Techie IT
२०८१ वैशाख ११, मंगलबार
NepaliPatra logo
गृहपृष्ठखेलएसिया कप खेल्ने भारतीय टोलीमा रोहित, विराटदेखि बुमराहसम्म

एसिया कप खेल्ने भारतीय टोलीमा रोहित, विराटदेखि बुमराहसम्म


एजेन्सी । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले एसिया कपका लागि सोमबार भारतीय टोलीको घोषणा गरेको छ । टोलीको कप्तानी रोहित शर्माले सम्हाल्नेछन् ।

हार्दिक पाण्ड्या टोलीको उपकप्तान रहनेछन् । विकेटकिपर केएल राहुल र श्रेयस अय्यर टोलीमा फर्किएका छन् । स्पिनर युजवेन्द्र चहलले भने टोलीमा स्थान पाएका छैनन् । तर, फास्ट बलर जसप्रित बुमराहले एसिया कप खेल्ने भएका छन् । यस्तै, सन्जु सामसनलाई ‘रिजर्भ’मा राखिएको छ ।

ब्याटर सूर्यकुमार यादव र तिलक वर्मा सर्वाधिक चर्चामा रहेको नम्बर ४ मा परेका छन् ।

एसिया कप अगस्ट ३० देखि पाकिस्तान र श्रीलंकामा खेलिनेछ । भारतको पहिलो खेल सेप्टेम्बर २ मा पाकिस्तानसँग हुनेछ । यस प्रतियोगितामा नेपाल र पाकिस्तानसँगै भारत समूह ए मा परेको छ । योसँगै समूह बी मा श्रीलंका, बंगलादेश र अफगानिस्तान रहेका छन् ।

भारतीय टोलीः
रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस अय्यर, सूर्यकुमार यादव, तिलक वर्मा, केएल राहुल, इशान किशन, हार्दिक पाण्ड्या (उपकप्तान), रविन्द्र जडेजा, शार्दुल ठाकुर, अक्षर पटेल, कुलदीप यादव, जसप्रित बुमराह, मोहम्मद शामी, मोहम्मद सिराज, प्रसिद्ध कृष्ण




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपाल भ्रमणमा आउने वेस्ट इन्डिज ‘ए’ टिमको घोषणा

काठमाडौँ । नेपाल भ्रमणमा आउने वेस्ट इन्डिज ‘ए’ टिमको घोषणा भएको छ । वेस्ट इन्डिज क्रिकेट बोर्डले ३२ वर्षीय रोस्टन

एसीसी प्रिमियर कपकाे सेमिफाइनलमा नेपाल यूएईसँग ६ विकेटले पराजित

काठमाडाैँ । एसीसी प्रिमियर कप क्रिकेटकाे सेमिफाइनलमा नेपाल यूएईसँग पराजित भएकाे छ । आज भएकाे खेलमा यूएईले नेपाललाई ६ विकेटले

एसीसी प्रिमियर कपमा यूएईसँग टस हारेपछि ब्याटिङ गर्दै नेपाल

काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले टस हार्दै ब्याटिङ गरेको छ । ओमानको अल अमिरातमा यूएईका कप्तानले बलिङ

एसीसी प्रिमियर कपमा नेपाल र युएई भिड्दै

काठमाडौँ । ओमानमा जारी एसिसि प्रिमियर कपअन्तर्गत आज सेमिफाइनल हुँदैछ । जसअन्तर्गत नेपाल र युएईबीच प्रतिष्पर्धा हुँदैछ । दुई देश

एन्फा उपाध्यक्ष दावा लामा छुटे

काठमाडौँ । लागू औषध मुद्दामा फरार रहेको भन्दै पक्राउ परेका अखिल नेपाल फुटबल संघ (एन्फा) उपाध्यक्ष दावा लामा छुटेका छन्

अपराजित रहँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

काठमाडौँ । नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ । साउदी अरेवियालाई ६ विकेटले हराउँदै नेपालले सेमिफाइनलमा स्थान बनाएको

Techie IT