लोपाेन्मुख शालिग्राम जोगाउन सङ्ग्रहालय

फाइल फाेटाे

बागलुङ । बागलुङ नगरपालिका–४ कुँडुलेमा निर्माणाधीन ‘स्वामी श्रीधराचार्य शालिग्राम सङ्ग्रहालय’ निमार्ण अघि बढेको छ । 

 

प्राकृतिक र मानवीय अतिक्रमणका कारण लोपाेन्मुख अवस्थामा पुगेको शालिग्राम जोगाउन सङ्ग्रहालय बनाउन लागिएको हो । 

 

धार्मिक हिसाबले पवित्र मानिने बहुमूल्य उक्त शिला कालिगण्डकी (पौराणिक नाम कृष्णागण्डकी) नदीमा मात्र पाइन्छ । हिन्दू धर्म र संस्कारमा शालिग्रामलाई विष्णु भगवान्को अवतारका रुपमा लिइन्छ । 

 

कुँडुलेमा रहेको श्रीरङ्गवेङ्कटेश मुक्तिनारायण मन्दिर परिसरमा बन्ने सङ्ग्रहालय एक वर्षभित्र पूरा गरिने लक्ष लिइएको छ । 

 

सत्तरी मिटर लामो सुरुङ भित्र बन्ने सङ्ग्राहलयको ३५ मिटर सुरुङ खनिएको छ । सङ्ग्रहालयमा २० हजार शालिग्राम राखिने मन्दिरका अध्यक्ष स्वामी ऋषि प्रपन्नाचार्यले जानकारी दिए ।

 

‘चार करोड रुपैयाँको लागतमा सङ्ग्रहालय बन्दैछ’ उनले भने, ‘सुरुङ निर्माणको काम आउँदो मङ्सिरसम्म सकिन्छ ।’ 

 

धार्मिक महत्वको पवित्र र दुर्लभ शालिग्राम लोप हुने खतरा बढेपछि संरक्षणमा लाग्नुपरेको अध्यक्ष प्रपन्नाचार्यको भनाइ थियो । 

 

भूगर्वविद्सहितको प्राविधिक टोलीबाट सम्भाव्यता अध्ययन गराइ गुफा निर्माणको काम अघि बढाइएको हो । सुरुङ निर्माणको काम ‘साउथ एशियन इन्फ्रास्ट्रक्चर कन्सट्रक्सन प्रालि’ ले गरिरहेको छ । 

 

सुरुङभित्र बन्ने सङ्ग्राहलयको शुरुको भागमा दामोदर कुण्डदेखि त्रिवेणीधामसम्मका धार्मिकस्थलको नक्सा, दोस्रोमा शालिग्राम र अन्तिम खण्डमा शालिग्राम र कालीगण्डकी नदीको महिमा झल्कने गरी वृत्तचित्र राखिने छ । सङ्ग्रहालय निर्माणले धार्मिक पर्यटन प्रवर्द्धनमा ठूलो योगदान पु¥याउने विश्वास लिइएको छ । 

 

‘एकातिर विश्वमै दुर्लभ शालिग्राम को संरक्षण हुनेछ’, अध्यक्ष प्रपन्नाचार्यले भने, ‘सङ्ग्रहालयले पर्यटन विकासमा पनि मद्दत पुग्छ ।’ 

 

सङ्ग्रहालय हिन्दू धर्मालम्बीको पवित्र गन्तव्य बन्ने ठानिएको छ । सोही ठाउँमा बनिरहेको श्रीरङ्गवेङ्कटेश मुक्तिनारायण मन्दिरको काम पनि अन्तिमचरणमा पुगेको छ । रु. छ करोडको लागतमा बन्न लागेको मन्दिरको ८५ प्रतिशत काम पूरा भएको जनाइएको छ । 

 

वि.सं. २०४२ मा निर्मित मन्दिर जीर्ण बनेपछि पुनःनिर्माण गरिएको हो । प्यागोडा शैलीको मन्दिरमा श्रीराम अङ्कित कालीगण्डकी नदीका शिला (ढुङ्गा) र सालको काठ प्रयोग गरिएको छ । सालको काठमा आर्कषक कला कुँदेर मन्दिरका टुँडाल, झ्याल, ढोका बनाइएको छ । 

 

मन्दिर निर्माणको काम भक्तपुरका दक्ष कालीगढले गरेका हुन् । प्राचीन नेपाली कला र शैली झल्कने गरी बनाइएको मन्दिरमा ६४ टुँडालमा विभिन्न देवी, देवताका आकृति कुँदिएका छन् । 

 

मन्दिरमा भगवान मुक्तिनाथ, श्रीरङ्गनाथ, श्रीवेङ्कटनाथ, श्रीदेवी, भूदेवी र नीलादेवीका मूर्ति राखिने जनाइएको छ । 


थप समाचार

आज राति राति १०ः४५ बजेदेखि बिहान ५ः४५ बजेसम्म मृगशिरा उल्का वर्षा

  • 10 hours ago
आज राति राति १०ः४५ बजेदेखि  बिहान ५ः४५ बजेसम्म मृगशिरा उल्का वर्षा

हेलीको पुच्छेताराका कारण हुने मृगशिरा उल्का वर्षा आज राति १०ः४५ बजेदेखि सोमबार बिहान ५ः४५ बजेसम्म देखिने भएको छ ।

बस दुर्घटनामा ३२ घाइते

  • 10 hours ago
बस दुर्घटनामा ३२ घाइते

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनीमा आज अपराह्न भएको बस दुर्घटनामा ३२ जना घाइते भएका छन् ।

नेकपा सचिवालय बैठक : आन्तरिक विषयमा छलफल

  • 10 hours ago
नेकपा सचिवालय बैठक : आन्तरिक विषयमा छलफल

दशैँअघि पटक पटक स्थगन हुँदै आएको नेपाल कम्युनिष्ट पार्टीको आजको सचिवालय बैठकमा अहिले प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ ।



भिडियो

प्रेम र यौन

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

आजकल जिन्दगीमा सेक्स यस्तो रोमाञ्चक विषय बनेको छ कि जोकोही यसको बारेमा खुलेर जान्न चाहान्छ । सेक्सलाई लिएर मनमा धेरै नकारात्मक कुराहरु पनि हुने गर्छन् । जुनका कारण पनि मानिसहरु जिन्दगीमा खुसी देखिदैनन् ।

विचित्र विश्व

एयरपोर्टमा जाँच गर्दा भेटिएका अनौठा चीज !

एयरपोर्टमा जाँच गर्दा भेटिएका अनौठा चीज  !

एजेन्सी । तपाईले पनि सुन्नु वा देख्नुभएको होला एयरपोर्टमा सेक्युारीटी वा क्यामराले यस्ता चीजहरु फेला पारेका हुन्छन् जसले आममानिसको होस उडाउँछ ।