ISMT

HUB Education

सरकारविरूद्ध आन्दाेलन गर्नुपर्ने बेला आयाे : सभापति देउवा

फाइल फाेटाे
Education Park

 

Kathmandu Trade Show

 

काठमाडौँ । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले जनताको हितमा काम गर्न नसकेको बताएका छन् । 

 

नेपाल विद्यार्थी सङ्घको ४९औँ स्थापना दिवसका अवसरमा नेविसङ्घ काठमाडौँले आयोजना गरेको ‘शुभकामना आदानप्रदान’ कार्यक्रममा उनले सरकार विरुद्ध आन्दोलन गर्नुपर्ने बेला आएको बताए । 

 

‘निर्मला हत्याकाण्डका हत्यारालाई सरकारले बचाउने काम गरिरहेको छ, महङ्गी बढेको छ, कर बढेको छ, वर्तमान सरकारको अन्याय, अत्याचारविरुद्ध नेविसङ्घ जाग्नुपर्ने बेला आएको छ’, उनले भने । 

 

सभापति देउवाले विद्यार्थीसँगको छलफलमा नेविसङ्घको तदर्थ समिति गठन गर्ने बताए ।  मुलुकको महत्वपूर्ण आन्दोलनको नेतृत्व गरेको नेविसङ्घ सरकारको विरुद्ध आन्दोलनमा होमिनुपर्ने बेला आएको उनको भनाइ छ । 

 

कार्यक्रममा काङ्ग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले वर्तमान सरकारले कुरा मात्र गर्ने तर काम नगर्ने गरेको धारणा राख्दै यसको विरुद्ध काङ्ग्रेस एकजुट भएर लाग्नुपर्ने बेला आएको बताए । 

 

‘नेविसङ्घको कार्यसमिति चाँडो गठन हुन्छ, उक्त कार्यसमिति सङ्गठन विस्तार र सरकारको गलत क्रियाकलापको विरुद्धमा लाग्नुपर्छ’, उनले भने । 

 

काङ्ग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारले कम्युनिष्ट अधिनायकवादलाई  मुलुकमा लागू गर्न खोजेको आरोप लगाए । 

 

‘आगामी वर्षको स्वर्ण जयन्तीमा निर्वाचित कार्यसमितिले कार्यक्रम राख्ने गरी नेविसङ्घको सङ्गठन विस्तारमा लाग्नुपर्छ’, उनले भने । 

 

काङ्ग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले लोकतान्त्रिक आन्दोलनको अग्रभागमा उभिएको नेविसङ्घको महत्व अहिलेको अवस्थामा झन् बढेर गएको बताए । 

 

काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेविसङ्घको नयाँ कार्यसमिति तत्काल निर्माण गरेर नेविसङ्घलाई जागरण अभियानमा समावेश गर्नुपर्ने बताए ।

 

नेविसङ्घका नेता लीलाबल्लभ दाहाल ‘काका’ले काठमाडौँका धेरै विद्यालयले कक्षा एकमा रु एक लाखभन्दा बढी भर्ना शुल्क लिएको भन्दै त्यसको विरुद्धमा नेविसङ्घ उत्रनुपर्ने बेला आएको बताए । 

 

नेविसङ्घ काठमाडौँका अध्यक्ष मनोज वैद्यले  नेविसङ्घको कार्यसमिति तत्काल गठन गर्न माग गरे ।


थप समाचार

अमेरिका–तालिबानबीच वार्ताको तयारी

  • 2 minutes ago
अमेरिका–तालिबानबीच वार्ताको तयारी

काबुल । अफगानिस्तानको प्रमुख विद्रोही समूह तालिबानसँग वार्ता गर्न अमेरिकी विशेषदूत जाल्मे खलिलजाद कतारको दोहातर्फ प्रस्थान गरेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

भारतीय विदेशमन्त्री एस जयशंकर काठमाडौँमा

  • 4 minutes ago
भारतीय विदेशमन्त्री एस जयशंकर काठमाडौँमा

काठमाडौँ । भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल आइपुगेका छन् । उनी बुधबार मध्यान्ह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् । विदेशमन्त्री जयशंकर नेपाल–भारत मन्त्रीस्तरीय संयुक्त संयन

‘२५ प्रतिशतमात्र कलेजोको सहायताले बाँचिरहेछु’ : बच्चन सा’ब

  • 6 minutes ago
‘२५ प्रतिशतमात्र कलेजोको सहायताले बाँचिरहेछु’ : बच्चन सा’ब

एजेन्सी । शताब्दीकै महानायक अमिताभ बच्चनले आफ्नो जीवनसँग सम्बन्धित एक अचम्मको खुलासा गरेका छन् । भारतको एक टेलिभिजनको कार्यक्रम उद्घाटनमा अमिताभले खुलासा गरे, उनलाई ८ वर्षसम्म क्षयरोग जस्तो घातक रोग भ



प्रेम र यौन

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

एजेन्सी । यौनको कमि, साथीसँगको नराम्रो सम्बन्ध तथा आत्मविश्वासको कमि जस्ता कुराहरुले महिलाको स्वस्थ्यमा असर पुग्ने देखिन्छ । लाइफस्ट्याल कोच ‘लुक कुटिनो’ का अनुसार एक महिलाले जीवनमा यी तीन चीजको कमि रहेमा राम्रो सोच्न नसक्ने बताउँछन् । यौनको असन्तुष्टीलाई मेटाउने एक मात्र विकल्पको रुपमा हस्तमैथुन रहेको छ । यसै हस्तमैथुन किन महिलाको लागि फाइदाजनक छ भनेर चर्चा गरौं ।

जीवनशैली/स्वास्थ्य

बारम्बार प्रयास गर्दा पनि असफल भइन्छ, तापनि हिम्मत हार्नुहुँदैन एकदिन अवश्य सफल हुनेछौँ !

बारम्बार प्रयास गर्दा पनि असफल भइन्छ, तापनि हिम्मत हार्नुहुँदैन एकदिन अवश्य सफल हुनेछौँ !

काठमाडौं । एक प्राचिन लोक कथाका अनुसार पुरानो समयमा एक गरिब व्यक्ति एकदमै निराश भएका थिए । उनी गरिबी हटाउनका लागि लगातार प्रयास गरे तर सफल हुन सकेनन् ।