अमेरिकी वल्र्ड ट्रेड टावर आक्रमणका १७ वर्ष

Education Park

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी भूमिमा भएको सबैभन्दा ठूलो आतङ्कवादी हमलाको १७ वर्षका सिलसिलामा पेन्सिलभेनियाको स्मारकमा आयोजना गरिने विशेष कार्यक्रममा सहभागिता जनाउने तय भएको छ । 

 

सेप्टेम्बर ११, २००१ का दिन आतङ्ककारीले तीनवटा विमान अपहरण गरी अमेरिकाका महत्वपूर्ण तीनवटा संरचनामा आक्रमण गरेका थिए । तीमध्ये दुईवटा विमानले न्यूयोर्कस्थित वल्र्ड ट्रेड सेन्टरमा आक्रमण गरिएको थियो भने एउटा विमानले अमेरिकी रक्षा मन्त्रालय, पेन्टागनमा आक्रमण गर्ने योजना थियो । तर विमानमा सवार यात्रुको प्रतिरोधका कारण तेस्रो विमान पेन्टागन नपुग्दै श्याक्सनभिल्लेमा झरेको थियो । त्यस विमानमा सवार ४० जनाभन्दा बढी यात्रु र चालकदलका सदस्य सबैको मृत्यु भएको थियो । 

 

तर वल्र्ड ट्रेड सेन्टरमा भएको विमान आक्रमणबाट सबैभन्दा ठूलो क्षति भएको थियो । आतङ्कवादी संगठन अल–कायदाका नेता ओसामा बिन लादेनको निर्देशनमा भएको उक्त आक्रमणबाट तीन हजारभन्दा बढी मानिस मारिएका थिए । करिब एक दशकपछि तत्कालीन राष्ट्रपति बाराक ओबामाको आदेशमा अमेरिकी सेनाको कारबाहीमा मे २०११ मा बिन लादेन मारिएका थिए । 

 

“राष्ट्रपति ट्रम्प सहभागी हुने कार्यक्रममा त्यस विनाशकारी घटनाबाट ज्यान गुमाउनेहरुप्रति सम्मान प्रकट गरिनेछ, र त्यस आततायी घटना हुँदा जीवन जोखिममा राखेर उद्धार कार्यमा खटिने व्यक्तिहरुलाई सम्मान गरिनेछ,” ह्वाइट हाउसकी प्रवक्ता सराह हकाबी स्यान्डर्सले बताए । 

 

राष्ट्रपति चुनिएपछि गत वर्ष राष्ट्रपति ट्रम्प पहिलो पटक वार्षिक समारोहमा सहभागी हुन भएको थियो । उपराष्ट्रपति माइक पेन्स पनि मङ्गलबारको समारोहमा सहभागी हुने कार्यक्रम छ । 

 

सन् २००१ को आक्रमणका समयमा राष्ट्रपति ट्रम्प वल्र्ड ट्रेड सेन्टरबाट करिब ६.५ किलोमिटर टाढाको आफ्नै ट्रम्प टावरमा हुनुहुन्थ्यो । उनीसँग सेप्टेम्बर ११ को घटनाप्रति मिश्रित धारणा रहिआएको छ । उनले पूर्व राष्ट्रपति जर्ज डब्लु बुसले अमेरिकी जनतालाई सुरक्षित राख्न नसकेको भन्दै आलोचना गरिरहेका छन् । 

 

ट्रम्पले टावर भत्किदाँ हजारौं मुस्लिमले न्यूजर्सीको जर्सी सिटीमा खुशियाली मनाएको बताउनुभएको छ । तर मुस्लिम समुदायले त्यस्तो खुशीयाली मनाएको कुनै पनि टेलिभिजनले देखाउन सकेका छैनन् । 

 

ट्रम्पले न्यूयोर्क आक्रमणमा सयौं मित्रहरु गुमाएको बताउँदै आएका छन् । राष्ट्रपति ट्रम्पले मारिएका कुनै निश्चित व्यक्तिको नाम लिएका छैनन् । 


थप समाचार

सशस्त्र प्रहरीलाई गृहमन्त्रीकाे निर्देशन : परिणाम निस्किने गरी काम गर्नुस्

  • 12 minutes ago
सशस्त्र प्रहरीलाई गृहमन्त्रीकाे निर्देशन : परिणाम निस्किने गरी काम गर्नुस्

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले परिणाम निस्कने गरी काम गर्न सशस्त्र प्रहरीलाई निर्देशन दिएका छन् । प्रदेश बाहिनीपतिका रुपमा सरुवा भएका सशस्त्र प्रहरी नायब महानिरीक्षकलाई आज गृह मन्त्रालय

ब्रिटेन नेपाल चेम्बर अफ कमर्शले अर्थमन्त्रीलाई बुझायाे ज्ञापनपत्र

  • 27 minutes ago
ब्रिटेन नेपाल चेम्बर अफ कमर्शले अर्थमन्त्रीलाई बुझायाे ज्ञापनपत्र

काठमाडौँ । ब्रिटेन नेपाल चेम्बर अफ कमर्शले नेपालमा हुने वैदेशिक लगानीलाई प्रोत्साहन गर्न आग्रह गर्दै सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।

बैंकिङ कसूरकाे मुद्दामा फरार अभियुक्त पक्राउ

  • 59 minutes ago
बैंकिङ कसूरकाे मुद्दामा फरार अभियुक्त पक्राउ

काठमाडौँ । बैकिङ् कसुर मुद्दामा फरार हुँदै आएका काठमाडौँ तारकेश्वर नगरपालिका–९ का प्रमोदकुमार खड्का कारागार चलान भएका छन् ।



प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

मध्यरातमा निद्राबाट बिउँझिए यी ५ काम नगर्नुस्

मध्यरातमा निद्राबाट बिउँझिए यी ५ काम नगर्नुस्

एजेन्सी । कोही मानिसहरु मध्यरातमा बिउँझने गर्छन् । ब्युँझिएपछि फेरि निदाउँन कष्ट गर्दा पनि उनीहरु निदाउन सक्दैनन् । यस्तो अवस्थामा धेरै मानिसहरुले गर्न नहुने काम गरिरहेका हुन्छन् ।

विचित्र विश्व

७० वर्षमा गर्भवती भएकी यी महिला...

७० वर्षमा गर्भवती भएकी यी महिला...

एजेन्सी । उमेरले ७० वर्ष लागकी एक महिला गर्भवती भइन् । ७० वर्षको उमेरमा मानिसलाई हिडडुल गर्न नै गाह्रो हुन्छ । तर, एक महिलाले आफू ७० वर्षको उमेरमा पनि उनले आफू गर्भवती रहेको बताएकी हुन् ।