IIMS College

ISMT

HUB Education

सिथोसको आर्टिफिसियल इन्टिलिजेन्स सेवा नेपालमा पनि

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौँ । सूचना प्रविधि क्षेत्रमा काम गर्दै आएको अमेरिकी कम्पनी सिथोसले नेपालमा पनि सेवा विस्तार गर्ने भएको छ । अमेरिकामा केन्द्रीय कार्यालय रहेको सिथोसले भारतमा पनि सेवा प्रदान गर्दै आएको छ ।

 

नेपालको बैंकिङ क्षेत्र मार्फत सूचना प्रविधि तथा आर्टिफिसियल इन्टिलिजेन्स (एआई) को सेवा प्रदान गर्ने गरी नेपाल भित्रिएको शुक्रबार एक कार्यक्रमबीच घोषणा गरिएको हो । कार्यक्रममा सिथोस अमेरिकाका अध्यक्ष खगेन्द्र जिसीले आर्टिफिसियल इन्टिलिजेन्स नेपालमा ज्यादै आवश्वक भएकाले सिथोस नेपाल प्रवेश गरेको बताए ।

 

नेपालको बैंकिगं प्रणालीमा रिस्क मेनेजमेण्ट, ह्याकिंग लगायतका समस्या न्युनीकरणमा सिथोसको एआई प्रणालीले सहयोग पुर्‍याउने विश्वास जिसीको छ । कम्पनीले बैंकिङ क्षेत्रमा आर्टिफिसियल इन्टिलिजेन्स मार्फत ग्राहकलाई सेवा प्रदान गर्दछ । 

 

त्यसका साथै कर्जाको भ्यालुएसन र कर्जा दिन मिल्ने रकमलाइ समेत गणना गरी छिटो छरीतो र प्रभावकारी सेवा प्रदान गर्दछ । सिथोसले बैकिङ क्षेत्रको नियमन, परिपालना तथा सम्भावीत ठगीलाइ पहिचान तथा नियन्त्रण गर्ने प्रविधिक सेवा प्रदान गर्ने सिथोस नेपालका अध्यक्ष दक्ष पौडेल सुवासले जानकारी दिए । 

 

उनले भने, ‘सिथोसले बैंकिङ क्षेत्रमा मात्र नभई आर्टिफिसियल इन्टिलिजेन्सले धेरै क्षेत्रको व्यवसाय व्यवस्थापनलाई सरल र सहज बनाइदिने छ, यसले नेपालको बैंकिङ क्षेत्रको प्राविधिक पक्षलाई पनि झनै मजबुत र अझै सरल बनाउन सहयोग गर्नेछ ।’

 

पौडेलका अनुसार सिथोसले विकास गर्ने एआई बैंकिङ, बिमा, रियलस्टेट, हस्पिटालिटी लगायत विविध क्षेत्र तथा व्यापार व्यवसायमा प्रयोग गरेर खर्च कम गरी आम्दानी बढाउन सकिन्छ । आगामी दिनमा सिथोसले नेपालको सहकारी क्षेत्रमा पनि यो सेवा बिस्तार गर्ने पौडेलले बताए ।

 

सिथोसले मार्केट रिसर्चका साथै सेन्टीमेन्ट एनालिसिस, जोखिम व्यवस्थापना, लगानी प्रक्षेपण लगायतका सेवाहरु प्रविधिको मद्दत मार्फत् प्रदान गर्न सकिने एआइको विकास गरेको छ ।

 

सिथोसको एआई सेवा लिने तथा दिने दुबैलाइ प्रविधिको प्रयोग मार्फत सहज, सरल र प्रभावकारी क्रियाकलापका लागि मद्दत गर्छ । यसले औठा छाप, आवाज, तस्वीर, सन्देश, फोन मार्फत सम्बन्धित व्यक्तिको पहिचान गरी कारोबार गर्नमा सहज गराउने कम्पनीले जनाएको छ । 

 

सिथोसले कर्मचारीको उत्पादकत्व बढाउनुका साथै संस्थागत खर्चमा कमी ल्याइ सेवा प्रदान गर्न मुख्य भूमिका निर्वाह गर्ने सिथोस नेपालका विज्ञ के.एन. मिश्राको भनाई छ ।


थप समाचार

सलमान खानमाथि ऐश्वर्या यस्ताखाले आरोपसम्म लगाएकी थिइन्

  • 13 hours ago
सलमान खानमाथि ऐश्वर्या यस्ताखाले आरोपसम्म लगाएकी थिइन्

एजेन्सी । बलिउडमा सबैभन्दा चर्चित लभ अफेयर सलमान खान र ऐश्वर्या रायको रह्यो । आज पनि आफ्नो आफ्नो जीवन बिताइरहेका यी दुईको किस्सा पनि उत्तिकै चर्चामा रहेको छ । फिल्म हम दिल दे चुके सनम फिल्मबाट सुरु भए

'नेपाल सरकारको सङ्कल्प साकार पार्न बंगलादेशले हरसम्भव सहयोग गर्ने'

  • 13 hours ago
'नेपाल सरकारको सङ्कल्प साकार पार्न बंगलादेशले हरसम्भव सहयोग गर्ने'

काठमाडौँ । बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदसँग उपराष्ट्रपति नन्दबहादुर पुनले आज अपराह्न शिष्टाचार भेट गरेका छन् । त्यस अवसरमा उनीहरूबीच नेपाल–बङ्गलादेश सम्बन्धका साथै आपसी हित र चासोका विविध

जाडो समयमा घुम्न जाने नेपालका विशेष ठाउँहरु

  • 13 hours ago
जाडो समयमा घुम्न जाने नेपालका विशेष ठाउँहरु

काठमाडौँ । विस्तारै चिसो मौसम पनि सुरु हुँदैछ । यस मौसममा मानिसहरु नयाँ नयाँ ठाउँमा घुम्न रुचाउँछन् ।



प्रेम र यौन

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजि र गोप्य रुपमा राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

तीन वटा सुन्तलामा भन्दा १ वटा अमलामा धेरै भिटामिन पाइन्छ ?

तीन वटा सुन्तलामा भन्दा १ वटा अमलामा धेरै भिटामिन पाइन्छ ?

अहिले अमलाको सिजन पनि सुरु हुँदैछ । अमलामा भिटामिन सी प्रसस्त पाइन्छ । अमला त्रिफलाको ३ औषधिमध्ये एक गुणी जडिबुटीमा पर्छ । भिटामिनको राम्रो स्रोत भएकै कारण अमलालाई हिन्दू धर्ममा पनि पूजनीय फलको रुपमा राखिन्छ ।

विचित्र विश्व

विश्वका चर्चित कारगारहरु !

विश्वका चर्चित कारगारहरु !

एजेन्सी । विश्वमा हरेक देशहरुमा कारागार हुने गर्दछ जसमा सजाय पाएका कैदीहरुलाई राख्ने गरिन्छ । विश्वका थुपै्र कारागारहरुका आफ्नै विशेषताहरु हुने गर्दछन् । यसका साथै ती कारागारहरुलाई लिएर रोचक प्रसंगहरु पनि बाहिर आइनैरहन्छन् । यसै सन्दर्भमा विश्वका केही चर्चित कारागारहरुको बारेमा चर्चा गरौँ ।