शेयर बजारमा बढ्न थाल्याे गृहिणीकाे आकर्षण

सांकेतिक तस्वीर

बुटवल । शेयर बजारको केन्द्र बन्न थालेको प्रदेश नं. ५ को अस्थायी राजधानी बुटवलमा गृहिणीले पनि शेयर बजारमा लगानी गर्न थालेका छन् ।

 

गृहिणी, शिक्षक र विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयमा आबद्ध महिला लगानीकर्ताले बुटवलस्थित लिञ्च स्टक मार्केट लिमिटेडमार्फत सो लगानी गरेका हुन् ।

 

उनीहरुले रु. तीन लाखदेखि रु १० लाखसम्म लगानी गरेर लाभांशसमेत लिएको उक्त लिमिटेडका अधिकृत सोनम पाठकले जानकारी दिए ।

 

उनका अनुसार लामो समयका लागि कम जोखिम भएका बैंक, इन्सुरेन्स कम्पनीमा महिला लगानीकर्ताको आकर्षण देखिएको छ ।

 

‘हामीकहाँ लगानी गर्न आउने विभिन्न व्यवसायमा आबद्ध महिलाको भीडभाड नै हुन्छ’, उनले  भने ।

 

विभिन्न क्षेत्र कार्यरत करीब ४० प्रतिशत महिला शेयर बजारमा संलग्न रहेको बताइएको छ । ‘कतिपयले बुझेर लगानी गरेका छन् भने कतिपयले नबुझेर पनि लगानी गरिरहेका छन्’, उनले भने ।

 

उक्त लिमिटेडबाट यससाता झण्डै रु. ६० लाख बराबरको कारोवार भएको छ । गत साता रु. एक करोड बराबरको कारोवार भएको थियो ।

 

त्यस्तै मिडास स्टक ब्रोकिङ कम्पनी लिमिटेडले यस साता रु. ३० लाखको हाराहारीमा कारोवार गरेको छ । गत साता सो कम्पनीले रु. ३८ लाख बराबरको कारोवार गरेको थियो ।

 

‘हाम्रो कार्यालयमा चिकित्सक, इञ्जिनीयर, शिक्षकलगायत लगानीकर्ता आइरहेका छन्’, मिडास स्टक ब्रोकिङ कम्पनी लिमिटेडका विज्ञान बज्राचार्यले भने ।

 

यस्तै दक्षिणकाली इन्भेष्टमेण्ट प्रालिले पनि दैनिक रु. २० लाखको हाराहारीमा कारोवार गर्दै आएको जनाएको छ ।

 

शेयर बजार यो साता उकालो लागेपछि नयाँ लगानीकर्तामा पनि उत्साह थपिएको छ ।


थप समाचार

पश्चिम रुकुममा भएको घटनाका दोषीलाई कारबाही गर्न राष्ट्रियसभा सदस्य अछामीको माग

  • 1 minute ago
पश्चिम रुकुममा भएको घटनाका दोषीलाई कारबाही गर्न राष्ट्रियसभा सदस्य अछामीको माग

काठमाडौँ । राष्ट्रियसभा सदस्य गोपी बहादुर सार्की अछामीले पश्चिम रुकुममा भएको घटनामा संलग्नलाई कारबाही गर्न माग गरेका छन् । शुक्रबार राष्ट्रिय सभाको विशेष समयमा बोल्दै सांसद अछामीले अमानविय अपराधिक घटन

२६ वर्षपछि देखियो पोखरीमा डुबेको गाउँ !

  • 7 minutes ago
२६ वर्षपछि देखियो पोखरीमा डुबेको गाउँ !

एजेन्सी । पोखरीमा डुबेको एउटा गाउँ २६ वर्षपछि देखिएको छ । इटाली सरकारका अनुसार यो वर्षको अन्त्यसम्म वा अर्को वर्षको सुरुवातमा यो मध्यकालिन गाउँ देख्नकालागि पर्यटकहरुलाई अनुमित दिइनेछ ।

अमेरिकी काला अल्पसंख्यक-सिमान्तकृत समुदाय र विद्रोहको बर्तुलकार सिद्दान्त

  • 15 minutes ago
अमेरिकी काला अल्पसंख्यक-सिमान्तकृत समुदाय र विद्रोहको बर्तुलकार सिद्दान्त

चाहे अमेरिकी काला जाति होउन् वा रेड ईण्डियन अल्पसंख्यक नै किन नहुन विद्रोह र मौनताको चक्र ढाँचामै उनीहरुको अभिव्यक्ति चलिरहेको छ । यसलाई प्रतिबिम्बित गर्ने काम मिडियाले गरिरहेकै छन् विविध सामाग्री र क



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

महोत्तरी । हिन्दू मैथिल आज मङ्गलबार घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाउँदैछन् । जेठ शुक्ल एकादशीका दिन धार्मिक महत्वको वनस्पति तुलसीको दल राख्ने परम्परानुसार आज हिन्दू मैथिलका घरघरमा उत्सवकै रूपमा यो पर्व मनाइँदै गरिएको हो ।

विचित्र विश्व

२६ वर्षपछि देखियो पोखरीमा डुबेको गाउँ !

२६ वर्षपछि देखियो पोखरीमा डुबेको गाउँ !

एजेन्सी । पोखरीमा डुबेको एउटा गाउँ २६ वर्षपछि देखिएको छ । इटाली सरकारका अनुसार यो वर्षको अन्त्यसम्म वा अर्को वर्षको सुरुवातमा यो मध्यकालिन गाउँ देख्नकालागि पर्यटकहरुलाई अनुमित दिइनेछ ।