वर्षकाे पहिलाे दिन शेयर बजारमा ४ दशमलव ७ अंककाे वृद्धि

सांकेतिक तस्वीर
Education Park

काठमाडौँ ।  नयाँ वर्षको पहिलो दिन आज धितोपत्र बजारमा शेयरको मूल्यमा ४.७ विन्दुले बढेको छ । 

 

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक करीब पाँच अङ्कले वृद्धि भई एक हजार १८८.७१ विन्दुमा पुगेको छ ।

 

ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सन्सेटिभ परिसूचक १.१३ विन्दुले बढेर २५४.७७ विन्दुमा पुगेको छ । 

 

आज कूल १६५ कम्पनीको नौ लाख ६४ हजार ५९८ कित्ता शेयर रु. ३० करोड ४५ लाख ७६ हजार ७८२ मूल्यमा खरीद बिक्री भएको छ । 

 

स्टकका अनुसार कारोवार भएका कूल दश उपसमूहमध्ये आज चार उपसमूहको शेयर घटेको छ भने छ उपसमूहको शेयर भने बढेको छ । 

 

जलविद्युत् ५.३२, वित्त २.०१, अन्य ५.२८ र जीवन बीमा ११.२५ विन्दुले घटेको छ । यस्तै बैंकिङ ५.८९, होटल २२.४९, विकास बैंक ४.१३, निर्जीवन बीमा ६.९५, उत्पादन १०.३५, लघुवित्त ४२.४४ विन्दुले बढेको छ । 

 

स्टकका अनुसार नेको इस्योरेन्स कम्पनीको कारोवार आज सबैभन्दा बढी भएको छ । 

 

सो कम्पनीको रु. दुई करोड ७५ लाख ५० हजार २०१, कुमारी बैंक रु. एक करोड ९७ लाख ३८ हजार १८०, एनआइसी एशिया बैंक रु. एक करोड ८३ लाख ४८ हजार ४६८, एभरेष्ट इन्स्योरेन्स कम्पनी रु. एक करोड ६८ लाख ८५ हजार ९७७ मूल्यमा कारोवार भई शीर्ष स्थानमा रहेको छ । 

 

स्टकका अनुसार आज इभरेष्ट इन्स्योरेन्स कम्पनीका शेयरधनीले सबैभन्दा बढी ७.५६ प्रतिशतले बढेको छ । साना किसान विकास बैंकको ६.४५, डिप्रोक्स लघुवित्त वित्तीय संस्था ६.२४, निर्धन उत्थान लघुवित्त वित्तीय संस्था ६.०४, स्वावलम्बन लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ५.९३ प्रतिशतले कमाएका छन् । 

 

यस्तै नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकका शेयरधनीले ६.८९, नाडेप लघुवित्त वित्तीय संस्था ४.४४, विजय लघुवित्त वित्तीय संस्था ४.२१, खानीखोला हाइड्रोपावर कम्पनीका शेयरधनीले  ३.८४ गुमाएका छन् । 


थप समाचार

चुनावी प्रक्रियामा होमियो क्याट यूके, निर्वाचन जुलाई ७ मा

  • 6 hours ago
चुनावी प्रक्रियामा होमियो क्याट यूके, निर्वाचन जुलाई ७ मा

चितवन एड ट्रस्ट (क्याट) यूके चुनावी प्रक्रियामा होमिएको छ । आउँदो जुलाई ७ मा साउथ ईष्ट लण्डनस्थित मेरिडियन क्लब, चार्ल्टनमा हुने संस्थाको आठौं अधिवेसनबाट नयाँ नेतृत्व चुन्नको लागि चुनावी कार्यक्रमहरु

अम्बानीको घरको रहस्य

  • 7 hours ago
अम्बानीको घरको रहस्य

एजेन्सी । धीरुभाई अम्बानीका जेठो छोरा मुकेश अम्बानी अलिबाबाका संस्थापक जैक मा भन्दा पछि एशियाकै सवैभन्दा धनि व्यक्ति हुन् । भनिन्छ अम्बानीको मतलब पैसा नै पैसा हो । तपाईहरुले पनि अम्बानी परिवारको बारेम

बुधबार गर्नुस् यस्ता काम, सधैँ तपाईलाई हुनेछ फलिफाप

  • 7 hours ago
बुधबार गर्नुस् यस्ता काम, सधैँ तपाईलाई हुनेछ फलिफाप

एजेन्सी । यदि तपाईको घरमा आयभन्दा बढी व्यय अर्थात् खर्च भइरहेको छ, घरमा कलेश मचिरहेको छ भने बुधवारका दिन बुध ग्रहलाई पुज्नुहोस्, समस्याबाट राहत मिल्न सक्छ ।



प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

थाहा पाउनुहोस मेथीपानीका यी ५ फाइदा

थाहा पाउनुहोस मेथीपानीका यी ५ फाइदा

एजेन्सी । मेथीको साग र मेथीदानाको उपयोग धेरै तरिकाले गर्न सकिन्छ र यो स्वास्थको लागि पनि धेरै फाइदाजनक हुन्छ ।

विचित्र विश्व

अम्बानीको घरको रहस्य

अम्बानीको घरको रहस्य

एजेन्सी । धीरुभाई अम्बानीका जेठो छोरा मुकेश अम्बानी अलिबाबाका संस्थापक जैक मा भन्दा पछि एशियाकै सवैभन्दा धनि व्यक्ति हुन् । भनिन्छ अम्बानीको मतलब पैसा नै पैसा हो । तपाईहरुले पनि अम्बानी परिवारको बारेमा धेरै कुरा सुन्नु नै भएको होला ।