सोमबार बर्मिङहममा तीजगीत प्रतियोगिता हुंदै, राष्ट्रिय कलाकारहरुले पनि प्रस्तुति गर्ने

  • बिहीबार, १४ भदौ, २०७५
  • 2 months ago
  • युके

 

लण्डन । शान्ति नेपाली समाज बेलायतको आयोजनामा आउंदो सेप्टेम्बर ३ तारिख सोमबार बर्मिङहममा तीजगीत प्रतियोगिता आयोजना हुने भएको छ । साथमा नेपालबाट आएका ख्यातिप्राप्त कलाकारहरुको विशेष प्रस्तुतिमा 'तीज धमाका' समेत हुने भएको छ । 

 

बर्मिङहमको ह्याग्ली रोडमा अवस्थित रिजेनी ब्यांकेटिङ हलमा दिउंसो २ बजेदेखि कार्यक्रम सुरु हुंदैछ । हिन्दू नारीहरुको महान पर्व तीजका अवसरमा हरेक वर्ष विशेष कार्यक्रम गर्दै आएको शान्ति नेपाली समाजले यसपटक तीजगीत प्रतियोगिता समेत सञ्चालन गर्न लागेको हो । 

 

'बेलायतका धेरै ठाउंमा हुंदै आएका तीज कार्यक्रमहरुमा मनोरञ्जनलाई मात्रै महत्व दिइयो, तर मौलिक तीजका भाकाहरु ओझेलमा परेको देखियो । मनोरञ्जनका साथसाथै हाम्रा मौलिक गीतहरुको पनि संरक्षण र प्रबर्द्धन गर्नुपर्छ भन्ने उद्धेश्यले प्रतियोगिताको आयोजना गर्ने सोंच बनाएका हौं', शान्ति नेपाली समाज बेलायतका अध्यक्ष कृष्ण ढकालले भने । 

 

बेलायतव्यापी प्रतियोगिताको अवधारणा बनाएको भएपनि यस वर्षको पहिलो प्रतियोगितामा मिडल्याण्ड क्षेत्रका टोलीहरुले मात्र नाम दर्ता गराएको जनाउंदै अध्यक्ष ढकालले आगामी वर्षहरुमा बेलायतभरबाट सहभागिता गराउने गरी कार्यक्रम गरिने बताए । 

 

यसपटक प्रतियोगितामा बर्मिङहम, नटिङहम, लेस्टर, वुल्भरह्याम्पटन लगायतका मिडल्याण्डका सबैजसो क्षेत्रबाट कुल ६ टोलीहरुले सहभागिताका लागि नाम दर्ता गराएका छन् । प्रतियोगिताको विजेता टोलीले नगद ३ सय तथा दोस्रो र तेस्रो हुनेले २ सय र १ सय पाउण्ड नगद र प्रमाणपत्रसहितको  पुरस्कार प्राप्त गर्नेछन् । 

 

हरेक प्रतियोगी टोलीमा गाउने, नाच्ने, बजाउने गरी बढिमा १० जना सदस्य रहनेछन् । उनीहरुले १० मिनेटको समयभित्र आफ्नो प्रस्तुति देखाइसक्नुपर्नेछ ।प्रस्तुतिहरुको मुल्यांकन गरी विजेताहरु चयन गर्ने जिम्मा ६ सदस्यीय निर्णायक समुहले पाएको छ । प्रतियोगीहरुले प्रस्तुत गर्ने मौलिक तीज गीतका अलावा उनीहरुको नृत्य, पोशाक, हाउभाउ , अनुशासन लगायतलाई आधार बनाएर निर्णायकले विजेता चयन गर्नेछन् । 

 

कार्यक्रमको पहिलो चरणमा प्रतियोगिता सञ्चालन भइसकेपछि दोस्रो चरणमा नेपालबाट आएका चर्चित कलाकारहरुको प्रस्तुतिमा तीज धमाकाको कार्यक्रम रहनेछ । शान्ति नेपाली समाजकै निमन्त्रणामा आएका गायिकाद्धय कला लम्साल र सिर्जु अधिकारीका साथै अहिले बेलायतमै रहेका गायकद्धय विमलराज क्षेत्री र रमेशराज भट्टराईले कार्यक्रममा प्रस्तुति गर्नेछन् ।

 

त्यसबाहेक विभिन्न तीजगीतहरु बजाएर डिजे डान्स समेत गराइनेछ । कार्यक्रममा लाखे नाच लगायतका केहि मौलिक सांस्कृतिक प्रस्तुतिहरु पनि देखाउने तयारी गरिएको छ । 

 

कार्यक्रममा सहभागिताको लागि सबै महिला तथा ५ दखि १० वर्षसम्मका बालबालिकालाई ८ पाउण्ड र पुरुषहरुको लागि १२ पाउण्डको टिकट राखिएको छ । 

 

कार्यक्रममा सहभागिताका लागि शान्ति नेपाली समाजले बेलायतबासी सबै नेपालीहरुलाई आग्रह गरेको छ । 

 


थप समाचार

स्टेफन बार्कले बेलायतका नयां ब्रेक्जिट मन्त्री

  • 1 hour ago
स्टेफन बार्कले बेलायतका नयां ब्रेक्जिट मन्त्री

ब्रेक्जिट मामिला मन्त्री डोमिनिक राबले विहिबार राजिनामा दिएपछि रिक्त ठाउंको जिम्मेवारी स्टेफन बार्कलेलाई दिइएको छ ।

तमु धि यूकेको नेतृत्वमा आए नन्दजंग

  • 2 hours ago
तमु धि यूकेको नेतृत्वमा आए नन्दजंग

लण्डन । बेलायतको सबैभन्दा ठूलो नेपाली जातीय संस्था तमु धि यूकेको नेतृत्व नन्दजंग गुरुङको कांधमा आएको छ ।

संरक्षित वन्यजन्तुकाे दाह्रासहित ६ जना पक्राउ

  • 10 hours ago
संरक्षित वन्यजन्तुकाे दाह्रासहित ६ जना पक्राउ

काठमाडौं । संरक्षित वन्यजन्तुको दाह्रासहित प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

यसरी बस्दै नबस्नुहोस्...

यसरी बस्दै नबस्नुहोस्...

हरेकको आफ्नो आफ्नो बस्ने तरिका हुन्छ । प्राय जसो मानिसहरु लेग क्रस गरेर बस्ने गर्छन् । यो बस्ने तरिकाले शरिरलाई हानी गर्छ । लेग क्रस गरेर बस्नाले तपाईलाई बिमारी समेत बनाउन सक्छ । यसरी बस्नाले शरिरमा यस्ता हानीहरु हुने गर्छ ।

विचित्र विश्व

विश्वकै खतरनाक मार्गहरु

विश्वकै खतरनाक मार्गहरु

संसारमा यस्ता धेरै ठाउँहरु रहेका छन् जसको मार्ग आश्चर्य चकित पार्ने तथा खतरनाक खालका रहेका छन् । आज पनि यी मार्गहरु मानिसहरुले प्रयोग गर्ने गरेका छन् ।