प्रमाणित त गरे नै त्यसबाहेक उनीहरुले विश्वविद्यालयमा पनि आफुलाई अब्बल साबित गराउन सफल रहे ।

विचित्र विश्व

ब्याचलर पास हुनुहुन्छ - करिअर बनाउन चाहनेका लागि यी हुन् उत्कृष्ट देशहरु

ब्याचलर पास हुनुहुन्छ - करिअर बनाउन चाहनेका लागि यी हुन् उत्कृष्ट देशहरु

यो भन्न अब निकै कठिन भइसकेको छ कि ग्रयाजुएसन पश्चात राम्रो जागिरको ग्यारेण्टी हुन्छ भनेर । सन् २०२० सम्ममा ४० मिलियन कलेजका शिक्षित कामदारहरु ग्लोबल इकोनोमीमा हुने द मिकिन्से ग्लोबल इन्सिटुटले अनुमान गरेको छ ।