धिताेपत्र बजारमा सामान्य गिरावट

सांकेतिक तस्वीर

काठमाडौँ । धितोपत्र बजारमा आज शेयरको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ३.७४ बिन्दुले घटेर एक हजार २५५.०७ बिन्दुमा पुगेको छ । 

 

यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.५१ बिन्दुले घटेर २६६.०९ बिन्दुमा पुगेको छ । 

 

कूल १६७ कम्पनीको २० लाख १५ हजार ८२९ कित्ता शेयर रु. ५५ करोड ५० लाख ६१ हजार ५०२ मूल्यमा कारोवार भएको स्टकले जनाएको छ । नेप्से परिसूचक घटे पनि कारोवार रकममा भने वृद्धि भएको छ । 

 

तीन उपसमूहको शेयर मूल्यमा वृद्धि भए पनि अरु उपसमूहको शेयर भने ओरालो लागेको छ । 

 

होटल २०.५७, विकास बैंक ४.६९ र अन्यको १.८३ बिन्दुले बढे पनि बैंकिङ १.६५, जलविद्युत् ७.७९, फाइनान्स ०.४८, निर्जीवन बीमा १०७.४८, उत्पादन ५.५१, माइक्रो फाइनान्स ५.०६, जीवन बीमा ७९.८१ बिन्दुले घटेको छ । व्यापार समूहको भने कुनै पनि कारोवार भएन । 


थप समाचार

चाउमिन खाँदा दुई बालकको मृत्यु

  • 43 seconds ago
चाउमिन खाँदा दुई बालकको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका– ३ आमघाटका एकै घरका दुई बालकको चाउमिन खाँदा आज मृत्यु भएको छ । मृत्यु हुनेमा १२ वर्षीय धनबहादुर सुनार र आठ वर्षीय टेक सुनार रहेका छन् । दुवै जना सदोहर द

त्रिभुवन विमानस्थलबाट हराएको ३३ किलो सुन भारतमा भेटियो

  • 32 minutes ago
त्रिभुवन विमानस्थलबाट हराएको ३३ किलो सुन भारतमा भेटियो

काठमाडौँ । भारतको कोलकाता–दिल्ली राजमार्गस्थित धनकुनी क्षेत्रबाट हराएको ३३ किलो सुन बरामद भएको छ । भारतीय प्रहरी र त्यहाँको राजस्व अनुसन्धान विभाग टोलीले गत शुक्रबार उक्त सुन बराबद गरेको हो ।

यसकारण च्याउ खानुहोस्

  • 1 hour ago
यसकारण च्याउ खानुहोस्

च्याउले प्रसस्त मात्रामा भिटामिन र खनिज पदार्थ प्रदान गर्छ । खानपानले विभिन्न रोगहरु लाग्न नदिन र निराकरणमा मद्दत गर्ने त सबैलाई थाहै छ । त्यस्तै, च्याउको सेवनले पनि विभिन्न रोग लाग्नबाट बच्न सकिन्छ ।



प्रेम र यौन

महिनावारीको बेलामा यौन सम्पर्क गर्न हुन्छ कि हुँदैन ?

महिनावारीको बेलामा यौन सम्पर्क गर्न हुन्छ कि हुँदैन ?

एजेन्सी । महिनावारी भएको बेला यौन सम्पर्क गर्न हुन्छ ? या हुँदैन यो प्रश्नले धेरै जोडीहरुले सोध्ने गरेका छन् । यस्तो बेला यौन सम्पर्क गर्ने कुरा इच्छामा भर पर्छ । तर, हाम्रो समाजको चलनचल्तीको कुरा गर्ने हो भने महिनावारीको बेला सम्पर्क गर्नुलाई राम्रो मानिँदैन ।

जीवनशैली/स्वास्थ्य

यसकारण च्याउ खानुहोस्

यसकारण च्याउ खानुहोस्

च्याउले प्रसस्त मात्रामा भिटामिन र खनिज पदार्थ प्रदान गर्छ । खानपानले विभिन्न रोगहरु लाग्न नदिन र निराकरणमा मद्दत गर्ने त सबैलाई थाहै छ । त्यस्तै, च्याउको सेवनले पनि विभिन्न रोग लाग्नबाट बच्न सकिन्छ ।

विचित्र विश्व

जीवनमा सदैव गोप्य राख्नुपर्ने केही कुराहरु

जीवनमा सदैव गोप्य राख्नुपर्ने केही कुराहरु

एजेन्सी । जीवनमा केही यस्ता कुराहरु हुन्छन् जसलाई गोप्य राख्नु नै उचित हुन्छ । गोप्यता राख्नुपर्ने कुरालाई पनि उजागर गर्दा जीवनमा धेरै समस्याहरु आउने गरेका छन् ।