Techie IT
२०८१ वैशाख ११, मंगलबार
NepaliPatra logo
गृहपृष्ठखेलयसरी रोहित शर्मा बने ‘हिटम्यान’

यसरी रोहित शर्मा बने ‘हिटम्यान’


एजेन्सी । अन्तर्राष्ट्रिय क्रिकेटमा हालका विस्फोटक ओपनिङ ब्याट्सम्यानको सूची तयार गर्दा रोहित शर्माको नाम शीर्षमा आउँछ । सन् २०११ को विश्वकपसम्म अज्ञात ब्याट्सम्यानको रुपमा रहेका रोहित सन् २०१३ मा भएको च्याम्पियन्स ट्रफीमा एकाएक चर्चामा आए ।

रोहितलाई ओपनरको रूपमा मैदानमा उतार्ने एमएस धोनीको निर्णय ऐतिहासिक साबित भयो, जसले रोहितको करियर र भारतीय क्रिकेटको भविष्य दुवै उज्यालो बनायो ।

रोहित शर्माको जन्म ३० अप्रिल १९८७ मा बांसोड, नागपुर, महाराष्ट्रमा भएको थियो । रोहितकी आमाको नाम पूर्णिमा शर्मा हो र उनी आन्ध्र प्रदेशको विशाखापट्टनमकी हुन् । उनको बुवाको नाम गुरुनाथ शर्मा हो ।

रोहितका बुबा एक यातायात स्टोर हाउसमा केयरटेकरको रूपमा काम गर्थे । आफ्नो बुबाको कम आम्दानीको कारण, रोहितलाई बोरिवलीमा उनका हजुरबा हजुरआमाले हुर्काए । रोहित बिदाको दिन मात्रै आमाबुवालाई भेट्ने गर्थे ।

रोहित सन् १९९९ मा पहिलो पटक क्रिकेट क्याम्पमा सामेल भएका थिए । क्याम्पमा, रोहितका प्रशिक्षक दिनेश लाडले उनलाई स्कुल परिवर्तन गर्न सल्लाह दिए, ताकि उनले आफ्नो क्रिकेटमा राम्रो ध्यान दिन सकून् । तर, रोहितको परिवारसँग पैसा थिएन, त्यसैले दिनेश लाडले उनलाई छात्रवृत्ति दिए ।

रोहितले अफ स्पिनरको रूपमा आफ्नो करियर सुरु गरे र उनी थोरैमात्रै ब्याटिङ गर्न सक्थे । यद्यपि, चाँडै नै उनका प्रशिक्षक दिनेश लाडले रोहितको ब्याटिङ प्रतिभालाई चिने र उनलाई सिधै आठ नम्बरबाट सिधै इनिङ्स सुरु गर्न पठाए । रोहितले स्कूल टूर्नामेंटमा राम्रो प्रदर्शन गरे र ओपनरको रूपमा आफ्नो डेब्यु खेलमा शतक बनाए ।

रोहित शर्माले २००५ मा देवधर ट्रफीमा पश्चिम क्षेत्रका लागि आफ्नो लिस्ट–ए डेब्यू गरे । सोही प्रतियोगितामा नर्थ जोनविरुद्ध रोहितले १२३ बलमा १४२ रनको उत्कृष्ट इनिङ खेले र पहिलो पटक चर्चामा आए । हिटम्यानले सन् २००६ मा न्युजिल्याण्ड ए विरुद्ध भारत ए को लागि डेब्यु गरेका थिए ।

यस खेलमा रोहितले ५७ र २२ रनको उत्कृष्ट पारी खेले । रणजी क्रिकेटमा रोहितको पहिलो प्रवेश सन् २००६–०७ मा मुम्बईबाट भएको थियो । गुजरातविरुद्ध रोहितले २६७ बलमा २०५ रनको उत्कृष्ट इनिङ खेल्दै आफ्नो क्षमताको उदाहरण प्रस्तुत गरेका थिए ।

रोहित शर्माले २३ जुन २००७ मा पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेटमा प्रवेश गरेका थिए । तर, हिटम्यानले यो खेलमा ब्याटिङ गर्ने मौका पाएनन् । रोहितले यसै वर्ष सेप्टेम्बरमा इङ्ल्यान्डविरुद्ध टी–२० डेब्यु गरेका थिए । रोहितले टेस्ट डेब्यूका लागि लामो समय कुर्नुपरेको थियो र ६ वर्षपछि अर्थात् २०१३ मा रोहित पहिलो पटक सेतो जर्सी लगाएर मैदानमा आएका थिए ।

रोहित शर्माले आफ्नो अन्तर्राष्ट्रिय करियर सुरु गर्दा ब्याटिङ अर्डरमा फिनिशरको भूमिका खेल्थे । सन् २००७ को टी–२० विश्वकपमा पनि उनी यही भूमिकामा देखिएका थिए । तर, सन् २०१३ मा इंग्ल्यान्डको भूमिमा खेलिएको च्याम्पियन्स ट्रफीमा एमएस धोनीको एक निर्णयले रोहितको करियर नै बदलियो ।

यस खेलमा धोनीले रोहितलाई ओपनिङ ब्याट्सम्यानको रूपमा मैदानमा उतारेका थिए र त्यसपछि हिटम्यानले पछाडि फर्केर हेरेनन् । त्यस दिन धोनीले रोहितलाई ब्याटिङ अर्डरमा प्रमोट नगरेको भए सायद विश्व क्रिकेटले हिटम्यान पाउने थिएन ।

रोहितले भारतका लागि अहिलेसम्म कुल ४६१ अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन् । रोहितले ५२ टेस्ट खेलमा ४६।५४ को औसतमा कुल ३,६७७ रन बनाएका छन् । यस अवधिमा उनले १० शतक र १६ अर्धशतक बनाएका छन् ।

योसँगै रोहितले २६१ एकदिवसीय खेलमा ४९.१३ को औसतमा ३१ शतक र ५५ अर्धशतक प्रहार गर्दै कुल १०,६६२ रन बनाएका छन् । टी–२० ढाँचामा, वर्तमान भारतीय कप्तानले १४८ खेल खेलेका छन् र १३९ को स्ट्राइक रेटमा ३,८५३ रन बनाएका छन् । रोहितले हालसालैको अवधिमा अन्तर्राष्ट्रिय स्तरमा ४ शतक र २९ अर्धशतक बनाएका छन् ।

रोहितका रेकर्डहरु
एकदिवसीय क्रिकेटको एक इनिङ्समा सर्वाधिक रन बनाउने कीर्तिमान रोहित शर्माको नाममा छ । रोहितले सन् २०१४ मा श्रीलंकाविरुद्ध २६४ रनको यादगार इनिङ खेलेका थिए । रोहित एकदिवसीय क्रिकेटमा तीन दोहोरो शतक बनाउने विश्वका एक मात्र ब्याट्सम्यान हुन् ।

रोहित एकदिवसीय विश्वकपको एउटै सिजनमा पाँच शतक प्रहार गर्ने एकमात्र ब्याट्सम्यान हुन् । रोहित भारतका लागि एकदिवसीय क्रिकेटमा सर्वाधिक शतक प्रहार गर्ने तेस्रो स्थानमा छन् ।

रोहित अन्तर्राष्ट्रिय क्रिकेटमा ४०० छक्का प्रहार गर्ने विश्वकै पहिलो खेलाडी हुन् । टी–२० अन्तर्राष्ट्रियमा सर्वाधिक रन बनाउनेमा रोहित विराट कोहलीभन्दा मात्र पछि छन् । भारतका लागि अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउनेमा हिटम्यान छैटौं स्थानमा छन् ।

यी अवार्डबाट सम्मानित छन् रोहित
रोहित शर्मालाई सन् २०१९ मा राजीव गान्धी खेल रत्न अवार्डबाट सम्मानित गरिएको थियो । २०१५ मा, वर्तमान भारतीय कप्तान शर्मालाई अर्जुन पुरस्कारबाट सम्मानित गरिएको थियो । सन् २०२० मा रोहितलाई पद्मश्री अवार्डबाट पनि सम्मानित गरिएको थियो ।

सन् २०२० मा आईसीसीले रोहितलाई ओडीआई प्लेयर अफ द इयरको अवार्ड पनि दिएको थियो । यससँगै बीसीसीआईले रोहितलाई २०१० देखि २०२० सम्मको दशकको उत्कृष्ट खेलाडीको रूपमा चयन गरेको थियो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपाल भ्रमणमा आउने वेस्ट इन्डिज ‘ए’ टिमको घोषणा

काठमाडौँ । नेपाल भ्रमणमा आउने वेस्ट इन्डिज ‘ए’ टिमको घोषणा भएको छ । वेस्ट इन्डिज क्रिकेट बोर्डले ३२ वर्षीय रोस्टन

एसीसी प्रिमियर कपकाे सेमिफाइनलमा नेपाल यूएईसँग ६ विकेटले पराजित

काठमाडाैँ । एसीसी प्रिमियर कप क्रिकेटकाे सेमिफाइनलमा नेपाल यूएईसँग पराजित भएकाे छ । आज भएकाे खेलमा यूएईले नेपाललाई ६ विकेटले

एसीसी प्रिमियर कपमा यूएईसँग टस हारेपछि ब्याटिङ गर्दै नेपाल

काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले टस हार्दै ब्याटिङ गरेको छ । ओमानको अल अमिरातमा यूएईका कप्तानले बलिङ

एसीसी प्रिमियर कपमा नेपाल र युएई भिड्दै

काठमाडौँ । ओमानमा जारी एसिसि प्रिमियर कपअन्तर्गत आज सेमिफाइनल हुँदैछ । जसअन्तर्गत नेपाल र युएईबीच प्रतिष्पर्धा हुँदैछ । दुई देश

एन्फा उपाध्यक्ष दावा लामा छुटे

काठमाडौँ । लागू औषध मुद्दामा फरार रहेको भन्दै पक्राउ परेका अखिल नेपाल फुटबल संघ (एन्फा) उपाध्यक्ष दावा लामा छुटेका छन्

अपराजित रहँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

काठमाडौँ । नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ । साउदी अरेवियालाई ६ विकेटले हराउँदै नेपालले सेमिफाइनलमा स्थान बनाएको

Techie IT