सात दशमलव ५७ विन्दुले घटेर शेयर बजारकाे ओरालो यात्रा जारी

सांकेतिक तस्वीर

काठमाडौँ । धितोपत्र बजारमा आज शेयरको मूल्य ओरालो लागेको छ । 

 

मङ्गलबार उच्च अङ्कले बजार वृद्धि भएको भए पनि आज त्यो क्रम अगाडि बढ्न सकेन । 

 

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवारमापक नेप्से परिसूचक ७ दशमलव ५७ विन्दुले घटेर एक हजार १८७ दशमलव ९७ विन्दुमा झरेको छ । 

 

यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक आज दुई दशमलव ०५ विन्दुले घटेर २५१ दशमलव ५० विन्दुमा पुगेको छ । 

 

स्टकका अनुसार आज कूल १६९ कम्पनीको १७ लाख ४४ हजार १८७ कित्ता शेयर रु ५३ करोड ६ लाख ५१ हजार ४३५ मूल्यमा खरीद बिक्री भयो । 

 

आज कारोवार भएका कूल एघार उपसमूहमध्ये तीन उपसमूहको शेयर मूल्यमा वृद्धि भए भने आठ उपसमूहको शेयर भने आज घटेका छन् । 

 

व्यापार एक दशमलव ८६,जलविद्युत् २२ दशमलव ८३, उत्पादन दुई दशमलव ८९ विन्दुले बढेका छन् । 

 

बैंकिङ पाँच दशमलव दुई, होटल दुई दशमलव ४४, विकास बैंक एक दशमलव ४१, फाइनान्स दुई दशमलव ३२, निर्जीवन बीमा ११२ दशमलव १८, अन्य १२ दशमलव ६१, लघुवित्त १५ दशमलव ६८ र जीवन बीमा ७३ दशमलव शून्य चार विन्दुले घटेका छन् । 

 

घटेको बजारमा माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी, नेपाल हाइड्रो डेभपलर्स, माहुली सामुदायिक लघुवित्त वित्तीय संस्था, साङ्ग्रिला डेभलपमेन्ट बैंक, सिटी एक्सप्रेस फाइनान्स कम्पनी, श्रीराम सुगर मिलका शेयरधनीले आज कमाएका छन् । 

 

एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था, मिसन डेभपमेन्ट बैंक, बुटवल पावर कम्पनी, सेन्ट्रल फाइनान्स कम्पनी, हिमालयन पावर पार्टनरका शेयरधनीले आज गुमाएका छन् ।


थप समाचार

नेपालमा ८.५ रेक्टर स्केलको भुकम्प जानसक्ने सम्भावनाः अनुसन्धानकर्ता

  • 13 minutes ago
नेपालमा ८.५ रेक्टर स्केलको भुकम्प जानसक्ने सम्भावनाः अनुसन्धानकर्ता

एजेन्सी । हिमालय क्षेत्रमा शक्तिशाली भुकम्प जाने प्रवल सम्भावना रहेको भारतीय वैज्ञानिकहरुले बताएका छन् ।

राष्ट्रपति चीन प्रस्थान गर्न लाग्दा उपत्यकाको सवारी आवागमन प्रभावित

  • 36 minutes ago
राष्ट्रपति चीन प्रस्थान गर्न लाग्दा उपत्यकाको सवारी आवागमन प्रभावित

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी एकसाता लामो भ्रमणका लागि आज चीन प्रस्थान गर्नै लाग्दा केहीबेर काठमाडौँ उपत्यकाको सवारी आवागमन प्रभावित हुने भएको छ । ‘बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल

राष्ट्रपति भण्डारी आज चीन जाँदै

  • 54 minutes ago
राष्ट्रपति भण्डारी आज चीन जाँदै

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी एकसाता लामो भ्रमणका लागि आज चीन प्रस्थान गर्ने भएकी छिन् । बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेशन सम्मेलनमा सहभागी हुन राष्ट्रपति चीन जाने भएकी हुन् ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

अनुहारमा बरफ दल्नुका फाइदा

अनुहारमा बरफ दल्नुका फाइदा

गर्मी याममा अनुहारमा चमक ल्याउन आइस प्रयोग गर्न सकिन्छ । प्राकृतिक चमक पाउन अनुहारमा नियमित बरफ दल्नुपर्छ ।

विचित्र विश्व

याद गर्नु भएको छ ? घडीको विज्ञापनमा सँधै किन बजेको हुन्छ १०ः१० ?

याद गर्नु भएको छ ? घडीको विज्ञापनमा सँधै किन बजेको हुन्छ १०ः१० ?

एजेन्सी । घडी लगाउनमा हामीमध्ये सवै सौखिन नै हुन्छौ । नयाँ – नयाँ प्रविधिसँगै बजारमा धेरै थरिका घडी पनि पाइन्छन् । हामी घडी किन्छौ लगाउँछौ । र छिनछिनमै समयपनि हेर्छौ ।