देउवाविरुद्ध ८ भाइको एक्सन, सिटौला भिलेन बनेपछि तनाव

काठमाडौँ । नेपाली कांग्रेसका ८ जना केन्द्रीय सदस्यहरुले जिल्ला सभापतिहरुलाई अविलम्ब महाधिवेशनको प्रक्रिया अघि बढाउन दबाव दिएका छन् । उनीहरुले हेटौंडामा पार्टी सभापति शेरबहादुर देउवा वरुद्ध फायर खोलेका छन् ।

 

सभापति भेलाका सहभागीहरुलाई दिइएको उनीहरुको पत्रमा अहिलेको कांग्रेस नेतृत्वबाट सशक्त प्रतिपक्षको भूमिका पनि निर्वाह हुन नसक्ने भन्दै नेतृत्व परिवर्तन गर्नुपर्ने बताएका छन् । 

 

विशेषगरी नेता कम सेलीब्रेटी बढी रहेका गगन थापा, चन्द्रभण्डारी लगायत आठ केन्द्रीय सदस्यहरुले हेटौंडामा जारी सभापति भेलामा वितरण गरेको पत्रमा प्रदेश र स्थानीय तहका अधिवेशन गर्न केन्द्रीय महाधिवेशन कुर्न नहुने भन्दै देउवा विरुद्ध फायर खोलेका छन् । महाधिवेशन कुरेर संघीय संरचनामा अधिवेशन नगरिए अर्को चुनाव पनि जित्न नसकिने उनीहरुको ठहर छ ।

 

आफूलाई युवा नेता बताउने सो समूहले बाँडेको पत्रमा भनिएको छ – हाम्रो विधान अनुसार नियमित रुपमा पनि अर्को साल फागुनमा पार्टीको १४ औं महाधिवेशन गर्नुपर्छ । त्यसअघि गनुपर्ने वडा, गाउँपालिका, नगरपालिका, क्षेत्र र प्रदेशको अधिवेशन गर्न झण्डै एक वर्ष लाग्छ । यी तहको अधिवेशनको लागि केन्द्रीय महाधिवेशन नकुरौं । तर सभापति देउवा र उनको गुटमा रहेका डा प्रकाशशरण महत, विमलेन्द्र निधि लगायतले नेतृत्वविरुद्व हमला गरिएको भन्दै कुनै पनि हालतमा स्वीकार नगर्ने बताएका छन् । आजको जनआह्वान पत्रिकामा खबर छ ।

 

उनीहरुले महासमितिबाट संघीय विधान पारित गरी स्थानीय र प्रादेशिक तहको अधिवेशन प्रक्रिया अविलम्ब सुरु गर्न भनेका  छन् । कम्तिमा यसै वर्ष ती तहको अधिवेशन सम्पन्न गरी २०७६ सालमा केन्द्रीय महाधिवेशन गर्न उनीहरुले सुझाव दिएपनि त्यो कार्यान्वयन हुने अवस्था भने कम रहेको छ । 

 

उनीहरुले भनेका छन्– नेतृत्वका कारण पार्टी करिब–करिब मृत जस्तै भएको छ । यसले संगठनलाई सबै स्थानीय तहमा जीवन्त बनाउनेछ र सशक्त प्रतिपक्षको भूमिका हुनेछ । आगामी स्थानीय चुनाव हुँदै गर्दा हामी सम्पूर्ण तयारी अवस्थामा हुनेछौं । हामीलाई विश्वास छ, सभापतिको यस बैठकले यी विषयहरुमा छलफल गरी महासमितिबाट नयाँ सांगठानिक संरचनासहितको विधान पारित गर्ने कुरामा ठोस मार्गनिर्देशन गर्नेछ ।

 

आठ केन्द्रीय सदस्यहरुले कांग्रेसको वर्तमान नेतृत्वबाट पार्टी पहिलेको अवस्थामा पुग्न नसक्ने भन्दै नयाँ ढंगले सोच्न आग्रहसमेत गरेका छन् । उनीहरुले सभापतिको भेलामा निर्वाचनको समीक्षा र आगामी कार्यदिशाबारे छलफल गर्न आग्रह गरेका छन् ।

 

सभापतिहरुलाई दिइएको पत्रमा अहिलेकै शैली, नेतृत्व र वैचारिक अलमलबाट सशक्त प्रतिपक्षीय भूमिका सम्भव छ ? छैन । अब कांग्रेसको नयाँ मिसन तय गर्दै नयाँ युगको लागि नयाँ एजेण्डालाई बोकेर हिँड्न सक्ने संगठनको खाका कोर्न जरुरी छ अनि त्यो एजेण्डा बोक्ने नेतृत्व पनि । उनीहरुले यसअघि केन्द्रीय कार्य समिति बैठकमा पेश गरेको ५१ पृष्ठ लामो प्रतिवेदन पनि अध्ययनका लागि सभापतिहरुलाई दिएका छन् । 

 

प्रतिवेदनमा चुनावी हारको विस्तृत समीक्षा गर्दै कांग्रेस सुधारका विकल्प दिइएको छ । पत्रमा चन्द्र भण्डारी, धनराज गुरुङ, गगन थापा, जीवन परियार, गुरुराज घिमिरे, प्रदीप पौडेल, रामकृष्ण यादव र किरण यादवले हस्ताक्षर गरेका छन् । तर नेता कृष्णप्रसाद सिटौलाले बार्गेनिङका लागि जे मन लाग्यो त्यही गरेर भिलेन बनेको भन्दै उनीहरुले आपत्ति जनाएका छन् । 

 


थप समाचार

असोज १७ देखि ‘डीभी’ खुल्ने, नयाँ नितिगत परिवर्तन

  • 21 seconds ago
असोज १७ देखि ‘डीभी’ खुल्ने, नयाँ नितिगत परिवर्तन

काठमाडौं । सन् २०२० को लागि अमेरिकी डाइभर्सिटी भिसा (डि.भी.) आवेदन कार्यक्रम खुल्ने भएको छ । डिभि नेपाली समयानुसार राति ९ः४५ बजे असोज १७ गते खुल्ने भएको हो ।

क्रिम पाउण्डरको प्रयोग बिना पनि युवतीहरु सुन्दर रहन सक्छन् !

  • 53 minutes ago
क्रिम पाउण्डरको प्रयोग बिना पनि युवतीहरु सुन्दर रहन सक्छन् !

युवतीहरु सुन्दर रहन विभिन्न क्रिम पाउडरको प्रयोग गर्छन् । केही यस्ता घरेलु उपायहरु पनि छन् जसका कारण सुन्दर रहन काम सकिन्छ । हरेक कुरा मार्केटमा पाइने

उम्मेदवारको गोलीहानी हत्या

  • 1 hour ago
उम्मेदवारको गोलीहानी हत्या

कान्दाहार, अफगानिस्तान । अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा मङ्गलबार राति आमनिर्वाचनमा उम्मेदवारी दिएका एकजना उम्मेदवारको गोली हानी हत्या गरिएको प्रान्तीय सरकारका प्रवक्ताले बताएका छन् ।



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

क्रिम पाउण्डरको प्रयोग बिना पनि युवतीहरु सुन्दर रहन सक्छन् !

क्रिम पाउण्डरको प्रयोग बिना पनि युवतीहरु सुन्दर रहन सक्छन् !

युवतीहरु सुन्दर रहन विभिन्न क्रिम पाउडरको प्रयोग गर्छन् । केही यस्ता घरेलु उपायहरु पनि छन् जसका कारण सुन्दर रहन काम सकिन्छ । हरेक कुरा मार्केटमा पाइने