नेप्से परिसूचक आज फेरि ओरालो

सांकेतिक तस्वीर
Education Park

काठमाडौँ । साताको सुरुआतदेखि नै अस्थिर रहेको धितोपत्र बजारमा नेप्से परिसूचक आज फेरि ओरालो लागेको छ । नेप्से परिसूचक ०.२० बिन्दुले घटेर एक हजार २५८.४६ अङ्कमा पुगेको छ । त्यस्तै ठूला कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक भने ०.२३ बिन्दुले बढेर २७०.५२ बिन्दुमा पुगेको छ ।

 

नेप्से परिसूचक घटेसँगै कारोबार रकममा पनि गिरावट आएको छ । स्टकका अनुसार आज १६९ कम्पनीका नौ लाख ८० हजार ९१९ कित्ता शेयर रु. ३० करोड ४१ लाख ८९ हजार ६४५ मा खरीद बिक्री भए । 

 

कारोबार भएका ११ उपसमूहमध्ये विकास बैंक ५.४२, वित्त २.८६, उत्पादन ७.९१, अन्य २.२४ र जीवन बीमा १४.२४ बिन्दुले बढेको छ । यसैगरी बैंकिङ १.०६, होटल ३.४७, जलविद्युत् १.७३, निर्जीवन बीमा ३०.२८, लघुवित्त १.६५ र सामूहिक लगानी कोष ०.०३ बिन्दुले घटेको छ । 

 

स्टकका अनुसार एनआइसी एसिया बैंकको शेयर सबैभन्दा बढी कारोबार भई शीर्ष स्थानमा रहेको छ । एनआइसी एसिया बैंकको रु. दुई करोड १७ लाख ५४ हजार ६८३, प्रभु बैंक लिमिटेडको रु दुई करोड तीन लाख ३५ हजार १०४, नेपाल बैंक लिमिटेडको रु. एक करोड ८० लाख तीन, नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको संस्थापक शेयर रु. एक करोड ४९ लाख ५३ हजार ५० र तारागाउँ रिजेन्सी होटल लिमिटेडको शेयर रु. एक करोड ३४ लाख ६१ हजार ६१५ मा कारोबार भई शीर्ष स्थानमा रहे । 

 

घटेको बजारमा मल्टीप्रपोज फाइनान्स कम्पनीका शेयरधनीले ९.६९, उन्नति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड ६.५१, कालिका पावर कम्पनी लिमिटेड ५.४३, गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड ४.८२ र साङ्ग्रीला विकास बैंकका शेयरधनीले ४.०० प्रतिशतले कमाए । 

 

घलेम्दी हाइड्रोपावर लिमिटेडका शेयरधनीले ३.५७, समता माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड ३.१९, सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड ३.१०, नेपाल हाइड्रो डेभलपर लिमिटेड ३.१० र दिव्यश्वरी हाइड्रोपावर लिमिटेडका शेयरधनीले २.७३ प्रतिशले गुमाए । (रासस)


थप समाचार

'सवारी नविकरण करको जरिवाना १०० प्रतिशत बढाउने होइन, बरु जनताको करले मोज गर्न छोड्नुस्'

  • 2 minutes ago
'सवारी नविकरण करको जरिवाना १०० प्रतिशत बढाउने होइन, बरु जनताको करले मोज गर्न छोड्नुस्'

मोटरसाइकलको कर तिर्नको लागि भनेर शुक्रबार बिहान चन्द्रागिरी नगरपालिका गुर्जुधारास्थित यातायात व्यवस्था कार्यालय पुगियो । तर, कार्यालयमा पुगेपछि थाहा भयो कर तेब्बर तिर्नुपर्ने पो भएछ । अघिल्लो वर्ष जेठ

त्रिभुवन विश्वविद्यालयका पूर्व कर्मचारी रामबहादुर पाण्डेले आत्महत्या गरे

  • 13 minutes ago
त्रिभुवन विश्वविद्यालयका पूर्व कर्मचारी रामबहादुर पाण्डेले आत्महत्या गरे

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका पूर्व कर्मचारी रामबहादुर पाण्डेले आत्महत्या गरेका छन्।

डिभोर्स गरेका अभिनेत्रीहरुसँग विवाह गरेका अभिनेताहरु

  • 27 minutes ago
डिभोर्स गरेका अभिनेत्रीहरुसँग विवाह गरेका अभिनेताहरु

बलिउडमा केही यस्ता घटनाहरु भए जसले गर्दा एउटा ट्रेड बस्न गयो । केही सेलिब्रिटीहरुले डिभोर्स गरेर बसेका अभिनेत्रीहरुसँग लगनगाँठो कसे । उनीहरुले अरुको कुराहरुलाई प्रवाह नगरी उक्त निर्णय लिएका थिए ।



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

१२० वर्षीय बाबा शिवानन्द: चिल्लो भोजनबाहेक बाबा सेक्सदेखि पनि परै रहन्छन्

१२० वर्षीय बाबा शिवानन्द: चिल्लो भोजनबाहेक बाबा सेक्सदेखि पनि परै रहन्छन्

एजेन्सी । बनारसमा बस्दै आइरहेका १२० वर्षीय बाबा शिवानन्दको देखेर लाग्छ कि यति लामो पनि सम्भव रहेको छ । बाबा शिवानन्द तीन बजे बिहान उठ्ने गर्छन् । उठेर उनी स्नान गर्छन् र ध्यान बस्छन् । त्यसपछि एकधण्टासम्म योग गर्ने काम गर्छन् ।