सम्भोग गरिसकेपछि पीडा हुन्छ ?

एजेन्सी । सम्भोगपछि पीडा हुने समस्याबाट कैयौँ महिला गुज्रिरहेका हुन्छन् । अहिलेको अवस्थामा यो त्यति ठूलो चिन्ताको विषय नहुन सक्छ । तर, यसलाई नजरअन्दाज भने गर्नुहुँदैन ।

 

किनकि, यसले ठूलो समस्याको रूप पनि लिन सक्छ । चिकित्सकका अनुसार सेक्सुअल रूपमा सक्रिय महिलाले वर्षमा कम्तीमा तीनपटक स्त्रीरोग विशेषज्ञसँग परामर्श गर्नुपर्छ । र, चिकित्सकसँग महिनावारी, शिशुको जन्म र लैंगिक स्वास्थ्यबारे राम्रोसँग खुल्नुपर्छ ।

 

 त्यस्तै, सम्भोगपछि पीडाको समस्या भए त स्वास्थ्य परीक्षण गरिहाल्नुपर्छ । योनिको संक्रमण, ओबेरियन सिस्ट या एन्डोमेट्रिसको कारण पनि यस्तो हुन सक्छ ।

 

भेजिनिसमस

 

सम्भोगका क्रममा योनिको मांसपेशी कडा हुने अवस्थालाई भेजिनिसमस भनिन्छ । यस्तो अवस्थामा निकै पीडा हुने गर्छ । यस्तो समस्याले सम्बन्धमा पनि तनावको वातारण सिर्जना गर्छ ।

 

 पेल्भिक सुन्निएमा

 

जो महिलाको पेल्भिक सुन्निने गर्छ, त्यस्ता महिलालाई शारीरिक सम्बन्धपछि ऐठन हुने गर्छ । यस्तो महिलालाई पिआइडी, क्लेमाइडिया, यौन सञ्चारित रोग या गोनोरिया पनि हुन सक्छ । पिआइडी भएमा फेलोपिन ट्युब र गर्भाशयसमेत सुन्निने गर्छ । जसका कारण सम्भोगका क्रममा वा पछि दुखाइको अनुभव हुन्छ ।

 

 चिकित्सकसँग महिनावारी, शिशुको जन्म र लैंगिक स्वास्थ्यबारे राम्रोसँग खुल्नुपर्छ । त्यस्तै, सम्भोगपछि पीडाको समस्या भए त स्वास्थ्य परीक्षण गरिहाल्नुपर्छ । योनिको संक्रमण, ओबेरियन सिस्ट या एन्डोमेट्रिसको कारण पनि यस्तो हुन सक्छ ।

 

 मेनोपोज

 

केही महिलामा अर्गेज्मपछि पेटको तल्लो भागमा गम्भीर दुखाइ हुने गर्छ । ३५ देखि ५५ वर्ष उमेर समूहका महिलामा यस्तो समस्या भएमा अर्गेज्मको समय दुख्ने गर्छ । त्यस्तो भएमा मेनोपेजको अवस्था आएको सम्झनुपर्छ ।

 

सिस्ट या फिन्ब्रोइडस

 

फिन्ब्रोइडस भनेको नन कन्सेरस ट्रयुम हो, जुन महिलाको युटेरसमा हुन्छ । यो आमसमस्या हो, जसबाट कुनै खतराचाहिँ हुँदैन । सिस्ट ओभरीमा हुन्छ । कहिलेकाहीँ सिस्ट र फिन्ब्रोइडस दुवैले सम्भोगका क्रममा पीडा दिने गर्छन् । फिन्ब्रोइडसका कारण महिनावारीका क्रममा अत्यधिक रगत बग्न सक्छ ।

 

यसकै कारण सम्भोगपछि पेट पनि दुख्ने गर्छ । र, सिस्ट फुट्न जान्छ । यस्तो अवस्थामा चिकित्सकसँग परामर्श लिइरहनुपर्छ ।

 

महिनावारी

 

पिरियडका समय असावधानीपूर्वक शारीरिक सम्पर्क राख्दा पनि पेटमा दुखाइको समस्या हुन सक्छ । यस्तो अवस्थामा सम्पर्क राख्दा गर्भाशयमा चोट पुग्ने खतरा हुन्छ । किनभने, यस्तो समय महिलाको योनि निकै लचिलो हुन्छ ।

 

जसका कारण आरामसँग सम्भोग गर्न सकिने भए तापनि पछि समस्या निम्तिन्छ । यसले गर्भाशयमा पनि चोट पुग्न जान्छ ।

 

शिशु जन्मिएपछि

 

प्राकृतिक रूपमा शिशुलाई जन्म दिएको केही दिनमै सम्भोग गरेको अवस्थामा दुखाइ हुन सक्छ । यसको मुख्य कारण भनेको शिशुलाई जन्म दिएपछि भेजाइना निकै संवेदनशील हुन्छ । त्यसैले यस्तो वेला शारीरिक सम्पर्कबारे सोच्नुभन्दा पहिले आफैँलाई केही समय दिनुपर्छ ।

 

संक्रमणका कारण

 

संक्रमण भएमा पनि शारीरिक सम्पर्कपछि पेटमा दुखाइ हुने गर्छ । संक्रमणका कारण सम्भोगका वेला पनि कठिनाइ उत्पन्न हुन्छ । अर्को डर के भने यस्तो अवस्थामा शारीरिक सम्पर्क राख्दा संक्रमणका कीटाणु गर्भाशयमा प्रवेश गरेर त्यसलाई पनि प्रभावित पार्न सक्छ ।

 

जसका कारण पेटको दुखाइ हुन्छ । त्यसैले संक्रमितको समस्या भएमा सम्पर्कको अवस्थामा सावधानी अपनाउन जारुरी हुन्छ । यस्तो अवस्थामा सम्पर्क राख्दा सुरक्षा प्रयोग गर्न पनि जरुरी हुन्छ, ताकि संक्रमण नफैलियोस् ।

 

 


थप समाचार

बेलायतमा मधेशी नेपालीले मनाए छठ

  • 3 hours ago
बेलायतमा मधेशी नेपालीले मनाए छठ

एशोसिएसन अफ नेप्लिज मधेशी इन यूके र युरोपियन मधेशी सोसाइटीले संयुक्त रुपमा लण्डनमा छठ मनाएका हुन् । शनिबार लण्डनको फेल्थाम कलेजमा आयोजित समारोहमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको समेत उपस

बाबुले ल्याए नेपाली भाषी भुटानीहरूका जिवनको गित !

  • 4 hours ago
बाबुले ल्याए नेपाली भाषी भुटानीहरूका  जिवनको गित !

हाम्रो मनको पिडा ब्यथा,कस्ले बुझी देला” “जन्मेउ जहाँ त्यहाँ छैन बास फर्की जाने केही छैन आश “ भुटानमा जन्मीएर पनि नेपाली भाषा कला संकृती र साहित्यलाई अंगालेर नेपालमा शरणाार्थी जिवन बिताइरहेका भुटा

फोटोमा हेर्नुहोस प्रचण्डपुत्र प्रकाशको स्मृतिमा शोकसभा

  • 4 hours ago
फोटोमा हेर्नुहोस प्रचण्डपुत्र प्रकाशको स्मृतिमा शोकसभा

तत्कालीन नेकपा माओवादी केन्द्र का पोलिटब्यूरो सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का छोरा प्रकाश दाहालको प्रथम वार्षिक स्मृतिका अवसरमा आज उहाँको निवास खुमलटारम



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

यसरी घटाउनुस् मानसिक तनाव !

यसरी घटाउनुस् मानसिक तनाव !

के तपाईंलाई मानसिक तनावले सताउँछ रु यदि सताउँछ भने ध्यान दिनुहोस् तनाव कम गर्ने विभिन्न उपायहरु छन् । मनोचिकित्सकले सुझाएका यी हुन् मानसिक तनाव घटाउने ७ उपाय

विचित्र विश्व

दुबईबारे अजबगजबका कुराहरु

दुबईबारे अजबगजबका कुराहरु

एजेन्सी–बितेका केही वर्षमा एसियाका केही देशहरुले उल्लेख्य मात्रामा विकास गरेका छन् । केही देशहरुले विकास नै गर्न नसकिने ठाउँमा पनि अकल्पनिय विकास गरेर