विश्वकप विशेषः सर्भियाबारे यस्ता छन् रोचक पक्षहरु

एजेन्सी । सन् २०१४ मा विश्वकप छनोट हुन नपाएको सर्भिया यस पटकको विश्वकपमा भने छनोट हुन सफल भएकोछ  ।

 

सन् २०१० को विश्वकपमा खासै गतिलो खेल प्रदर्शन गर्न नसकेको सर्भियाले यसपटक भने ब्राजिल, स्वीजरल्याण्ड र कोस्टा रिकालाई कडा चुनौती दिने तयार गरेको छ । यो समाचार तयार पारिन्जेलसम्म सर्भियाले आफ्नो अन्तिम २३ सदस्य खेलाडीको सुची भने सार्वजनिक गरेको छैन ।

 

सबैभन्दा कठिन ग्रुपमा परेको सर्भिया अर्को चरणमा पुग्न ठुलै संघर्ष गर्नुपर्नेदेखिन्छ । 

 

विश्वकपमा प्रतिस्पर्धा गरेको इतिहास

विश्वकपमा उपस्थितिः १२ पटक

बेस्ट फिनिसिङः सन् १९३० मा तेस्रो स्थान

अन्तिम विश्वकपः २०१०

 

रोयस्टर

प्रशिक्षक क्रासटाजिकले २७ सदस्सिय खेलाडीको सुची तयार पारेको छ । 

गोलरक्षकः स्टोजकोभिक, राजकोभिक, जोभानोबिभक, डिम्रितीभिक

डिफेण्डरः कोलारोभ, रुकाभिना, रोडिक, इभानोभिक, स्पाजिक, भेल्जकोभिक, डस्को टोसिक, नास्टासिक, मिलेनकोभिक

मिडफिल्डरहरुः माटिक, मिलिभोजेभिक, ग्रुजिक, नेमाञ्जा माकसिमोभिक, टाडिक, जिभकोभिक, गासिनोभिक, कोस्टिक, राडोनजिक, मिलिनकोभिक साभिक, एलजाजिक

स्टाइकरः मित्रोभिक, प्रिजोभिक, जोभिक

 

उत्कृष्ट खेलाडी

 

सर्भियाका उत्कृष्ट खेलाडी हुन् माटिक । उनले म्यानचेस्टर युनाइटेडबाट व्यवसायिक फुटबल खेल खेल्दै आइरहेका छन् । अर्का रोमाका चर्चित खेलाडी हुन् कोलारोभ । उनी रोमाबाट उत्कृष्ट खेल प्रदर्शन गर्दै आइरहेका छन् । यी दुई खेलाडीका कारण पनि मिडफिल्ड क्षेत्र बलियो हुने र दोस्रो स्थानका लागि बलियो दाबेदार बन्ने फुटबल विश्लेषकहरु बताउँछन् । 

 

आकर्षक खेलाडी

 

एलेक्जाण्डर मित्रोभिक । यी युवा खेलाडी न्युक्यासल युनाइटेडबाट व्यवसायिक खेल खेल्दै आइरहेका छन् । यस सिजन न्युक्यासलका लागि उनले १२ गोल गरेका छन् । न्युक्यासललाई प्रिमियर लिगमा ल्याउन पनि उनको ठुलो योगदान रहेको छ । 

 

आउटलुक

विश्व चर्चित डिफेण्डर यही देशमा रहेका छन् । अलेक्जेण्डर कोलारोभ र ब्रानिसलाभ इभानोभिक । यस टिममा ३२ वर्षका पाँच जना खेलाडी डिफेण्डर रहेका छन् । अर्को चरणमा पुग्न उनीहरुको अनुभवले पनि ठुलो प्रभाव पार्ने अनुमान गरिएको छ । 

 


थप समाचार

बेलफास्टमा प्रजातन्त्र दिवस कार्यक्रम, नेपाल भ्रमण वर्ष २०२० प्रबर्द्धनको प्रयास

  • 2 hours ago
बेलफास्टमा प्रजातन्त्र दिवस कार्यक्रम, नेपाल भ्रमण वर्ष २०२० प्रबर्द्धनको  प्रयास

समारोहमा प्रमुख अतिथी तथा विशेष अतिथिहरुले संयुक्त रुपमा नेपाल भ्रमण वर्ष २०२० को लोगो अनावरण गरी उत्तरी आयरल्याण्डमा नेपाल भ्रमण वर्षको प्रचार अभियान प्रारम्भ गरे ।

अस्ट्रेलियामा कसरी देखियो नर्सिङ विद्यार्थीहरुको समस्या, समाधान के ?

  • 4 hours ago
अस्ट्रेलियामा कसरी देखियो नर्सिङ विद्यार्थीहरुको समस्या, समाधान के ?

सिड्नी । अस्ट्रेलियामा यतिबेला हजारौं नेपाली विद्यार्थीको भविस्य अनिस्चित भएको छ । अस्ट्रेलियामा वर्षौं समय तथा हजारौं डलर रकम खर्च गरेर नर्सिङ पढेका विद्यार्थीहरुको भविस्य अन्यौलमा परेको हो ।

जब जया बच्चनले अमिताभको जिन्दगीबारे खोलिन् यस्तो राज...

  • 12 hours ago
जब जया बच्चनले अमिताभको जिन्दगीबारे खोलिन् यस्तो राज...

एजेन्सी । बलिउडका महानायक अमिताभ बच्चनलाई निकै असल व्यक्तिको रुपमा लिइन्छ । उनको अभिनय र निजि जीवनका पाटाहरु निकै सुन्दर मानिन्छन् ।



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

अफिसमा घण्टौँ बसेर काम गर्नुहुन्छ ? यी पाँच बानी सुधार्नुहोस्

अफिसमा घण्टौँ बसेर काम गर्नुहुन्छ ? यी पाँच बानी सुधार्नुहोस्

अफिसमा काम गर्ने मानिसहरुको तौल बढ्ने गरेको प्राय समस्याहरु सुन्न पाइन्छ । घन्टौसम्म कुर्चीमा बस्नाले तौल अवश्य नै बढ्छ तर, यदी तपाईले चाहानु भयो भने रुटीनमा धेरथोर फेरबदल गर्न सक्नु भएमा मोटोपन कन्ट्रोल गर्न सक्नुहुनेछ । यसका लागि पाँचवटा बानी सुधार्नु पर्ने हुन्छ ।

विचित्र विश्व

यी कार्यहरु गरेपछि अवश्य नुहाउनुहोस्

यी कार्यहरु गरेपछि अवश्य नुहाउनुहोस्

काठमाडौँ । हिन्दु शास्त्रमा नुहाउनु बाहेक हात खुट्टा धुने समयबारे पनि महत्वका साथ प्रस्ट्याइएको छ । शास्त्रका अनुसार घर पुगेपछि मानिसले जहिले पनि हात खुट्टा धुनुपर्छ । भोजन ग्रहण गर्नुपुर्व र यस पछाडि हात खुट्टा धुनुपर्छ ।