‘दोषी जोगाउने राज्य न्याय कहाँ पाउने ?’

Education Park

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेका सभापति शेरबहादुर देउवाले निर्मला पन्त हत्या प्रकरणमा सरकारको व्यवहारप्रति असन्तुष्टि ब्यक्त गरेका छन् ।

 

संसदको विशेष समयमा बोल्दै देउवाले हामी कस्तो राज्य बनाउन गइरहेका छौं भन्दै प्रश्न गर्दै भने ‘दोषीलाई जोगाउन स्वयं राज्य लाग्छ भने निर्दोषले न्याय माग्न कहाँ जाने ?’

 

राज्यले नै दोषीलाई जोगाउन खोज्दा नागरिकहरुमा आक्रोश बढ्ेको भन्दै हजारौं नागरिक न्याय माग्न सडकमा बाध्य भएको उनले बताए । राज्यले संयमता अपनाउन नसक्दा अर्का बालक सन्नी खन्नाको मृत्यु हुनुको साथै कैयौं नागरिकहरु घाइते भएको घटनाप्रति देउवाले भर्तसना गरे ।’

 

बालिकाले न्याय माग्दा अर्को बालकले ज्यान गुमाउनुपर्ने कस्तो लोकतन्त्र हो भन्दै उनले प्रश्न गरे ।

 

साथै उनले करले नागरिकको ढाड भाँचेको भन्दै न्यायोचित ढंगले कर उठाउन माग गरे । उनले वित्तीय आयोग गठन नभएकाले यस्तो अवस्था आएको बताए । आजको राजधानी दैनिकबाट ।


थप समाचार

ब्रिटेन नेपाल चेम्बर अफ कमर्शले अर्थमन्त्रीलाई बुझायाे ज्ञापनपत्र

  • 14 minutes ago
ब्रिटेन नेपाल चेम्बर अफ कमर्शले अर्थमन्त्रीलाई बुझायाे ज्ञापनपत्र

काठमाडौँ । ब्रिटेन नेपाल चेम्बर अफ कमर्शले नेपालमा हुने वैदेशिक लगानीलाई प्रोत्साहन गर्न आग्रह गर्दै सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।

बैंकिङ कसूरकाे मुद्दामा फरार अभियुक्त पक्राउ

  • 46 minutes ago
बैंकिङ कसूरकाे मुद्दामा फरार अभियुक्त पक्राउ

काठमाडौँ । बैकिङ् कसुर मुद्दामा फरार हुँदै आएका काठमाडौँ तारकेश्वर नगरपालिका–९ का प्रमोदकुमार खड्का कारागार चलान भएका छन् ।

नेप्से परिसूचक आज फेरि ओरालो

  • 1 hour ago
नेप्से परिसूचक आज फेरि ओरालो

काठमाडौँ । साताको सुरुआतदेखि नै अस्थिर रहेको धितोपत्र बजारमा नेप्से परिसूचक आज फेरि ओरालो लागेको छ ।



प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

मध्यरातमा निद्राबाट बिउँझिए यी ५ काम नगर्नुस्

मध्यरातमा निद्राबाट बिउँझिए यी ५ काम नगर्नुस्

एजेन्सी । कोही मानिसहरु मध्यरातमा बिउँझने गर्छन् । ब्युँझिएपछि फेरि निदाउँन कष्ट गर्दा पनि उनीहरु निदाउन सक्दैनन् । यस्तो अवस्थामा धेरै मानिसहरुले गर्न नहुने काम गरिरहेका हुन्छन् ।

विचित्र विश्व

७० वर्षमा गर्भवती भएकी यी महिला...

७० वर्षमा गर्भवती भएकी यी महिला...

एजेन्सी । उमेरले ७० वर्ष लागकी एक महिला गर्भवती भइन् । ७० वर्षको उमेरमा मानिसलाई हिडडुल गर्न नै गाह्रो हुन्छ । तर, एक महिलाले आफू ७० वर्षको उमेरमा पनि उनले आफू गर्भवती रहेको बताएकी हुन् ।