एघार कम्पनीको सात अर्ब ५४ करोडको हकप्रद शेयर आउँदै

  • मंगलबार, २९ जेष्ठ, २०७५
  • 7 months ago
  • अर्थ

काठमाडौँ ।  विभिन्न ११ कम्पनीको रु सात अर्ब ५४ करोड ७० लाख २४ हजार ८१ मूल्य बराबरको ७५ करोड ४७ लाख २४० कित्ता हकप्रद शेयर निष्काशनको तयारी गरिएको छ । 

 

ती कम्पनीले नेपाल धितोपत्र बोर्डमा हकप्रद शेयर बिक्रीका लागि आवेदन दिएका छन् । बोर्डका अनुसार उत्पादन क्षेत्रको श्रीराम चिनी उद्योगले ८९ लाख तीन हजार ९४९ कित्ता हकप्रद शेयर निष्काशनका लागि बोर्डमा आवेदन दिएको छ । 

 

सो उद्योगले एक कित्ता बराबर तीन कित्ता शेयर दिने गरी प्रस्ताव गरेको हो । सो उद्योगको हकप्रद शेयरको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ । 

 

यस्तै एनसिसि बैंकले दुई बराबर एक कित्ता शेयर दिने गरी प्रस्ताव गरेको छ । बैंकले रु दुई अर्ब ३३ करोड ९५ लाखको दुई करोड ३३ लाख ९५ हजार कित्ता शकप्रद शेयर बिक्री गर्न लागेको छ । 

 

बोर्डमा दिएको आवेदनअनुसार उन्नती माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले पाँच बराबर एक कित्ता हकप्रद शेयर बिक्री गर्न लागेको छ । बोर्डले सोधको आवश्यक जानकारीसहित पछिल्लो पटक कागजात पेश गरेका चार वित्तीय संस्थाको पनि हकप्रद शेयर बिक्रीको तयारी गरेको छ । 

 

एक बराबर एक कित्ता शेयर बिक्री गर्न लागेको कम्पनीमा स्वदेशी लघुवित्तीय संस्था लिमिटेडले ११ लाख ५० हजार कित्ता शेयर बिक्री गर्न लागेको हो । त्यसको कूल मूल्य रु ११ करोड ५० लाख रहेको छ । एनआइसि एसिया क्यापिटल लिमटिडको सो संस्थाको हकप्रद शेयरको बिक्री प्रबन्ध गर्ने छ । 

 

यस्तै माइक्रोफाइनान्स समूहकै माहुली सामुदायिक लघुवित्त वित्तीय संस्थाले दुई बराबर एक कित्ताको दरले हकप्रद शेयर बिक्री गर्ने तयारीका साथ बोर्डमा आवेदन दिएको छ । रु तीन करोड बराबरको तीन लाख कित्ता हकप्रद शेयर बिक्री गर्न लागिएको छ । सनराइज क्यापिटलले सो संस्थाको हकप्रद शेयर बिक्रीको प्रबन्ध गर्नेछ । 

 

नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाले एक बराबर दुईका दरले रु छ करोड बराबरको ६ लाख कित्ता हकप्रद शेयर बिक्री गर्नेछ । एनएमबी क्यापिटलले बिक्री प्रबन्ध गर्नेछ । 

 

त्यसैगरी रु २५ करोड बराबरको २५ लाख कित्ता हकप्रद शेयर बिक्रीको तयारी गरेको सिटी एक्सप्रेस फाइनान्स कम्पनीले पनि आवश्यक तयारी गरेको छ । एक बराबर एक कित्ता हकप्रद शेयर दिने तयारी गरेको सो संस्थाको हकप्रद शेयर बिक्री प्रबन्धकमा काठमाडौँ क्यापिटल मार्केट रहेको छ । 

 

बीमा समूहको आइएमइ जनरल इन्स्योरेन्सले दश बराबर आठ कित्ता हकप्रद शेयर बिक्री गर्ने तयारी गरेको छ । रु ४३ करोड २० लाख बराबरको ४३ लाख २० हजार कित्ता हकप्रद शेयर बिक्रीको तयारी गरेको छ । ग्लोबल आइएमई क्यापिटल लिमिटेडले हकप्रद शेयरको बिक्री प्रबन्ध गर्नेछ । 

 

प्रोग्रेशिसभ फाइनान्स कम्पनीले एक बराबर दुई कित्ता हकप्रद शेयर बिक्रीको तयारी गरेको छ । रु ५९ करोड एक लाख बराबरको ५९ लाख कित्ता शेयर बिक्रीको तयारी गरिएको छ । सनराइन क्यापिटल सो कम्पनीको शेयर बिक्री प्रबन्धक रहेको छ । 

 

त्यस्तै बोर्डमा आवेदन दिएकामा अपि पावर कम्पनी र एभरेष्ट इन्स्योरेन्स कम्पनी पनि रहेको छ । अपि पावरले एक बराबर दुई कित्ता शेयर दिने तयारी गरेको छ । रु दुई अर्ब १० करोड बराबरको २१ करोड कित्ता हकप्रद शेयर बिक्री गर्नेछ । 

 

एभरेष्ट इन्सोरेन्सले पनि एक बराबर ६ कित्ता हकप्रद शेयर दिने गरी तयारी गरेको छ । रु ७२ करोड ९० लाख बराबरको ७२ लाख ९० हजार कित्ता हकप्रद शेयर बिक्री गर्ने तयारी छ । 

 

अपि पावरको सिद्धार्थ क्यापिटल बिक्री प्रबन्ध गर्नेछ भने एभरेष्टको पनि सोही कम्पनी नै बिक्री प्रबन्धक रहेको छ । 

 


थप समाचार

बिरालो मार्ने ट्याक्सी चालकलाई दुई वर्ष जेल !

  • 8 minutes ago
बिरालो मार्ने ट्याक्सी चालकलाई दुई वर्ष जेल !

काठमाडौँ । बिरालो मारेको कसुरमा मलेसियामा एक जना ट्याक्सी चालकलाई दुई वर्षको जेल सजायको फैसला गरिएको छ। गर्भवती बिरालो मारेको कसुरमा अदालतले बिहीबार ती चालकलाई जेल सजायको फैसला गरेको अधिकारीहरू

ड्युटीमा रहेका हवल्दारलाई गोली प्रहार

  • 34 minutes ago
ड्युटीमा रहेका हवल्दारलाई गोली प्रहार

काठमाडौँ । ड्युटीमा रहेका सप्तरी प्रहरीका एक हवल्दारमाथि बुधबार साँझ गोली प्रहार भएको छ।

जुलुससहित गएका नेता–कार्यकर्ताले पार्टी सभापति र वरिष्ठ पौडेललाई तदर्थ समिति बनाउन दबाब दिए

  • 36 minutes ago
जुलुससहित गएका नेता–कार्यकर्ताले पार्टी सभापति र वरिष्ठ पौडेललाई तदर्थ समिति बनाउन दबाब दिए

काठमाडौँ । नैनसिंह महर नेतृत्वको केन्द्रीय कार्यसमिति तत्काल विघटन गरी तदर्थ समिति बनाउन नेविसंघका नेता तथा कार्यकर्ताले बिहीबार कांग्रेस शीर्ष नेताहरूलाई दबाब दिएका छन् ।



जीवनशैली/स्वास्थ्य

आँखामा यौन रोगको ओखती !

आँखामा यौन रोगको ओखती !

काठमाडौं । पुरुषको लिङ्ग उत्तेजित नहुने समस्या (इरेक्टाइल डिफङ्शन) को उपचारमा प्रयोग गरिने क्रिम हो, ‘भिटारोस’ । अनि आँखा सुख्खा हुन्दा प्रयोग गरिने मलम हो ‘भिटा-पोस’ ।