धितोपत्र दलाल कम्पनीलाई शेयर कारोबारमा रोक

  • आइतबार, ३ भदौ, २०७५
  • 3 months ago
  • अर्थ

काठमाडौँ ।  नेपाल स्टक एक्सचेञ्जले दुई धितोपत्र दलाल कम्पनीलाई शेयर कारोबारमा रोक लगाएको छ । 

 

नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार ती कम्पनीलाई कारोबार गर्न रोक लगाइएको हो । एबिसी सेक्युरिटिज प्रालि (ब्रोकर) नं १७० र मार्केट सेक्युरिटिज प्रालि (ब्रोकर नं ५) को कारोबारमा रोक लगाइएको हो । 

 

बोर्डको नियमअनुसार ०ं६ प्रतिशत नियामक शुल्क भुक्तानी गर्नुपर्नेमा सो नबुझाएको पाइएको छ । नेपाल धितोपत्र व्यवसायी नियमावाली २०६४ को नियम ३२ अनुसारको दस्तुर बुझाउन अटेर गरेका कारण कारोबारमा रोक लगाइएको स्टकले जनाएको छ । 

 

आठ प्रतिशत नगद लाभांश 

 

यस्तै आइसिएफसि फाइनान्स लिमिटेडले आठ प्रतिशत नगद लाभांश दिने जानकारी स्टकलाई गराएको छ । संस्थाले आर्थिक वर्ष २०७४÷७५ को मुनाफाबाट सो मात्राको लाभांश दिने प्रस्ताव राखेको हो । 

 

संस्थाको हालै बसेको सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो । प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ । 

 

स्वरोजगार लघुवित्तको २० प्रतिशत बोनस 

 

स्वरोजगार लघुवित्त वित्तीय संस्थाले २० प्रतिशत बोनस शेयर दिने भएको छ । गत साउन ३१ गतेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको संस्थाले स्टकलाई जानकारी गराएको छ । 

 


थप समाचार

बेल्जियम जाने भएपछि विमल घर्तीमगरले 'ए' डिभिजन लिगका बाँकी खेल नखेल्ने

  • 4 minutes ago
बेल्जियम जाने भएपछि विमल घर्तीमगरले 'ए' डिभिजन लिगका बाँकी खेल नखेल्ने

काठमाडौँ । नेपाली युवा स्ट्राइकर विमल घर्तीमगर ‘ट्रायल’का लागि बेल्जियम जाने भएपछि ‘ए’ डिभिजन लिगका बाँकी खेल नखेल्ने भएका छन् ।

फलफुल बाेकेकाे मिनिट्रक दुर्घटना, चालक गम्भीर घाइते

  • 24 minutes ago
फलफुल बाेकेकाे मिनिट्रक दुर्घटना, चालक गम्भीर घाइते

प्यूठान । बडडाँडा–दर्भान सडकखण्ड अन्तर्गत पाकुरी खोलामा फलफुल बोकेको मिनिट्रक दुर्घटना हुँदा एकजना गम्भीर घाइते भएका छन् ।

अन्ततः प्रहरीको फन्दामा परे साइको किलर सुनिल

  • 37 minutes ago
अन्ततः प्रहरीको फन्दामा परे साइको किलर सुनिल

एजेन्सी । हाम्रो छिमेकी राष्ट्र भारतमा पनि बलात्कार र हत्या लगाएतका जघन्य अपराधहरुले सीमा नाघिसकेको छ ।



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

मंगलबार जन्मनेहरुको स्वभाव कस्तो ?

मंगलबार जन्मनेहरुको स्वभाव कस्तो ?

मंगलबार जन्मेका व्यक्तिहरु निकै बहादुर, स्मार्ट र एक्टिभ हुने गर्दछन् । यी व्यक्तिहरु अरु मानिसहरुलाई सहयोग गर्न सधैँ तत्पर रहन्छन्, उनीहरुको स्वभाव परोपकारी किसिमको हुने गर्दछ । यी व्यक्तिहरु आफ्नो हरेक काम निकै गम्भीरताका साथ गर्ने गर्दछन् ।