सामान्य अंकले घट्याे शेयर बजार

सांकेतिक तस्वीर
Education Park

काठमाडौँ । बुधबार ओरालो लागेर बन्द भएको शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक आज पनि सामान्य अङ्कले घटेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार कारोबार मापक नेप्से परिसूचक शून्य दशमलव ६२ बिन्दुले घटेर एक हजार २४८ दशमलव ५३ मा पुगेको छ । 

 

यस्तै ठूला कम्पनीका शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव शून्य एक अङ्कले घटेर २६८ दशमलव ३२ मा पुगेको छ । परिसूचक ओरालो लाग्दा कारोबार रकम पनि औषतमा समेटिएको छ । कूल १७२ कम्पनीको १६ लाख ५४ हजार २५१ कित्ता शेयर रु. ४६ करोड ३६ हजार ५७१ मा कारोवार भए । कारोवार भएका ११ मध्ये दुई उपसमूहको शेयर उकालो लागेको छ । बैंकिङ एक दशमलव नौ र जलविद्युत् एक दशमलव २७ अङ्कले बढेको छ ।

 

यस्तै होटल २० दशमलव ४४, विकास बैंक तीन दशमलव ५२, वित्त शून्य दशमलव ६१, निर्जीवन बीमा २ दशमलव ९९, उत्पादन १९ दशमलव २८, अन्य २ दशमलव १२, लघुवित्त ५ दशमलव ५३, जीवन बीमा २४ दशमलव ४ र सामूहिक लगानी कोष शून्य दशमलव शून्य सात अङ्कले घटेको छ । स्टकका अनुसार कारोबार रकमका आधारमा आज नेपाल बैंक लिमिटेड शीर्षस्थानमा रह्यो । सो बैंकको रु पाँच करोड २९ लाख ६२ हजार २७६ मूल्यमा खरीद बिक्री भयो ।

 

यस्तै शिवम् सिमेन्ट रु. तीन करोड २० लाख दुई हजार १८९, सिभिल बैंक रु. एक करोड ७७ लाख ४२ हजार १६७, एनआइसी एशिया बैंक रु. एक करोड ७४ लाख १७ हजार ८०७, एनसिसी बैंक रु. एक करोड ४६ लाख एक हजार ८१९ र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रु एक करोड ४५ लाख ५३ हजार ४२७ मा कारोवार भई शीर्षस्थानमा रह्यो । 

 

परिसूचक घट्दा नाडेप लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ४ दशमलव ७३ प्रतिशतले कमाए । यस्तै श्री इन्भेष्टमेन्ट फाइनान्स ३ दशमलव २५, घलेम्दी हाइड्रो २ दशमलव ३३, आइएमई जनरल इन्स्योरेन्स २ दशमलव २७, गुँरास लघुवित्त वित्तीय संस्था २ दशमलव शून्य चार र एनआइबीएल समृद्धि फण्ड १ का लगानीकर्ताले एक दशमलव ९९ प्रतिशतले कमाए । 

 

यस्तै मल्टिप्रपोज फाइनान्स कम्पनी ५ दशमलव ६७, लक्ष्मी लघुवित्त वित्तीय संस्था ५ दशमलव १०, इन्फिनिटी लघुवित्त वित्तीय संस्था ४ दशमलव ३४, जोशी हाइड्रोपावर ३ दशमलव ७९, ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था ३ दशमलव ६२ र गुँरास लाइफ इन्स्योरेन्स कम्पनीका शेयरधनीले ३ दशमलव ५१ प्रतिशतले गुमाए । 

 

हिमालय बैंकको तीन अर्बको ऋणपत्र बिक्री हुने

 

हिमालयन बैंकले आगामी साउन २ गतेदेखि रु तीन अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र बिक्री गर्ने भएको छ । बैंकले आज एक आह्वानपत्र सार्वजनिक गर्दै प्रतिकित्ता रु. एक हजारका दरले ऋणपत्र बिक्री गर्न लागेको जनाएको हो । ऋणपत्र बिक्री बन्द छिटोमा आगामी साउन ६ र ढिलोमा साउन ३१ गतेसम्म तोकिएको छ । 

 

कूल बिक्री गर्न लागिएको ऋणपत्रमध्ये ४० प्रतिशत अर्थात् रु एक अर्ब २० करोड बराबर सर्वसाधारणलाई र रु एक अर्ब ८० करोड संस्थापक लगानीकर्तालाई छुट्याइएको छ । 

 

ऋणपत्र खरीद गर्न चाहनेले न्यूनतम २५ देखि अधिकतम ३० लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । ऋणपत्रको ब्याजदर १० प्रतिशत रहेको छ । सात वर्षपछि परिपक्व हुने सो ऋणपत्रबाट उठ्ने रकम बैंकले कर्जा सापटी र तरलता व्यवस्थापनमा लगानी गर्ने आह्वान पत्रमा उल्लेख छ । (रासस) 


थप समाचार

तत्काल बाढीपीडितको उद्धार र राहतमा केन्द्रित हुन मन्त्री यादवको निर्देशन

  • 2 minutes ago
तत्काल बाढीपीडितको उद्धार र राहतमा केन्द्रित हुन मन्त्री यादवको निर्देशन

लहान, । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले बाढीपहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै तत्काल बाढीपीडितको उद्धार र राहतमा केन्द्रित हुन सिरहाका कार्यालय प्रमुख तथा सुरक्षा निकायका प्रम

जहाँ भाडामा ब्वाईफ्रेण्ड पाइन्छ

  • 31 minutes ago
जहाँ भाडामा ब्वाईफ्रेण्ड पाइन्छ

एजेन्सी । जापानमा एउटा नयाँ बिजनेश सूरु भएको छ जहाँ ब्वाईफ्रेण्डलाई भाडामा दिने गरिन्छ । यो सर्भीसको नाम रोजशिप दिइएको छ । यस सर्भिसलाई युवतीहरु घण्टा वा दिनका हिसाबले उपभोग गर्छन् । सर्भीसका

चितवनका साढे ९ हजार भूकम्प प्रभावितको पुनः जाँच

  • 45 minutes ago
चितवनका साढे ९ हजार भूकम्प प्रभावितको पुनः जाँच

चितवन । जिल्लामा नौ हजार ५६९ भूकम्प प्रभावितको छुट तथा पुनः जाँच गरिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (भवन) चितवनले दिएको जानकारीअनुसार कार्यालयमा आएका १० हजार निव



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

के हो लुपस ? यस्ता छन् कारण तथा रोकथाम र उपचार

के हो लुपस ? यस्ता छन् कारण तथा रोकथाम र उपचार

लुपस एक किसिमको बाथरोग हो । यो निकै कम मानिसमा देखिन्छ । यो एउटा इम्युन रोग हो । यसले छाला, जोर्नी, मृगौला, मष्तिस्क लगाएतका विभिन्न अंगलाई प्रभावित गर्छ । लुपस हुने सम्भावना पुरुषको तुलनामा महिलामा नौ गुणा बढी हुन्छ । यसबाट युवाअवस्थाका महिला बढी प्रभावित हुन्छन् ।

विचित्र विश्व

जहाँ भाडामा ब्वाईफ्रेण्ड पाइन्छ

जहाँ भाडामा ब्वाईफ्रेण्ड पाइन्छ

एजेन्सी । जापानमा एउटा नयाँ बिजनेश सूरु भएको छ जहाँ ब्वाईफ्रेण्डलाई भाडामा दिने गरिन्छ । यो सर्भीसको नाम रोजशिप दिइएको छ । यस सर्भिसलाई युवतीहरु घण्टा वा दिनका हिसाबले उपभोग गर्छन् । सर्भीसका लागि उभिएका युवाहरुबाट युवतीले एकजना चुन्ने काम गर्छिन् ।