शेयर बजारमा दाेहाेराे अंककाे वृद्धि

फाइल फाेटाे

काठमाडौँ । धितोपत्र बजारमा यस साताकै उच्च वृद्धि आज भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार शेयर कारोवार मापक नेप्से परिसूचक १३.०६ अंकले वृद्धि भई एक हजार २ सय ३० बिन्दुमा पुगेको छ । 

 

बजारमा दोहोरो अंकको वृद्धि भई कारोवार रकममा समेत वृद्धि भएको छ । मंगलबार एक हजार २१७ बिन्दुमा रहेको शेयर आज १३.०६ अंकको वृद्धिसँगै अर्को उचाइमा पुगेको हो । 

 

कूल १ सय ६५ कम्पनीको रु. ४३ करोड २९ लाख ५७ हजार ६८ मूल्यबराबरको शेयर किनबेच भएको थियो । स्टकका अनुसार आज होटल १.४१, फाइनान्स र उत्पादन समूह क्रमशः २.२३ र २.६८ बिन्दुले घटे पनि अरु उपसमूहको शेयर भने वृद्धि भएको छ । 

 

स्टकका अनुसार बैंकिङ १३.९८, विकास बैंक १४.८४, जलविद्युत् ४.८१, निर्जीवन बीमा ११३.५२, अन्य ७.१९, माइक्रोफाइनान्स १५.८८ र निर्जीवन बीमा समूह ३.९८ बिन्दुले बढेका छन् । कारोवारका आधारमा यस दिन एनआइसी एशिया बैंकको शेयर कारोवार आज अग्रस्थानमा छ । सो बैंकको रु. चार करोड ८९ लाखको कारोवार हुँदा मूल्य प्रतिकित्ता शेयर मूल्य रु. ४ सय ७ कायम हुन पुगेको छ । 

 

ग्लोबल आइएमई बैंकको रु. तीन करोड ६९ लाखबराबरको शेयर कारोवार भएको छ । रिडी हाइड्रोपावर कम्पनी र मल्टी पर्पोज फाइनान्सको मूल्य सबैभन्दा धेरै ५.२ प्रतिशतले बढेको स्टकले जनाएको छ । बजार उच्च बिन्दुले बढ्दासमेत आइसिएफसी फाइनान्सका शेयर लगानीकर्ताले सबैभन्दा धेरै अर्थात् ५.७ प्रतिशत गुमाएका छन् ।


थप समाचार

उत्तरको सन्देश लिएर कोरियाली राष्ट्रपतिले अमेरिका भ्रमण गर्ने

  • 14 minutes ago
उत्तरको सन्देश लिएर कोरियाली राष्ट्रपतिले अमेरिका भ्रमण गर्ने

सिओल । दक्षिण कोरियाका राष्ट्रपति मून जाए–इन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटघाट गर्न आइतबार संयुक्तराज्य अमेरिका प्रस्थान गर्दै छन् । उनले अमेरिका र उत्तर कोरियाबीच दोस्रो शिखर बैठक गराउन पहल

राफेल विमानको खरिद रोकिँदैन– जेट्ली

  • 17 minutes ago
राफेल विमानको खरिद रोकिँदैन– जेट्ली

नयाँदिल्ली । भारतीय अर्थमन्त्री अरुण जेट्लीले फ्रान्सेली लडाकू विमान राफेलको खरिद सम्झौतामा कुनै पनि किसिमको घोटाला नभएको स्पष्ट गरेका छन्।

सरकारले ‘टेस्टेड’ व्यक्तिहरुबाट कस्तो समृद्धि खोजेको हो ?

  • 20 minutes ago
सरकारले ‘टेस्टेड’ व्यक्तिहरुबाट कस्तो समृद्धि खोजेको हो ?

काठमाडौँ । सरकारले समृद्धिको भद्दा भाषण गरेको पनि लामै भयो । राजनीतिक, आर्थिक, सामाजिक सबै क्षेत्रका कार्यक्रम होस्, सरकारी बैठक नै किन नहोस् जताततै समृद्धिकै चर्चा हुने गरेको छ । दुई तिहाई प्



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

ब्राह्मणहरु किन प्याज, लसुन र च्याउ खाँदैनन् ?

ब्राह्मणहरु किन प्याज, लसुन र च्याउ खाँदैनन् ?

हाम्रो समाजमा अझै पनि शुद्ध ब्राह्मण प्याज, लसुन र च्याउ खाँदैनन् । यी कुनै कुराहरु मिसाइएको हुन्छ भनेर कतिपय ब्राह्म्णहरु घरबाहिर पनि खाना खाँदैनन् । तर, धेरैलाई थाहा नहुन सक्छ किन उनीहरु लसुन, प्याज तथा च्याउ खाँदैनन् भनेर ।

विचित्र विश्व

एउटा यस्तो देश जहाँ बाबुबाजेको सम्पत्ति छोरीलाई दिने गरिन्छ !

एउटा यस्तो देश जहाँ बाबुबाजेको सम्पत्ति छोरीलाई दिने गरिन्छ !

एजेन्सी–विश्वकै सानो देशमा गनिने भुटानबारे धेरै मानिसहरुलाई यहाँ रहेका नियम कानुन बारे थाहा नहुन सक्छ । भुटानको अर्थ हो ड्रागनको देश । त्यसैले यो देशको झण्डामा ड्रागनको चित्र रहेको छ ।