९ वर्षमा नेपालमा बाघको संख्या दोब्बर : मन्त्री बस्नेत

  • सोमबार, २९ असोज, २०७५
  • 5 months ago
  • युके
फाइल तस्विर : वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेत

 

वन्यजन्तु संरक्षणमा नेपालले गरेको प्रगतिको लण्डन सम्मेलनमा प्रशंसा

 

लण्डन । बेलायत सरकारको आयोजनामा वन्यजन्तुको अवैध व्यापार निराकरणसम्बन्धी एक दुई दिवसीय सम्मेलन लण्डनमा सम्पन्न भएको छ । 

 

अवैध वन्यजन्तु व्यापारलाई संगठित अपराधको रुपमा लिई यसको नियन्त्रणको लागि सरकार र सबै सरोकारवाला निकायहरुबीच साझेदारी र सहयोग अभिवृद्धि लक्ष्य निर्दिष्ट २० बुंदे विश्व घोषणाको जारी गर्दै यहि अक्टोबर १२ मा उक्त सम्मेलन सकिएको थियो । 

 

सम्मेलनमा नेपालको तर्फबाट सहभागी उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको प्रतिनिधित्व वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेतले गरेका थिए । सम्मेलनको पहिलो दिनको पूर्ण सत्रलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले वन्यजन्तुको अवैध व्यापारलाई निरुत्साहन र नियन्त्रण गर्न नेपाल सरकारले लिएका नीति तथा कार्यक्रमबारे प्रकाश पारेका थिए । 

 

विगत ९ वर्षको अवधिमा नेपालमा बाघको संख्या दोब्बर नजिक पुगेको उल्लेख गर्दै उनले नेपालको कुल भूभागको २३ प्रतिशत भूभाग संरक्षित क्षेत्र रहेको र वन्यजन्तुको शिकारमा पूर्ण प्रतिवन्ध लगाइएको जानकारी दिए । फलस्वरुप सन् २०११ देखि २०१८ सम्ममा गैँडाको शिकार शुन्य रहेको भन्दै मन्त्री बस्नेतले नेपाल सरकार वन्यजन्तुको संरक्षणमा पूर्ण प्रतिवद्ध रहेको बताए । नेपाल सरकारले वन, वातावरण तथा वन्यजन्तुको संरक्षणमा समुदायको सहभागितामा जोड दिन नीति अवलम्बन गरेको उल्लेख गर्दै उनले यसबाट समुदाय समेत लाभान्वित भइरहेको जानकारी गराए । 

 

वन्यजन्तुको संख्या वृद्धि र सुरक्षामा नेपाल सरकार प्रतिवद्ध रहेको तर वन्यजन्तुको व्यवस्थापन पक्ष अहिलेको चुनौती रहेको मन्त्री बस्नेतको भनाइ थियो ।

 

सम्मेलन उद्घाटन सत्रमा आफ्नो मन्तव्य राख्दै बेलायत सरकारका विदेश मन्त्री जेरेमी हन्टले नेपालमा सन् २००९ देखि हालसम्मको स्थितिमा बाघको संख्या दोब्बर वृद्धि भएको र विगत चार वर्षदेखि गैँडा र वाघको शिकार शुन्य रहेकोले यस्तो उदाहरणीय कार्यको अन्य देशहरुले पनि अनुशरण गर्नुपर्ने विचार व्यक्त गरेका थिए ।

 

सम्मेलनका अवधिमा मन्त्री बस्नेतसंग बेलायती सांसद जोन मान र श्रीलंकाको प्रतिनिधि मण्डलका नेता सन्डिथ समरसिङ्गेले शिष्टाचार भेट गरी नेपालले वन पर्यावरण, जैविक विविधता र वन्यजन्तु संरक्षण सम्बन्धमा गरेको प्रगतिबारे चासो राख्दै यस क्षेत्रमा साझेदारी अभिवृद्धि गर्न इच्छुक रहेको बताएका थिए । साथै १२ अक्टोबरमा मन्त्री बस्नेतसँग यूके ट्रस्ट फर नेचर कन्जरभेसन इन नेपालका अध्यक्ष एवं बेलायती सेनाका पूर्व प्रधान सेनापति सर जोन च्यापलले दूतावासमा शिष्टाचार भेट गरी नेपाल तथा बेलायतका राष्ट्रिय प्रकृति संरक्षण कोषबीच साझेदारी र सहयोग अभिवृद्धि गर्ने सम्बन्धमा छलफल गरेका थिए । सोही दिन मन्त्री बस्नेतले लण्डनस्थित 'जेडएसएल' चिडियाखानाको अवलोकन भ्रमण पनि गरेका थिए । 

 

८० देशका सरकारी र निजी क्षेत्रका प्रतिनिधिमण्डलले भाग लिएको यस विश्व सम्मेलनमा मन्त्री बस्नेतको नेतृत्वमा रहेको नेपाली प्रतिनिधिमण्डलमा बेलायतका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदी, नेसनल पार्क र वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मान बहादुर खड्का, राजदूतावासका काउन्सेलर शरदराज आरण र चितवन नेसनल पार्कका उपसचिव वेद कुमार ढकाल थिए ।

 

सम्मेलनपछि मन्त्री बस्नेत नेतृत्वको टोली आइतबार नै स्वदेश फर्किएको छ । 

 


थप समाचार

लण्डनमा नेपाली बालबालिका र अभिभावकमाझ धर्म, संस्कृति र संस्कारसम्बन्धी अन्तरक्रिया

  • 4 hours ago
लण्डनमा नेपाली बालबालिका र अभिभावकमाझ धर्म, संस्कृति र संस्कारसम्बन्धी अन्तरक्रिया

कार्यक्रमका संयोजक मनोज श्रेष्ठका अनुसार सनातन धर्म, संस्कृति र संस्कार तथा दैनिक जीवनमा यसको आवश्यकताका बारेमा स्कुल र कलेज जाने उमेरका बालबालिकाहरूलाई जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना ग

कुनै समय १०० केजी तौलकी जरिन खान यसरी घटाएकी थिइन् तौल

  • 6 hours ago
कुनै समय १०० केजी तौलकी जरिन खान यसरी घटाएकी थिइन् तौल

एजेन्सी । अभिनेता सलमान खानकोे फिल्म ‘वीर’बाट बलिउडको यात्रा तय गरेकी जरिन खान कुनैबेला १०० केजी तौलकी थिइन् । सलमानले फिल्ममा लिने पक्का गरेपछि उनलाई पहिलो शर्त तौल कम गर्नुपर्ने राखेका थिए ।

रहेनन बरिष्ठ उद्योगी शिवकुमार अग्रवाल

  • 7 hours ago
रहेनन बरिष्ठ उद्योगी शिवकुमार अग्रवाल

काठमाडौं—बरिष्ठ उद्योगी तथा चर्चित ब्यवसायिक घराना एमएस ग्रुपका अध्यक्ष शिवकुमार अग्रवालको निधन भएको छ । २२ फागुनमा उपचारका क्रममा भारतको चेन्नईमा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

यस्ता छन् जापानका विद्यालयमा हुने अजबगजबका नियमहरु

यस्ता छन् जापानका विद्यालयमा हुने अजबगजबका नियमहरु

बालबालिकाको सबैभन्दा महत्वपूर्ण जिम्मेवारीमध्ये विद्यालय जानु पनि एक हो । विहान चाँडै उठ्ने, विद्यालय जाने र गृहकार्य गर्ने जस्ता जिम्मेवारी एक विद्यार्थीको हुन्छ ।

विचित्र विश्व

मृत्युसँग जोडिएका १० डरलाग्दा तथ्य

मृत्युसँग जोडिएका १० डरलाग्दा तथ्य

एजेन्सी । मृत्यु जुनसुकै बेला, कुनै पनि रुपमा आउन सक्छ । संसारका कोही पनि व्यक्तिलाई आफ्नो मृत्यु कहिले र कसरी हुन्छ भन्ने बारे थाहा हुँदैन ।