IIMS College

ISMT

HUB Education

काेटेश्वर-कलंकी 'सर्भिस ट्र्याक' निर्माण आधा सकियाे

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

ललितपुर । कोटेश्वर–कलङ्की सडकको सबैभन्दा बाहिरी लेन ‘सर्भिस ट्र्याक’ को निर्माण आधा सकिएको छ । 

 

चिनियाँ सरकारले आठ लेनको सडक निर्माण सकाएसँगै नेपाल सरकारले गर्ने भनिएको दुई लेनको काम भइरहेको काठमाडौँ चक्रपथ सुधार योजनाले बताएको छ । 

 

अहिलेसम्म झण्डै पाँच किलोमिटर काम सकिएको योजनामा कार्यरत इञ्जिनीयर निरञ्जन शर्मा अर्यालले बताए । आगामी वर्ष बाँकी पाँच किलोमिटर सक्ने योजना छ । चक्रपथको भित्रपट्टि र बाहिरपट्टि गरेर दुवैतर्फको काम भइरहेको छ । 

 

यो सडकमा मुख्य लेन, सहायक लेन र ‘सर्भिस ट्र्याक’ गरेर तीन प्रकारका लेन छन् । मुख्य र सहायक लेन चार/चार र ‘सर्भिस ट्र्याक’ दुवैतर्फ एक÷एक गरेर जम्मा दुई लेनको रहेको छ । 

 

आठ लेन सडक निर्माणको जिम्मेवारी चिनियाँ निर्माण कम्पनी सङ्घाइ निर्माण सेवा समूहले लिएको थियो । बाहिरपट्टिका दुई लेन सडक विभागले निर्माण गरिरहेको छ । 

 

सर्भिस ट्र्याकबाट नै चालक चक्रपथमा प्रवेश गर्न पाउँछन् । उनले भने, ‘सर्भिस ट्र्याकबाट निश्चित चोकमा पुगेपछि मात्रै चालक सहायक र मुख्य लेनमा छिर्न पाउँछन् ।’ 

 

अहिले आठ लेनको सडक भए पनि यी दुई लेनसहित सडक १० लेनको हुनेछ । सडकको निर्माण सकेसम्म चाँडो सक्ने योजना रहेको इञ्जिनीयर शर्माले बताए । उनले भने, ‘वार्षिक जति बजेट छुट्टिन्छ, त्यसैका आधारमा काम हुनेछ ।' 

 

गत मङ्सिर मसान्तमा चिनियाँ निर्माण कम्पनीले आठ लेन सडक निर्माण सम्पन्न गरिसकेको छ । 


थप समाचार

भरतपुर अस्पतालमा एकाबिहानै ज्वरो आएकी युवतीको मृत्यु, स्वाब परीक्षण गरिने

  • 13 minutes ago
भरतपुर अस्पतालमा एकाबिहानै ज्वरो आएकी युवतीको मृत्यु, स्वाब परीक्षण गरिने

चितवन । भरतपुर अस्पतालमा आज (शुक्रबार) बिहान मृत्यु भएकी एक युवतीको स्वाब परीक्षण गरिने भएको छ । परीक्षणको नतिजा नआएसम्म मृत शरीरलाई छुट्टै सुरक्षित राखिएको छ । परीक्षणका लागि केन्द्रीय प्रयोगशाला काठ

कोरोना कहरः फ्रान्समा नयाँ रेकर्ड

  • 18 minutes ago
कोरोना कहरः फ्रान्समा नयाँ रेकर्ड

एजेन्सी । फ्रान्समा कोरोनाभाइरसका कारण एकैदिन १३ सय ५५ ले ज्यान गुमाएका छन् । यससँगै यहाँ मृतकको संख्या ५ हजार ३ सय ८७ पुगेको छ ।

डा. भट्टराई भन्छन्ः भाइरस मार्ने बन्दुक र गोलीले हैन होला !

  • 27 minutes ago
डा. भट्टराई भन्छन्ः भाइरस मार्ने बन्दुक र गोलीले हैन होला !

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले स्वास्थ्य सामग्री खरीदको जिम्मेवारी नेपाली सेनालाई दिने निर्णयको आलोचना गरेका छन् । एक ट्वीट गर्दै



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आकर्षक पर्सनालिटी बनाइराख्न पुरुषका लागि ५ टिप्सहरु

आकर्षक पर्सनालिटी बनाइराख्न पुरुषका लागि ५ टिप्सहरु

काठमाडौं । अनुहार र कपालको स्याहारबारे महिलाको तुलनामा पुरुष निक्कै अल्छी देखिन्छन् । पार्टी विशेष केही भयो भने उहीहरु हल्का मेकअप गर्न सक्छन्, कपालमा तेल लगाउन सक्छन्, तर नियमित रुपमा त्यत्ति चासो राख्दैनन् ।