IIMS College

ISMT

HUB Education

जागीरभन्दा ब्युटी पार्लरबाट राम्रो कमाइ

सांकेतिक तस्वीर
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

डडेल्धुरा । अधिकांश पढेलेखेका युवायुवतीको उद्देश्य हुन्छ, जागीर । आजभोलि पढेलेखेका व्यक्ति प्रायः जागीरको लागि भौँतारिरहेका हुन्छन् । गैरसरकारी संस्थामा जागिर गर्नेको त लहड नै चलिरहेको छ । तर, कतिपय व्यक्ति यस्ता पनि छन् जो जागीर छोडेर कुनै न कुनै व्यवसायमा रमाइरहेका हुन्छन् । त्यसैको उदाहरण हुन्, कान्ति जोशी ।

 

उनी विगत एक वर्षदेखि डडेल्धुरा सदरमुकामको तुफानडाँडामा ब्युटी पार्लर व्यवसाय गर्दै आइरहेकी छन् । आफ्नो व्यवसायबाट आफू सन्तुष्ट भएको उनी बताउँछिन् । उनी दैनिक दुई हजार रुपैयाँभन्दा बढी आम्दानी गर्छिन् । उनको घरखर्च कटाएर मासिक रु. ३० हजारभन्दा बढी बचत हुन्छ । ‘महिनाको यति नै कमाइ हुन्छ भन्ने त छैन तर पनि, मैले मासिक २५ देखि ३० हजारसम्म बचत गर्ने गरेकी छु’, उनले भनिन्, ‘घरायसी खर्च पनि यसैबाट चलाएकी छु । बच्चाहरूको स्कुल खर्च पनि धानेकी छु ।’

 

श्रीमानको प्रेरणाले आफूले यो व्यवसायमा उनले बताइन् । व्यवसाय शुरु गर्नुभन्दा पहिले उनले एनजिओ/आइएजिओमा काम गरेकी थिइन् । जोशीले भनिन्, ‘पछि साथीहरुले प्रेरणा दिनुभयो । त्यसमाथि पनि मेरो श्रीमान् र परिवारका सदस्यहरुको महत्वपूर्ण भूमिका रह्यो ।’ परिवारका सदस्य र श्रीमान्ले एनजिओको जागीरले केही पनि हुँदैन भनेपछि आफूले यो व्यवसायमा हात हालेको स्मरण उनी सुनाउँछिन् । 

 

गैससको जागीर र व्यवसायमा फरक भएको उनको बुझाइ छ । ‘जागीर र व्यवसायमा आकाश र जमीनको फरक छ’, उनले भनिन्, ‘जागीर गर्दा १५/२० हजारका लागि महिनौं कुर्नुपर्छ तर, व्यवसाय गर्दा ५/६ हजार एकदिनमै कमाउन सकिन्छ ।’ उनले थपिन्, ‘व्यापार र जागीरमा धेरै फरक छ । व्यापार गर्दै जाने हो भने जागीर त सामान्य झै लाग्छ ।’ आफूलाई आजभोलि व्यापार गर्दै जाँदा जागीर गर्नु समय खेर फाल्नु जस्तै लाग्न थालेको उनी सुनाउँछिन् । उनले ब्युटि पार्लरका लागि सामानहरु धनगढी, काठमाडौं र भारतको राजधानी नयाँ दिल्लीबाट ल्याउने गरेकी छन् ।

 

व्यापार गर्दा महिलामाथि धेरै चुनौतीहरु रहेको उनको ठम्याइ छ । ‘महिलालाई बाहिर हिड्न पनि समस्या हुन्छ, पुरुषहरुले त्यसै पनि हेप्न खोजिरहेका हुन्छन्’, उनले भनिन्, ‘आफू सक्षम र बाठो हुनुपर्छ त्यति धेरै हेप्दैनन् । सुदूरपश्चिमेली समाजमा महिलालाई व्यापार व्यवसाय गर्न कठिन त हुन्छ नै ।’ गैससको जागीरको पैसा र श्रीमान्को कमाइको पैसाले आफूले व्यवसाय शुरु गरेको जोशीले बताइन् । ‘यो पसल गर्नुभन्दा पहिले म आफैं सानोतिनो जागिर गर्थे, महीनाको २२/२५ हजार रुपैयाँ कमाउँथे’, उनले भनिन्, ‘यो व्यवसाय सञ्चालन गर्न श्रीमानबाट पनि केही पैसा लिएकी छु ।’

 

जागीरभन्दा पसलबाट घरपरिवार सन्तुष्ट भएको उनले सुनाइन् । उनले भनिन्, ‘म भन्दा पनि उहाँ नै खुशी हुनुहुन्छ । राम्रो आम्दानी र घरपरिवारसँगै बसेर व्यवसाय गर्न पाउँदा त म भन्दा खुशी त उहाँ नै हुनुहुन्छ ।’ प्रवेशिका परीक्षा उत्तीर्ण गरेपछि उनी २०६२ सालमा पढाइको सिलसिलामा नेपालगञ्ज गइन् । उतै ६ महिना ब्युटिसियन तालीम लिइन् । परिवारसँगै सल्लाह गरेर सीप सिकेका हुन्  । ‘यो शीप सिक्ने अवसर मलाई मेरा दाजुभाउजू र आमाबुवाले दिनुभएको हो’, उनले भनिन् ।

 

सौन्दर्यले सबैलाई आकर्षित गर्छ । अहिले आएर महिला मात्र नभई पुरुष पनि पार्लर जान थालेका छन् । आर्थिक सम्पन्नतासँगै ब्युटि पार्लरमै गएर ब्युटि बन्ने महिला–पुरुषको सोखले पार्लर व्यवसाय फस्टाएको छ । कम लगानी, छोटो तालीम, व्यवसाय शुरु गर्दा मनग्य आम्दानी हुने भएपछि यसप्रति धेरैको आकर्षण बढेको हो । यसले महिलामा उद्यमशीलता पनि बढाएको छ । यो व्यवसायलाई अझैं विस्तार गरेर लैजाने योजना गरेको उनले सुनाइन् ।

 

पारिवारिक साथ र सहयोग पाए अझ यो व्यापारलाई विस्तार गर्ने सोच उनको छ । उनले भनिन्, ‘पारिवारिक खर्च र बालबच्चाको विद्यालय खर्च चलाउन यो व्यापारको थालनी गरेकी हुँ । मैले गर्दै आइरहेको व्यवसायबाट श्रीमानलाई पारिवारिक खर्चको बोझ कम होस् भन्ने पनि मेरो उद्देश्य हो ।’ गाउँघरमा बेरोजगार रहेका दिदीबहिनीहरुलाई कुनै न कुनै सीप सिक्न उनी सुझाव दिन्छिन् । ‘गाउँतिर रहनुभएका बेरोजगार दिदीबहिनीहरु केही सीप सिक्नुस्, आफूले सिकेको सीपको सदुपयोग गर्नुस्’, उनले भनिन्, ‘सीप सिकेर आत्मनिर्भर बन्नुपर्दछ, घरमा बसेर घाँसदाउरा काटेरै मात्र बस्ने होइन । त्यो त हाम्रो दैनिकी हो ।’

 

महिला दिदीबहिनीलाई घरमा चुलोचौकामा मात्रै सीमित नरहन उनले आग्रह गरिन् । ‘महिला भएर घरमा हेपिएर चेपिएर बस्नु हुँदैन,  महिलाहरुले पनि पुरुष सरह आम्दानी हुने कार्य गर्नुपर्दछ’, उनले भनिन्, ‘श्रीमानकै मुख ताकेर पनि हुँदैन । आम्दानीको बाटो हामी आफैंले रोज्नु पर्छ ।’ तरकारी खेती गरेर होस् या बङ्गुर पालेर आफ्नो जीविकोपार्जन आफैं गर्न सक्नुपर्छ भन्ने मान्यता उनी राख्छिन् । (रासस)


थप समाचार

राजमार्ग छेउछाउका अतिक्रमण गरी बनाइएका संरचना हटाइँदै

  • 7 minutes ago
राजमार्ग छेउछाउका अतिक्रमण गरी बनाइएका संरचना हटाइँदै

भीमदत्तनगर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको भीमदत्त नगरपालिकामा स्थानीय तह र प्रहरी प्रशासनको संयुक्त पहलमा आइतबारदेखि राजमार्ग छेउछाउका खोका छाप्रा तथा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका

सुन चोरेको आरोपमा भारतीय नागरिक पक्राउ

  • 11 minutes ago
सुन चोरेको आरोपमा भारतीय नागरिक पक्राउ

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्कमा रहेको सुन पसलबाट रु चार लाख बढीको सुन चोरी गर्ने एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । सन्धिखर्क–१ हललाइनमा रहेको महालक्ष्मी गहना पसलमा गएराति सुन चोरी ग

यस्तो पनि देश जहाँ ५० दिनसम्म घाम अस्ताउदैन !

  • 35 minutes ago
यस्तो पनि देश जहाँ ५० दिनसम्म घाम अस्ताउदैन !

प्रकृतिको नियम अनुसार एक दिनमा १२ घन्टा अँध्यारो हुन्छ भने १२ घन्टा उज्यालो हुने गर्दछ । तर संसारमा यस्ता देश पनि छन्, जहाँ महिनौसम्म अन्धकार हुदैन, अर्थात २४ सै घण्टा उज्यालो हुने गर्दछ ।



प्रेम र यौन

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

आजकल जिन्दगीमा सेक्स यस्तो रोमाञ्चक विषय बनेको छ कि जोकोही यसको बारेमा खुलेर जान्न चाहान्छ । सेक्सलाई लिएर मनमा धेरै नकारात्मक कुराहरु पनि हुने गर्छन् । जुनका कारण पनि मानिसहरु जिन्दगीमा खुसी देखिदैनन् ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ सोमबारको तपाईको भाग्य–कात्तिक ०४ गते

यस्तो रहेको छ सोमबारको तपाईको भाग्य–कात्तिक ०४ गते

वि.सं.२०७६ साल कात्तिक ०४ गते । सोमबार । ईश्वी सन् २०१९ अक्टोबर २१ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । शरद ऋतु । काठमाडौंमा सूर्योदय ०६ बजेर ०७ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर २७ मिनेट ।

विचित्र विश्व

यस्तो पनि देश जहाँ ५० दिनसम्म घाम अस्ताउदैन !

यस्तो पनि देश जहाँ ५० दिनसम्म घाम अस्ताउदैन !

प्रकृतिको नियम अनुसार एक दिनमा १२ घन्टा अँध्यारो हुन्छ भने १२ घन्टा उज्यालो हुने गर्दछ । तर संसारमा यस्ता देश पनि छन्, जहाँ महिनौसम्म अन्धकार हुदैन, अर्थात २४ सै घण्टा उज्यालो हुने गर्दछ ।