IIMS College

ISMT

HUB Education

सिनेटमा पनि ट्रम्पविरुद्धको महाअभियोगको प्रक्रिया सुरु

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । अमेरिकाको माथिल्लो सदन सिनेटमा पनि राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्धको महाअभियोगको प्रक्रिया सुरु भएको छ । 

 

बिहीबार दिउसो प्रधानन्यायाधिश र माथिल्लो सदनका सदस्यहरुले सपथग्रहण गरेर महाअभियोगको प्रक्रिया सुरु गरेका हुन् । 

 

प्रधानन्यायाधिश जोहन रोबर्टसले सुरुमा आफूले सपथ खाएर अरुलाई सपथग्रहण गराएका थिए ।

 

माथिल्लो सदनका कुल १०० सदस्यहरु मध्ये ९९ जनालाई उनले सपथग्रहण गराएका हुन् । 

 

सपथग्रहण गर्ने सवैले सपथग्रहणका क्रममा “पक्षपात रहित न्याय” गर्ने कसम खाएको समाचारमा जनाइएको छ । उनीहरुले महाअभियोग प्रस्ताव माथी स्वविवेकले आफ्नो मत जाहेर गर्ने बताएका थिए । 

 

महाअभियोग प्रस्तावमाथी माथिल्लो सदनमा आगामी मङ्गलबारदेखि प्रधानन्यायाधिश रोबर्टसको अध्यक्षतामा सुनुवाई हुनेछ । 

 

सुनुवाईका क्रममा दुवै पक्षले आ आफ्नो पक्षमा तर्क र प्रमाणहरु पेस गर्दै आफ्नो पक्ष सही भएको दाबी गर्ने भएका छन् । 

 

हाउस अफ रिप्रेजेन्टेटिभ्स्ले महाअभियोगको प्रस्ताव माथिल्लो सदनमा पठाउने प्रस्ताव मंगलबार पारित गरेकाले बिहीबारदेखि माथिल्लो सदनमा प्रक्रिया सुरु भएको हो । 

 

माथिल्लो सदनमा ट्रम्पविरुद्धका आरोपहरू पढेर सुनाइएको थियो । आरोपपत्रमा राष्ट्रपति ट्रम्पले आफ्ना राजनीतिक प्रतिद्वन्द्वी जो बाइडनविरुद्ध अनुसन्धान गर्न युक्रेनलाई दबाव दिएर संविधानको उल्लङ्गन गरेको, शक्तिको दुरुपयोग गरेको, कङग्रेसको प्रक्रियामा अवरोध पु¥याएको लगायतका आरोपहरु उल्लेख गरिएको छ । 

 

आरोपपत्रमा उल्लेखित सवै आरोपको राष्ट्रपति ट्रम्पले भने अस्वीकार गर्दै खण्डन गर्दै आउनु भएको छ । सिनेटबाट महाभियोग प्रस्ताव पारित हुनका लागि दुई तिहाइ सिनेटरले समर्थन गर्नुपर्ने प्रावधान रहेको छ । 

 

माथिल्लो सदन सिनेटमा राष्ट्रपति ट्रम्पको सत्तारुढ रिपब्लिकन पार्टीका सांसदहरुको संख्या धेरै रहेकाले पार्टीको लाईनअनुसार मतदान भएमा महाअभियोगको पक्षमा दुई तिहाइ पुग्ने संभावना कम देखिएको छ । 

 

हाउस अफ रेप्रेजेन्टेटिभ्सकी सभामुख न्यान्सी पेलोसीले भने रिपब्लिकन सिनेटरहरूलाई राष्ट्रपतिका ’अन्धसमर्थक’ नबन्न र स्वविवेक प्रयोग गर्न आह्वान गरेका छन् । 

 

उनले महाअभियोग सम्वन्धी कागजपत्रले राष्ट्रपति ट्रम्पले गलत काम गरेको पुष्टि भएको दाबी गर्दै उनलाई गलत कामप्रति जवाफदेही बनाउन महाअभियोगको पक्षमा मतदान गर्नुपर्नेमा जोड दिए । 

उनले भविष्यमा पनि कुनै पनि राष्ट्रपतिले जे पायो त्यही गर्न नसक्ने गराउनका लागि पनि अहिले महाअभियोग लगाउनु पर्ने तर्क गरे । 

 

तर ट्रम्पका समर्थक तथा रिपब्लिकन सांसदहरूले भने महाभियोग प्रक्रियालाई ‘पक्षपातपूर्ण आक्रोशबाट प्रेरित कदम’ को संज्ञा दिदै आएका छन् ।

 

हाउस अफ रिप्रिजेन्टेटिभ्सले गत महिना राष्ट्रपति ट्रम्प विरुद्धको महाभियोग प्रस्ताव पारित गरेको थियो ।  अमेरिकाको इतिहासमा यसरी संसदको तल्लो सदनबाट महाअभियोग लगाइएका राष्ट्रपतिहरुमध्ये ट्रम्प तेस्रो राष्ट्रपति भएका छन् ।


थप समाचार

टर्कीमा भूकम्प

  • 4 minutes ago
टर्कीमा भूकम्प

एजेन्सी । अमेरिकी भौगर्भिक सर्भेले टर्कीको सराएलाई केन्द्रविन्दु बनाएर आइतबार बिहान ५.७ म्याग्नीच्यूडको भूकम्प गएको जनाएको छ ।

कोरोना भाइरसको त्रासः इटालियन सरकारले गर्यो यस्तो घोषणा

  • 9 minutes ago
कोरोना भाइरसको त्रासः इटालियन सरकारले गर्यो यस्तो घोषणा

एजेन्सी । चीनमा हजारौँ मानिसको ज्यान लिएको कोरोना भाइरस इटालीमा पनि विस्तारै फैलिन थालेपछि इटालियन सरकारले ठुलै कदम उठाएको छ ।

कोरोना भाइरसः हङकङमा रहेको एउटा सुपर मार्केटबाट लुटेराहरले चोरे सबै ट्वाइलेट पेपर्स

  • 16 minutes ago
कोरोना भाइरसः हङकङमा रहेको एउटा सुपर मार्केटबाट लुटेराहरले चोरे सबै ट्वाइलेट पेपर्स

एजेन्सीः कोरोना भाइरसका कारण हालसम्म झण्डै साढे २४ सयजना भन्दा बढीको मृत्यु भइसकेको छ भने संक्रमितहरुको संख्या ७८ हजारभन्दा बढी रहेका छन् । चीनभर यो भाइरस नियन्त्रणका लागि प्रयास जारी रहेको छ । वैज्ञा



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

किन खुल्छ मध्यरातिमा निन्द्रा ? यी हुन् ५ कारण

किन खुल्छ मध्यरातिमा निन्द्रा ? यी हुन् ५ कारण

एजेन्सी । के तपाई राति सुतेपछि हरेक दिन एउटै समयमा ब्युझिने गर्नुहुन्छ रु चाइनिज मान्यता अनुसार यो कुनै अदृश्य शक्तिको इशारा हुनसक्छ । वा कुनै शक्तिको प्रभाव हुनसक्छ । कुनै – कुनै मानिसले हरेक राति एउटै समयमा ब्यूझिँने नियम बनाएका हुन्छन् भने त्यसलाई सामान्य मान्न सकिन्छ ।

विचित्र विश्व

कोरोना भाइरसः हङकङमा रहेको एउटा सुपर मार्केटबाट लुटेराहरले चोरे सबै ट्वाइलेट पेपर्स

कोरोना भाइरसः हङकङमा रहेको एउटा सुपर मार्केटबाट लुटेराहरले चोरे सबै ट्वाइलेट पेपर्स

एजेन्सीः कोरोना भाइरसका कारण हालसम्म झण्डै साढे २४ सयजना भन्दा बढीको मृत्यु भइसकेको छ भने संक्रमितहरुको संख्या ७८ हजारभन्दा बढी रहेका छन् । चीनभर यो भाइरस नियन्त्रणका लागि प्रयास जारी रहेको छ । वैज्ञानिकहरु यो भाइरस नियन्त्रणका लागि भ्याक्सिन बनाउन संघर्षरत रहेका छन् ।