IIMS College

ISMT

HUB Education

शेयर बजारमा बुधबार २३ अंककाे गिरावट

सांकेतिक तस्वीर
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौँ । धितोपत्र बजारमा आज शेयरको मूल्यमा उच्च अङ्कको गिरावट आएको छ । सोमबार र मङ्गलबार बढेको बजार आज भने करिब २३ अङ्कले घटेको हो । 

 

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक २२ दशमलव ८ अङ्कले घटेर एक हजार ११८ दशमलव १९ बिन्दुमा पुगेको हो । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत आज चार दशमलव ९१ बिन्दुले घटेर २३७ दशमलव ७८ बिन्दुमा झरेको छ । 

 

कूल १५६ कम्पनीको ११ लाख ६८ हजार २३३ कित्ता शेयर रु. ३७ करोड ७२ लाख ८६ हजार २७९ मूल्यमा खरीद बिक्री भएको स्टकले जनाएको छ । कारोवार भएको दश उपसमूह सबैको शेयर मूल्य घटेको छ । 

 

बैंकिङ १५ दशमलव २२, होटल १० दशमलव ७३, विकास बैंक ३३ दशमलव ८८, जलविद्युत् २१ दशमलव २४, वित्त दुई दशमलव चार, निर्जीवन बीमा १८५ दशमलव २६, उत्पादन २५ दशमलव ४७, अन्य २८ दशमलव शून्य आठ, लघुवित्त ३० दशमलव ४१ र जीवन बीमा ९६ दशमलव शून्य एक बिन्दुले घटेको छ । 

 

घटेको बजारमा हाथवे फाइनान्स कम्पनी, दिव्येश्वरी हाइड्रोपावर कम्पनी, तिनाऊ डेभलपमेन्ट बैंकका शेयरधनीले भने कमाएका छन् । राधी विद्युत् कम्पनी, हिमालयन डिस्टिलरी, सपोर्ट माइक्रो फाइनान्स वित्तीय संस्था, कालिका लघुवित्त वित्तीय संस्था, नेशनल हाइड्रोपावर कम्पनी, नेरुडे लघुवित्त वित्तीय संस्था, युनाइटेड इन्स्योरेन्स कम्पनीका शेयरधनीले बढी गुमाएका छन् । 


थप समाचार

तमोरको पानी डाँडामा पुगेपछि...

  • 16 seconds ago
तमोरको पानी डाँडामा पुगेपछि...

पाँचथर । तमोर नदीको पानीलाई १७ किलोमिटर माथि डाँडामा पु¥याई गाउँगाउँमा वितरण गर्नु सामान्य कुरा थिएन । प्रविधिको उपयोगले जब यो कार्य सार्थक भयो, नागरिकका घरघरमा खानेपानी पुग्यो । खानेपानीको अभावमा काक

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा नेकपा बैतडी जिल्ला अध्यक्ष शुरेन्द्र पालले खाए सलामी

  • 3 minutes ago
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा नेकपा बैतडी जिल्ला अध्यक्ष शुरेन्द्र पालले खाए सलामी

बैतडी । बैतडी जिल्लाको डिलाशैनी गाउँपालिकामा पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । सोमबार उद्घाटन भएको उक्त प्रतियोगितामा पालिका भित्रका ११ ओटा माध्यमिक विद्यालयका विद्यार्थी हर

ईन्द्रेणी टिमलाई बेलायत ल्याउंदै गुल्मी जिल्ला समाज यूके

  • 9 minutes ago
ईन्द्रेणी टिमलाई बेलायत ल्याउंदै  गुल्मी जिल्ला समाज यूके

लण्डन । प्रत्यक्ष लोकदोहोरीमार्फत देशविदेशका नेपालीमाझ ठूलो लोकप्रियता कमाउन सफल कार्यक्रम ईन्द्रेणीको टिम बेलायत आउने भएको छ ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

हाम्रो शरीरलाई दैनिक कति मात्रामा क्याल्सियम आवश्यक पर्छ ?

हाम्रो शरीरलाई दैनिक कति मात्रामा क्याल्सियम आवश्यक पर्छ ?

काठमाडौं । विशेषगरि क्याल्सियम हाम्रो शरीरका हड्डीमा पाइन्छ । यसको मुख्य कामहड्डीलाई मजबूत पार्नु हो । क्याल्सियमको कारणले गर्दा नै मुटु, मांसपेशी, रगत तथा स्नायुकोषहरुले पनि शरीरमा स्वस्थ रुपमा काम गरिरहेका हुन्छन् ।

विचित्र विश्व

जन्मिए लगत्तै रिसाएकी यी बच्ची

जन्मिए लगत्तै रिसाएकी यी बच्ची

एजेन्सी । सामाजिक सञ्जालमा एउटा भर्खर जन्मिएको बच्चीको तस्बिर भाइरल भइराखेको छ । कारण उनले जन्मिए लगत्तै देखाएको रिस । उनको यही रिस देखाएको तस्बिर विश्वभर भाइरल भएको छ ।