आज पनि शेयर कारोबार ठप्प

  • बुधबार, २३ जेष्ठ, २०७५
  • 10 months ago
  • अर्थ

काठमाडौं । बुधबार पनि शेयर कारोबार सुरु हुन सकेको छैन ।

 

सरकारले बोनस र हकप्रदको शेयरमा अंकित मूल्य १ सय रुपैयाँलाई आधार बनाएर लाभकर उठाउन निर्देशन दिएपछि लगानीकर्ता विगत केही दिनदेखि आन्दोलित भएका छन् । सोही आन्दोलनको कारण लगानीकर्ताहरुले मंगलबार शेयर कारोबार ठप्प पारेका थिए । 

 

लगानीकर्ताहरुले आज पनि नेपाल धितोपत्र बोर्डको कार्यालय, जावलाखेलमा बुधबार बिहान १० बजेदेखि १०ः३० बजेसम्म धर्ना दिएका छन् । 

 

सरकारको यो व्यवस्था लागू भए नोक्सानमा पर्दा पनि लाभकर तिर्नुपर्ने बाध्यता आउने लगानीकर्ताको टिप्पणी छ। 

 

सोही कारणले आज पनि बजारमा कारोबार हुन सकेको छैन । बजार ११ बजे बाट सुरु हुनुपर्ने भए पनि यो समाचार तयार पार्दासम्म कारोबार हुन सकेको छैन । नेपाल स्टककको वेभसाइटमा अझैसम्म पनि सोमबारको कारोबार देखाइएको छ । 


थप समाचार

सुनको भाउ तोलाको ५९ हजार ६ सय

  • 4 minutes ago
सुनको भाउ तोलाको ५९ हजार ६ सय

काठमाडौँ । आज नेपाली बजारमा छापावाल सुन तोलाको ५९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज तेजावी ५९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्य

‘बाहुबली’को रेकर्ड तोड्ने सोचका साथ राजमौलीले बनाउँदैछन् यो फिल्म

  • 8 minutes ago
‘बाहुबली’को रेकर्ड तोड्ने सोचका साथ राजमौलीले बनाउँदैछन् यो फिल्म

एजेन्सी । दक्षिण भारतीय फिल्मका चर्चीत निर्देशक हुन् एसएस राजमौली ।

डर्बी भिडन्तमा युनाइटेडका साञ्चेजले एक पटकमात्रै बल छोए र कमाए ७५ हजार पाउण्ड

  • 14 minutes ago
डर्बी भिडन्तमा युनाइटेडका साञ्चेजले एक पटकमात्रै बल छोए र कमाए ७५ हजार पाउण्ड

एजेन्सी । बुधबार राति सम्पन्न म्यान्चेस्टर डर्बी भिडन्तमा म्यान्चेस्टर युनाइटेडका फरवार्ड एलेक्सिस साञ्चेजले मात्र १ पटक बल छोए । खेलको ७८ औं मिनेटमा मैदान प्रवेश गरेका उनले मैदानको मध्यभागतिर एक पटकम



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ आजको तपाईको भाग्य

यस्तो रहेको छ आजको तपाईको भाग्य

वि.सं.२०७६ साल वैशाख १२ गते । बिहीबार । ईश्वी सन् २०१९ अप्रिल २५ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४० । वैशाख कृष्ण पक्ष । तिथि षष्ठी ,२३ घडी २३ पला, दिउसो ०२ बजेर ५४ मिनेट उप्रान्त सप्तमी । नक्षत्र पूर्वाषाढा, ४२ घडी ४४ पला, बेलुकी १० बजेर ३८ मिनेट उप्रान्त उत्तरषाडा । योग सिद्ध, ५३ घडी २१ पला, रातको ०२ बजेर ५३ मिनेट उप्रान्त साध्य ।