Techie IT
२०८१ वैशाख १३, बिहीबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रिययुक्रेनलाई सहयोग जारी राख्न धेरै समय छैन– बाइडेन

युक्रेनलाई सहयोग जारी राख्न धेरै समय छैन– बाइडेन


एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई अहिले अमेरिकी सहयोग जारी रहने बताएका छन् ।

युक्रेनमा जारी युद्ध प्रयासमा सहयोगी मुलुकहरूलाई अमेरिकी वित्तीय सहयोग जारी राख्ने आश्वासन दिएका कारण बाइडेनले सो कुरा बताएका हुन् ।

यद्यपि राष्ट्रपति बाइडेनले अमेरिकी कांग्रेसलाई समय घर्किंदै गइरहेको चेतावनी दिए ।

“युक्रेनलाई कुनै पनि कारणले हामी अमेरिकी सहयोगलाई अवरोध हुन दिन सक्दैनौँ”, शनिबार अबेर कांग्रेसले अल्पकालीन सहयोग प्याकेज पास गरेर सरकारी सेवाहरू बन्द हुनबाट जोगाएपछि रुजबेल्ट रुमबाट बाइडेनले भने ।

“हामीसँग समय छ, धेरै समय छैन र तत्कालका लागि अधिक भावना छ”, सहयोग बिलको समय मध्य नोभेम्बरम्मका लागि मात्र रहेको उल्लेख गर्दै उनले भने ।

उनले सहयोग प्याकेजमा सकेसम्म चाँडोभन्दा चाँडो वार्ता गर्न कांग्रेसलाई आग्रह गरे ।

“सिनेट र हाउससहित दुवै पार्टीका डेमोक्र्याट र रिपब्लिकनको ठूलो बहुमतले रुसबाट भएको क्रुर आक्रमणमा युक्रेनलाई सहयोग गर्न समर्थन गर्दछ”, राष्ट्रपति बाइडेनले कांग्रेसलाई भने, “खेल बन्द गरौँ र युक्रेनलाई सहयोग गरौँ ।”

तर अधिकांश विधायकहरूले युक्रेन सहायताका लागि कांग्रेसमा स्वीकृत हुँदै गर्दा युद्धको अवधि लम्बिँदै गएकाले अझ कठिन हुँदै गएको स्वीकार गरेका छन् ।

युक्रेनलाई सहायता दिनेसम्बन्धी प्रयासमा अहिले रिपब्लिकनहरूको अवरोधले गति पाइरहेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

इरानी र्‍यापर तुमाजलाई मृत्युदण्डको सजाय

काठमाडौँ । इरानी र्‍यापर तुमाज सालेहीलाई मृत्युदण्डको सजाय सुनाइएको छ । सरकार विरोधी प्रदर्शनलाई समर्थन गरेको आरोपमा तुमाजलाई मृत्युदण्डको सजाय

मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किदा १० जनाको मृत्यु

काठमाडौँ । मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किएर भएको दुर्घटनामा १० जनाको ज्यान गएको छ । नौसेनाको तालिमका क्रममा मंगलबार

इजरायली वरिष्ठ सैन्य अधिकारीले दिए राजीनामा

काठमाडौँ । अक्टोबर ७ मा इजरायलको किवुजमा हमासको नेतृत्वमा भएको आक्रमण गुप्तचर विफलता भएको स्वीकार गर्दै इजरायलको सेनाका गुप्तचर प्रमुखले

अमेरिकाको मेम्फिस ब्लक पार्टीमा गोली चल्दा दुईको मृत्यु

काठमाडौँ । अमेरिकी सहर मेम्फिसिमा शनिबार एउटा ब्लक पार्टीमा गोली चल्दा दुई जनको मृत्यु र अन्य छ जना घाइते भएको

केन्याका सेना प्रमुखको विमान दुर्घटनामा मृत्यु

काठमाडौँ । केन्याका राष्ट्रपति विलियम रुटोले बिहीबार देशको उत्तर पश्चिमी भागमा भएको हेलिकप्टर दुर्घटनामा सेना प्रमुख फ्रान्सिस ओगोलासहित १० जना

आजबाट भारतमा आमनिर्वाचन हुँदै

एजेन्सी । भारतमा आजबाट आमनिर्वाचन हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका लागि सात चरणमा मतदान हुनेछ । शुक्रबार आज

Techie IT