शरिफलाई स्वास्थ्य जाँचमा रोक

इस्लामाबाद । पाकिस्तानको जेलमा रहेका पूर्वप्रधानमन्त्री नवाज शरिफ उच्च रक्तचापको कारण बिरामी परे पनि स्वास्थ्य जाँच गर्न नदिएको खुलासा भएको छ । 

 

उनले आफ्नो पारिवारिक चिकित्सकसँग नै जाँच गराउनका लागि दिनुभएको निवेदन पनि अस्वीकृत गरिएको छ समाचारमा जनाइएको छ । 

 

पाकिस्तान सरकारका स्वास्थ्य अधिकारीले नै उनको निवेदन अस्वीकार गरेको शरिफको पार्टी मुस्लिम लिग,नवाज ९पिएमएल–एन० ले सोमबार सो जानकारी दिएको छ । 

 

पाकिस्तानमा आगामी बुधबार आमनिर्वाचन हुन लागेको छ । सो निर्वाचनमा पाकिस्तानमा शक्तिशाली मानिएको सेनाको समूहले पिएमएल–एनविरुद्ध मतदान गराउने कोाशिस गरेको सरोकारवालाहरुले बताएका छन् । 

 

यसै महिनाको शुरुमा पाकिस्तान फर्किएका शरिफलाई लाहोरस्थित विमानस्थलमा ओर्लिएलगत्तै पक्राउ गरिएको थियो । 

 

शरिफलाई हालै मात्र यहाँको एक अदालतले १० वर्ष जेल सजायको फैसला सुनाएको थियो । इस्लामावादमा रहेको एक अदालतले केही समयअघि उहाँलाई १० वर्ष कारावासको फैसला गरेको हो । 

 

उनलाई यसरी पक्राउ गरिएपछि यहाँको राजनीतिमा उतारचढाव आएको छ । पाकिस्तानमा यही जुलाई २५ अर्थात् बुधबार हुन लागेको सो संसद्को निर्वाचनमा पनि सेनाको भूमिकाका बारेमा विविध प्रश्नहरु उठाइएको छ । 

 

निर्वाचनको पूर्वसन्ध्यामा उहाँलाई नियन्त्रणमा लिएपछि यहाँको राजनीतिमा नयाँ उथलपुथलको सम्भावना रहेको बताइन्छ । 

 

उनले आफूलाई पाकिस्तानको सेनाले सधैँ तारो बनाउँदै आएको बताएका छन् । 

 

उनलाई १० वर्षे जेल सजायसँगै एक करोड अमेरिकी डलर जरिवाना पनि अदालतले तोकिएका थियो । 

 

श्रीमतीको उपचारका लागि पूर्वप्रधानमन्त्री शरिफ बेलायतको लण्डनमा थिइन् । उनकी श्रीमती क्यान्सर रोगबाट पीडित छिन् । 


थप समाचार

यसरी बस्दै नबस्नुहोस्...

  • 3 minutes ago
यसरी बस्दै नबस्नुहोस्...

हरेकको आफ्नो आफ्नो बस्ने तरिका हुन्छ । प्राय जसो मानिसहरु लेग क्रस गरेर बस्ने गर्छन् । यो बस्ने तरिकाले शरिरलाई हानी गर्छ । लेग क्रस गरेर बस्नाले तपाईलाई बिमारी समेत बनाउन सक्छ । यसरी बस्नाले शरिरमा य

रक्सी पिएपछि यी पाँच काम नगर्नुस्...

  • 11 minutes ago
रक्सी पिएपछि यी पाँच काम नगर्नुस्...

रक्सी पिएपछि यी पाँच काम नगर्नुस्

कति कमायो आमिर खानको फिल्म ‘थग्स अफ हिन्दुस्तान’ ले

  • 25 minutes ago
कति कमायो आमिर खानको फिल्म ‘थग्स अफ हिन्दुस्तान’ ले

एजेन्सी । बहुप्रतिक्षित फिल्म ‘थग्स अफ हिन्दुस्तान’ले बक्स अफिसको आठ दिनमा १४० करोडभन्दा बढीको कमाइ गरेको छ ।



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

यसरी बस्दै नबस्नुहोस्...

यसरी बस्दै नबस्नुहोस्...

हरेकको आफ्नो आफ्नो बस्ने तरिका हुन्छ । प्राय जसो मानिसहरु लेग क्रस गरेर बस्ने गर्छन् । यो बस्ने तरिकाले शरिरलाई हानी गर्छ । लेग क्रस गरेर बस्नाले तपाईलाई बिमारी समेत बनाउन सक्छ । यसरी बस्नाले शरिरमा यस्ता हानीहरु हुने गर्छ ।