साउथ ईस्ट तमुधिंले अगस्ट १८ मा च्यारिटी कार्यक्रम गर्ने

  • बुधबार, २७ आषाढ, २०७५
  • 7 months ago
  • युके

सुमलकुमार गुरुङ, लण्डन । आउंदो अगस्ट महिनाको १८ तारिखका दिन साउथ ईस्ट क्षेत्रीय तमुधिं लण्डनले एक बृहत च्यारिटी कार्यक्रम आयोजना गर्ने भएको छ । 

 

वुल्वीचस्थित अर्टिलरी फुटबल मैदानमा बिहान १० बजेदेखि सांझ ८ बजेसम्म विभिन्न खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रमहरुसहित उक्त कार्यक्रम गरिन लागेको अध्यक्ष श्रीचन्द्र गुरुङले जनाएका छन् । 

 

यस कार्यक्रममा सहभागिताको लागि वयस्कलाई २५ पाउण्ड  तथा बालबालिकाहरूको लागि १० पाउण्ड शुल्क तय गरिएको छ । ६वर्ष भन्दा मुनिकालाई भने निशुल्क प्रवेश दिइने जानकारी आयोजक कमिटीले दिएको छ ।

 

कार्यक्रममा प्रवेश शुल्क बुझाएपछि सहभागीहरुका लागि दिनभर नै बारबीक्यू लगायत अन्य नेपाली परिकारका खाना तथा पेय पदार्थ खान, पिउन र मनोरन्जनात्मक खेलकुदमा सहभागी हुन अरु कुनै शुल्क नलाग्ने बताइएको छ । 

 

कार्यक्रमबाट उठेको रकम संस्थाले किनेको भवनको ऋण तिर्ने, यस क्षेत्रमा डायमन्ड बुद्धिस्ट सेन्टरद्वारा बौद्ध गुम्बा निर्माण गर्ने अभियानलाई सहयोग गर्ने र रोयल नेपालीज ग्रिनविच सोसाईटीद्वारा सञ्चालन हुंदै आएको  नेपाली पठनपाठन कक्षाका लागि आर्थिक सहयोग दिने संस्थाका अध्यक्ष श्रीचन्द्र गुरुङले बताएका छन् ।

 

संस्थाका अध्यक्ष श्रीचन्द्र गुरुङको नेतृत्वमा  संस्थाको उद्धेश्य अनुरुप धेरै उदहारणीय कार्यहरू हुंदै आएका छन् । बहुप्रत्तिक्षित संस्थाको भवन खरिद प्रोजेक्टपश्चात द्रुत गतिमा च्यारिटीका कार्यक्रमहरू गरेर भवनलाई ऋण मुक्त गर्ने दिशातर्फ संस्था अघि बढेको छ  ।

 


थप समाचार

रेडियोले जोड्यो ‘मित–मितिनी’ सम्बन्ध !

  • 12 minutes ago
रेडियोले जोड्यो ‘मित–मितिनी’ सम्बन्ध !

बाँके । श्याम गिरी, उनलाई धेरैले रेडियोप्रेमी भनेर चिन्छन् । रेडियोका सबैजसो फोन संवाद कार्यक्रममा उहाँ संवाद गर्न भ्याइहाल्थे । आफ्नो परिचय दिने क्रममा नामको अन्तिममा ‘रेडियोप्रमी वान’ जोडिहाल्ने ४८

विद्युतीय शवदाह गृहमा शवको चाप

  • 19 minutes ago
विद्युतीय शवदाह गृहमा शवको चाप

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषमा रहेको विद्युतीय शवदाह गृहमा शवको चाप अत्याधिक बढेको छ । चाप बढेपछि भ्याईनभ्याई भएको छ । शवदाह गृहमा उपलब्ध मेसिनरी सामानको अभावका कारण त्यहाँ आएका सबै शव विद्युती

मलेसियाको कलिङ भिसा सकियोः बेरोजगार युवाको २५ करोड डुब्ने अवस्थामा

  • 22 minutes ago
मलेसियाको कलिङ भिसा सकियोः बेरोजगार युवाको २५ करोड डुब्ने अवस्थामा

काठमाडौं । नेपाल र मलेसियाको सरकारबीच कामदार लैजाने प्रक्रियाको भेन्डरमा देखिएको विवाद समाधान नहुँदा गरिब नेपालीको करिब २५ करोड रुपैयाँ डुब्ने अवस्थामा पुगेको छ।



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

ध्यान गर्दा यस्तो अचम्मको फाइदा !

ध्यान गर्दा यस्तो अचम्मको फाइदा !

ध्यान गरेरै मनमा हुने अनेक अशान्तिबाट टाढा रहन सकिन्छ । ध्यान गर्दा मन एकाग्र हुने भएकाले बाहिरी कामबाट हुने भय, डर, चिन्तालाई हटाउन सकिन्छ । त्यस्तै आफूमा धैर्यताको विकास गर्न ध्यान गर्न आवश्यक छ ।

विचित्र विश्व

यी कार्यहरु गरेपछि अवश्य नुहाउनुहोस्

यी कार्यहरु गरेपछि अवश्य नुहाउनुहोस्

काठमाडौँ । हिन्दु शास्त्रमा नुहाउनु बाहेक हात खुट्टा धुने समयबारे पनि महत्वका साथ प्रस्ट्याइएको छ । शास्त्रका अनुसार घर पुगेपछि मानिसले जहिले पनि हात खुट्टा धुनुपर्छ । भोजन ग्रहण गर्नुपुर्व र यस पछाडि हात खुट्टा धुनुपर्छ ।