ISMT

HUB Education

नेप्से परिसूचकमा झिनो अङ्ककाे सुधार

Education Park

 

Kathmandu Trade Show

 

काठमाडौँ । सोमबार ओरालो लागेको कारोबार मापक नेप्से परिसूचकमा आज झिनो अङ्कले सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ०.१७ बिन्दुले बढेर एक हजार २७५.९८ अङ्कमा थामिएको छ ।

 

यस्तै ठूला कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक ०.४० बिन्दुले बढेर २७२.८६ अङ्कमा पुगेको छ । स्टकका अनुसार मङ्गलबार कूल १७४ कम्पनीका १५ लाख नौ हजार ८८५ कित्ता शेयर रु ४८ करोड आठ लाख ७६ हजार ९८६ मा खरीद बिक्री भए ।

 

कारोबार भएका १२ उपसमूहमध्ये छ उपसमूहको शेयरमात्र बढ्यो । बैंकिङ २.२६, व्यापार ७.६९, विकास बैंक ३.१७, जलविद्युत् ४.६६ र लघुवित्त ३.५८ बिन्दुले बढ्दा म्युचुअल फण्ड शून्यमा रह्यो भने होटल ५.५१, वित्त १.३, निर्जीवन बीमा ४८.३१, उत्पादन ५.१८ र जीवनबीमा १.१ बिन्दुले घटे । स्टकका अनुसार आज शिवम् सिमेन्टको शेयर रु. तीन करोड ७८ लाख २४ हजार ५२७ मा कारोबार भई शीर्ष स्थानमा रह्यो ।

 

त्यस्तै एनआईसी एसिया रु. दुई करोड ७४ लाख ५५ हजार ७४५, कृषि विकास बैंक रु दुई करोड ५९ लाख ६७ हजार २९७, नेपाल बैंक रु दुई करोड ४९ लाख ४२ हजार ८५५ र प्रभु बैंकको रु एक करोड ४५ लाख ४८ हजार ५७९ मा कारोबार भई अग्रस्थानमा रहे । यसैगरी पाँचथर पावर कम्पनीका शेयर धनीले ९.५२ प्रतिशतले कमाए ।

 

खानीखोला हाइड्रोपावर ९.२३, सिनर्जी पावर डेभलपमेन्ट ७.६९, माउन्टेन हाइड्रो नेपाल लिमिटेड ७.०० र नाग्दी ग्रुप पावर लिमिटेडका शेयरधनीले ६.७२ प्रतिशतले कमाउँदा नेपाल हाइड्रो डेभलपर्सका शेयर धनीले ९.६१, व्लर्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स ५.०५, गुह्वेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स ४.४७, सूर्योदय लघुवित्त वित्तीय संस्था ४.४३ र युनाइटेड मोदी हाइड्रोपावरका शेयरधनीले ४.२७ प्रतिशतले गुमाए । (रासस)


थप समाचार

एक होटेलमा आगलागी हुँदा आठको मृत्यु

  • 5 hours ago
एक होटेलमा आगलागी हुँदा आठको मृत्यु

एजेन्सी । युक्रेनको बन्दरगाह शहर ओडेशामा शनिबार बिहान सबेरै भएको आगलागीमा परी आठ व्यक्तिको मृत्यु हुनको साथै अन्य अन्य १० जना घाइते भएका आपतकालिन सेवा प्रदायक संस्थाले जानकारी दिएको छ ।

कश्मीरमा आंशिक रूपमा टेलिफोन सेवा सुरू

  • 5 hours ago
कश्मीरमा आंशिक रूपमा  टेलिफोन सेवा सुरू

एजेन्सी । भारत प्रशासित कश्मीरमा झण्डै दुई हप्तादेखि बन्द गरिएको फोन सेवालाई आंशिक रूपमा सुरु गरिएको छ । कश्मीर उपत्यकामा अहिले अहिले १७ वटा टेलिफोन एक्सचेन्जमार्फत ‘ल्यान्डलाईन’ सेवा मात्र सञ्चालनमा

अक्षयको ‘मिशन मंगल’ को दोस्रो दिनमा कति कमायो ?

  • 6 hours ago
अक्षयको ‘मिशन मंगल’ को दोस्रो दिनमा कति कमायो ?

एजेन्सी । अक्षयले पछिल्लो समय जुन फिल्म पनि गरेका छन्, त्यसमा देशभक्ति झल्किएको हुने गर्दछ । उनको फिल्म ‘मिशन मंगल’ विहिबार बाट प्रदर्शनमा आएको छ ।



प्रेम र यौन

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

एजेन्सी । यौनको कमि, साथीसँगको नराम्रो सम्बन्ध तथा आत्मविश्वासको कमि जस्ता कुराहरुले महिलाको स्वस्थ्यमा असर पुग्ने देखिन्छ । लाइफस्ट्याल कोच ‘लुक कुटिनो’ का अनुसार एक महिलाले जीवनमा यी तीन चीजको कमि रहेमा राम्रो सोच्न नसक्ने बताउँछन् । यौनको असन्तुष्टीलाई मेटाउने एक मात्र विकल्पको रुपमा हस्तमैथुन रहेको छ । यसै हस्तमैथुन किन महिलाको लागि फाइदाजनक छ भनेर चर्चा गरौं ।

जीवनशैली/स्वास्थ्य

तौल बढेर हैरान हुनुहुन्छ ? एक कप चिया पिएर तौल घटाउनुहोस

तौल बढेर हैरान हुनुहुन्छ ? एक कप चिया पिएर तौल घटाउनुहोस

एजेन्सी । आफ्नो शरीरको चिन्ता सबै व्यक्तिलाई हुने गर्दछ । हरेक व्यक्ति वजन कम या आफ्नो तौललाई नियन्त्रणमा राख्न चाहन्छन् । बढ्दो वजन धेरै रोगको कारण पनि बन्ने गर्दछ ।

विचित्र विश्व

६ वर्षका बालकले ३ हजारभन्दा बढि पटक ‘पुश अप’ लगाएपछि...

६ वर्षका बालकले ३ हजारभन्दा बढि पटक ‘पुश अप’ लगाएपछि...

एजेन्सी । रुसका ६ बर्षीय बालक इब्राहिम ल्यानोभले अनौठो रेकर्ड बनाएका छन् । उनले दुई घण्टामा ३२७० ‘पुश अप’ लगाएर नौलो रेकर्ड बनाए । उक्त रेकर्डलाई ‘रशियन बुक अफ’ रेकर्ड्समा सामेल गराइएको छ । यसैगरि उनी सामाजिक सञ्जालमाभाइरल भएका छन् ।